Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

भ्रष्टाचार काण्डमा पूर्वप्रधानमन्त्री पक्राउ

मलेशियाका भूतपूर्व प्रधानमन्त्री नजिब रजाक एउटा ठूलो भ्रष्टाचारकाण्डमा पक्राउ परेका छन्।

उनलाई बुधवार औपचारिक रूपमै अभियोग लगाइनेछ। लामो समयदेखि भ्रष्टाचारको आरोप खेप्दै आएका रजाकलाई राज्य विकास कोष संलग्न भएको \'वनएमडीबी\' नामक एउटा कोषबाट ७० करोड अमेरिकी डलर कुम्ल्याएको आरोप छ। उनले स्थापना गरेको सो कोषमा करोडौँ डलरको लेखाजोखा छैन। गत मे महिनामा भएको निर्वाचनमा पराजय भोगेपछि उनीमाथि अनुसन्धान थालिएको थियो। आफूले अनुचित काम नगरेको उनको दाबी छ। वनएमडीबीको विशेष कार्यदलद्वारा जारी गरिएको एउटा विज्ञप्तिमा सो परियोजना अधीनस्थ एसआरसीसँग सम्बन्धित विषयमा रजाकलाई मङ्गलवार स्थानीय समयानुसार दिउँसो २:३५ बजे उनकै निवासबाट पक्राउ गरिएको उल्लेख छ। क्वालालम्पुर उच्च अदालतमा बुधवार ८:३० बजे उनीविरुद्ध अभियोग दर्ता हुनेछ। रजाक र उनकी पत्नी रोज्मा मान्सरसँग सम्बन्ध देखिएका स्थानहरूमा प्रहरीले केही हप्तादेखि छापा मार्दै आएको थियो। प्रहरीले गत हप्ता छापा मार्दा २७.३ करोड अमेरिकी डलर मूल्य भएका विलासिताका सामग्री र नगद बरामद गरेको जनाएको छ। मलेशियाको इतिहासमा बरामद गरिएको ती सबैभन्दा मूल्यवान् सामग्री भएको बताइन्छ। तिनमा गरगहनाको भाग ठूलो थियो। हीरा र सुनको एउटा गलहारको मूल्य नै १६ लाख अमेरिकी डलर पर्छ। प्रहरीका अनुसार बरामद भएका अन्य सामग्रीमा ५६७ वटा हातेझोला र तिनमा राखिएका तीन करोड अमेरिकी डलर, चार सय २३ वटा घडीहरू र दुई सय ३४ वटा चस्मा थिए। बरामद भएका सामग्री गन्न र तिनको मूल्याङ्कन गर्न पाँच हप्ता लागेको एक अधिकारीले बताए। महँगा सामान किनमेल गर्ने रोज्माको बानी र उनको ब्रान्डेड सामग्रीप्रतिको मोहबारे पहिला पनि चर्चा हुने गर्थ्यो। उनलाई फिलिपिन्सका भूतपूर्व निरङ्कुश शासक फर्डिनान्ड मार्कोसकी पत्नी इमेल्डा मार्कोससँग तुलना गर्ने गरिन्छ। रजाकले सधैँ भ्रष्टाचारको आरोपको खण्डन गर्ने गरेका छन्। सत्तारूढ हुँदा सम्बन्धित निकायहरूले उनलाई सफाइ पनि दिएका थिए। तर उनीविरुद्ध केही देशमा अनुसन्धान हुँदै आएको छ। उनलाई देश छोड्न प्रतिबन्ध लगाइएको छ। क्वालालम्पुरलाई एउटा आर्थिक केन्द्र बनाउने एवम् रणनीतिक लगानीमार्फत् अर्थतन्त्र सुदृढ बनाउने उद्देश्य राखेर सन् २००९ मा रजाकले वनएमडीबी स्थापना गरेका थिए । तर सन् २०१५ को आरम्भतिर ब्याङ्क एवम् बन्डमा लगानी गरेकाहरूलाई तिर्नुपर्ने ११ अर्ब डलर नतिरेपछि सो परियोजनाबारे संशय व्यक्त हुन थालेको थियो । त्यति बेला नै वाल स्ट्रीट जर्नलले सो कोषबाट ७० करोड डलर रजाकका निजी ब्याङ्क खाताहरूमा सारिएको कागजपत्र आफूले फेला पारेको भनेर विवरण प्रकाशित गरेको थियो । तर रजाकले कुनै पनि सार्वजनिक कोषबाट आफूले पैसा नलिएको दाबी गर्दै आएका छन् ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy