Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

हेलिकप्टर चढेर गुण्डा नाइके जेलबाट फरार

प्यारिस क्षेत्रमा रहेको एउटा जेलबाट एकजना कुख्यात गुण्डा नाइके हेलिकप्टर चढेर भागेका छन् ।

रिदुअन फइदलाई अत्याधुनिक राइफलसहित आएका तीन जनाले मद्दत गरेका थिए । दुईजना बन्दुकधारीले धूँवा फाल्ने बम र फलाम काट्ने हतियारको प्रयोग गरी आफ्ना भाइसँग जेलको आगन्तुक कक्षमा कुरा गरिरहेका फइदलाई भगाएका थिए । जेल परिसरमा रोकिएको हेलिकप्टरलाई तेस्रो बन्दुकधारीले सुरक्षा दिएको थियो । हेलिकप्टरका पाइलट व्यावसायिक उडान तालिम दिने व्यक्ति हुन् र उनलाई ती बन्दुकधारीहरूले बन्धक बनाएका थिए । त्यहाँबाट उक्त हेलिकप्टर नजिकैको गोनिसी क्षेत्रमा लगिएको थियो र प्रहरीले त्यसलाई फेला पारेका छन् । ४६ वर्षीय फइदलाई असफल डकैतीको मुद्दामा २५ वर्ष जेल सजाय तोकिएको थियो । उक्त घटनामा एकजना प्रहरी मारिएका छन् । जेल तोडेर उनी भागेको यो दोस्रो घटना हो । सन् २०१३ मा उनले चारजना गार्डलाई कब्जामा लिएर उनीहरूलाई मानवढाल बनाउँदै कैयौँ ढोकाहरू डाइनामाइट विस्फोट गराएर भागेका थिए । त्यसबेला उत्तरी फ्रान्सको जेलमा पुर्‍याइएको आधा घण्टामै उनी भाग्न सफल गएका थिए र ६ हप्तासम्म फरार रहे । उनको खोजीका लागि तीन हजार फ्रान्सेली प्रहरी परिचालित गरिएको प्रहरी स्रोतलाई उद्धृत गर्दै एफएफपी समाचार संस्थाले जनाएको छ । ती भगौडा बन्दीलाई पक्रन हरसम्भव उपाय भइरहेको फ्रान्सको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । फ्रान्सकी न्यायमन्त्रीले उक्त जेल तोडेको घटनालाई \'शानदार\' भन्दै व्यापक तयारी गरेका कमाण्डोहरूको प्रयोग गरिएको हुनसक्ने बताइन् । उनले ड्रोन जस्ता प्रविधि प्रयोग गरी उक्त जेल परिसरको शुरूमा निरीक्षण गरिएको हुनसक्ने पनि उल्लेख गरिन् । हेलिकप्टर अवतरण गराइएको जेलभित्रको परिसर हेलिकप्टरलाई पासो थाप्न नसकिने उक्त जेलको एकमात्रै परिसर रहेको थियो । आइतवार अपरान्ह भएको उक्त घटनामा कोही पनि घाइते नभएको बताइएको छ । बन्धक बनाइएका पाइलटलाई पछि रिहा गरिएको थियो र आघातबाट पीडित पाइएकाले अस्पताल लगिएको थियो । हेलिकप्टरबाट ओर्लिएपछि फइद एउटा कारमा चढेर ए वान मोटरवेतर्फ अघि बढेको थियो । पछि उक्त कार जलेको अवस्थामा प्यारिसको बाहिरी भागमा रहेको एउटा शपिङ सेन्टरको कार पार्किङमा फेला परेको थियो । आइतवार अपरान्ह नै उनलाई अर्को सेतो भ्यानमा चढाइएको बताइएको छ । सन् १९७२ मा जन्मिएका फइद प्यारिसको कुख्यात क्षेत्रमा हुर्किएका थिए । सन् १९९० को दशकमा फ्रान्सको राजधानीमा उनले सशस्त्र डकैती र फिरौती असुल गर्ने एउटा समूह सञ्चालन गरेका थिए । उनले आफ्नो जीवनशैली गुण्डा नाइके पात्र भएका हलिवूड सिनेमाबाट प्रेरित भएको बताउने गर्थे । अमेरिकी निर्माता माइकल म्यानका अपराधसम्बन्धी सनसनीपूर्ण चलचित्रबाट आफू प्रेरित भएको उनले बताउँथे । सन् १९९५ को आपराधिक समूहको कथा रहेको \'हिट\' भन्ने चलचित्रका प्रशंसक रहेका उनले प्यारिस फिल्म फेस्टिभलमा म्यानलाई भेटेर \'तपाईँ मेरो प्राविधिक सल्लाहकार हो\' भनेका थिए । ब्याङ्क डकैतीको सीप सिक्न दर्जनौँ पटक चलचित्रहरू हेरेको उनले दाबी गरेका थिए । सन् २००९ मा उनले प्यारिसको आपराधिक घटना बढी हुने बाहिरी इलाकामा हुर्कँदाको अनुभव र कानून मिच्नेबारे आफ्नो सिकाइ सम्मिलित किताब प्रकाशमा ल्याएका थिए । सन् १९९८ मा ब्याङ्क डकैती र चोरीका एउटाभन्दा बढी अभियोगमा पक्राउ परेपछि फइद थुनामा पर्ने र जेलबाट भाग्ने क्रम निरन्तर चलिरहेको छ । फ्रान्सको जेलबाट हेलिकप्टरमा भाग्ने उनी पहिलो बन्दी होइनन् । सन् २००१ मा तीनजना सशस्त्र डाँकाहरू दक्षिणी फ्रान्सको एउटा जेलबाट भागेका थिए । यस्तै प्रवृत्तिबाट अन्तर्राष्ट्रिय लागुऔषध तस्करीको सञ्जाल चलाउने आरोप खेपिरहेका बन्दीहरू पनि त्यसको दुई वर्षपछि भागेका थिए । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy