Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

हेलिकप्टर चढेर गुण्डा नाइके जेलबाट फरार

प्यारिस क्षेत्रमा रहेको एउटा जेलबाट एकजना कुख्यात गुण्डा नाइके हेलिकप्टर चढेर भागेका छन् ।

रिदुअन फइदलाई अत्याधुनिक राइफलसहित आएका तीन जनाले मद्दत गरेका थिए । दुईजना बन्दुकधारीले धूँवा फाल्ने बम र फलाम काट्ने हतियारको प्रयोग गरी आफ्ना भाइसँग जेलको आगन्तुक कक्षमा कुरा गरिरहेका फइदलाई भगाएका थिए । जेल परिसरमा रोकिएको हेलिकप्टरलाई तेस्रो बन्दुकधारीले सुरक्षा दिएको थियो । हेलिकप्टरका पाइलट व्यावसायिक उडान तालिम दिने व्यक्ति हुन् र उनलाई ती बन्दुकधारीहरूले बन्धक बनाएका थिए । त्यहाँबाट उक्त हेलिकप्टर नजिकैको गोनिसी क्षेत्रमा लगिएको थियो र प्रहरीले त्यसलाई फेला पारेका छन् । ४६ वर्षीय फइदलाई असफल डकैतीको मुद्दामा २५ वर्ष जेल सजाय तोकिएको थियो । उक्त घटनामा एकजना प्रहरी मारिएका छन् । जेल तोडेर उनी भागेको यो दोस्रो घटना हो । सन् २०१३ मा उनले चारजना गार्डलाई कब्जामा लिएर उनीहरूलाई मानवढाल बनाउँदै कैयौँ ढोकाहरू डाइनामाइट विस्फोट गराएर भागेका थिए । त्यसबेला उत्तरी फ्रान्सको जेलमा पुर्‍याइएको आधा घण्टामै उनी भाग्न सफल गएका थिए र ६ हप्तासम्म फरार रहे । उनको खोजीका लागि तीन हजार फ्रान्सेली प्रहरी परिचालित गरिएको प्रहरी स्रोतलाई उद्धृत गर्दै एफएफपी समाचार संस्थाले जनाएको छ । ती भगौडा बन्दीलाई पक्रन हरसम्भव उपाय भइरहेको फ्रान्सको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । फ्रान्सकी न्यायमन्त्रीले उक्त जेल तोडेको घटनालाई \'शानदार\' भन्दै व्यापक तयारी गरेका कमाण्डोहरूको प्रयोग गरिएको हुनसक्ने बताइन् । उनले ड्रोन जस्ता प्रविधि प्रयोग गरी उक्त जेल परिसरको शुरूमा निरीक्षण गरिएको हुनसक्ने पनि उल्लेख गरिन् । हेलिकप्टर अवतरण गराइएको जेलभित्रको परिसर हेलिकप्टरलाई पासो थाप्न नसकिने उक्त जेलको एकमात्रै परिसर रहेको थियो । आइतवार अपरान्ह भएको उक्त घटनामा कोही पनि घाइते नभएको बताइएको छ । बन्धक बनाइएका पाइलटलाई पछि रिहा गरिएको थियो र आघातबाट पीडित पाइएकाले अस्पताल लगिएको थियो । हेलिकप्टरबाट ओर्लिएपछि फइद एउटा कारमा चढेर ए वान मोटरवेतर्फ अघि बढेको थियो । पछि उक्त कार जलेको अवस्थामा प्यारिसको बाहिरी भागमा रहेको एउटा शपिङ सेन्टरको कार पार्किङमा फेला परेको थियो । आइतवार अपरान्ह नै उनलाई अर्को सेतो भ्यानमा चढाइएको बताइएको छ । सन् १९७२ मा जन्मिएका फइद प्यारिसको कुख्यात क्षेत्रमा हुर्किएका थिए । सन् १९९० को दशकमा फ्रान्सको राजधानीमा उनले सशस्त्र डकैती र फिरौती असुल गर्ने एउटा समूह सञ्चालन गरेका थिए । उनले आफ्नो जीवनशैली गुण्डा नाइके पात्र भएका हलिवूड सिनेमाबाट प्रेरित भएको बताउने गर्थे । अमेरिकी निर्माता माइकल म्यानका अपराधसम्बन्धी सनसनीपूर्ण चलचित्रबाट आफू प्रेरित भएको उनले बताउँथे । सन् १९९५ को आपराधिक समूहको कथा रहेको \'हिट\' भन्ने चलचित्रका प्रशंसक रहेका उनले प्यारिस फिल्म फेस्टिभलमा म्यानलाई भेटेर \'तपाईँ मेरो प्राविधिक सल्लाहकार हो\' भनेका थिए । ब्याङ्क डकैतीको सीप सिक्न दर्जनौँ पटक चलचित्रहरू हेरेको उनले दाबी गरेका थिए । सन् २००९ मा उनले प्यारिसको आपराधिक घटना बढी हुने बाहिरी इलाकामा हुर्कँदाको अनुभव र कानून मिच्नेबारे आफ्नो सिकाइ सम्मिलित किताब प्रकाशमा ल्याएका थिए । सन् १९९८ मा ब्याङ्क डकैती र चोरीका एउटाभन्दा बढी अभियोगमा पक्राउ परेपछि फइद थुनामा पर्ने र जेलबाट भाग्ने क्रम निरन्तर चलिरहेको छ । फ्रान्सको जेलबाट हेलिकप्टरमा भाग्ने उनी पहिलो बन्दी होइनन् । सन् २००१ मा तीनजना सशस्त्र डाँकाहरू दक्षिणी फ्रान्सको एउटा जेलबाट भागेका थिए । यस्तै प्रवृत्तिबाट अन्तर्राष्ट्रिय लागुऔषध तस्करीको सञ्जाल चलाउने आरोप खेपिरहेका बन्दीहरू पनि त्यसको दुई वर्षपछि भागेका थिए । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending