Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

सरकारी कार्यालयमा ३३ करोड ७३ लाख बेरुजु

सिमकोट। आर्थिक वर्ष २०७३÷७४ मा हुम्ला जिल्लाका सरकारी कार्यालयको बेरुजु रु ३३ करोड ७२ लाख ५५ हजार ४३९ रहेको महालेखा परीक्षकको कार्यालयले औँल्याएको छ । यो बेरुजु रकम जिल्लाका ३२ मध्ये १५ वटा सरकारी कार्यालय र पाँच वटा गाउँपालिकामा कूल बजेटको १६ प्रतिशत बेरुजु रहेको हो । गत आर्थिक वर्षमा जिल्लाको कूल बजेट रु दुई अर्ब ६७ करोड १४ हजार ५३३ रहेकामा बेरुजु रकम रु ३३ करोड ७२ लाख ५५ हजार ४३९ रहेको थियो । मालपोत कार्यालय सबैभन्दा रु १७ करोड ८५ लाख ९७ हजार ९८५ बेरुजु रहेको छ भने स्वास्थ्य, स्थानीय विकास कोष, जिल्ला प्राविधिक, कृषि विकास, खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय, दुर्गम क्षेत्र, सिँचाइ सबडिभिजन, पशुसेवा, आलुबाली, जिल्ला शिक्षा, घरेलुु तथा साना उद्योग विकास समिति, जिल्ला वन, सिमकोट–हिल्सा सडक आयोजना र जिल्ला समन्वय समितिमा पनि बेरुजु रहेको पाइएको छ । महालेखा परीक्षकको प्रतिवेदनमा दोहोरो तलब भुक्तानी गरेको, आय कर कट्टी नगरेको, सामाजिक सुरक्षा कर कट्टी नगरेको, जिल्ला बाहिर रहेकालाई समेत स्थानीय भत्ता दिएको, एउटा सामानलाई १५ पटकसम्म मर्मत गरेको, असम्बन्धित शीर्षकमा खर्च गरेको, जिल्लाको दररेटभन्दा बढी दरमा भुक्तानी गरेको औँल्याएको छ । प्रतिवेदन सर्वजनिक भएको चार महिना भए पनि कुनै कार्यालयले बेरुजु संपरीक्षणमा तदारुकता नदेखाएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख राजन रेग्मीले बताउनुभयो । खर्च जथाभावी गर्ने तर त्यसलाई संपरीक्षण गर्नेतर्फ कसैको ध्यान जान नसकेको उनको भनाइ थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending