Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

‘नारायणहिटी’ भित्र त्रिपालमा बस्ने भन्छन् – ‘स्याल कराए पनि ढुक्कले सुतिन्छ’

काठमाडौँ, कुनै बेला पर्खाल छेउबाट हिँड्न पनि नमिल्ने ‘नारायणहिटी दरबार सङ्ग्रहालय’ को परिसरभित्र अहिले त्रिपाल र मानिसको चहलपहल देखिन्छ । विनाशकारी भूकम्पपछि खुल्लास्थानको खोजीमा आसपासका मानिस त्यहाँभित्र छिरेर अस्थायी घरजम गरिरहेका छन् । राजतन्त्र रहँदा ‘नारायणहिटी राजदरबार’ भनिने सो क्षेत्रको उत्तर र दक्षिण ढोकापट्टि आश्रय लिइरहेकाले अन्य खुल्लास्थलको भन्दा सुरक्षा र वातावरणका हिसाबले सुविधा पाएका छन् । भूकम्पले पूर्व मुमाबडामहारानी रत्नको निवास महेन्द्र मञ्जिलमा पनि क्षति पुगेकाले उनी पनि त्यस भवननजिक त्रिपालमा बस्न थालेकी छिन् । सुरूका दिनमा त्यहाँस्थित नेपाली सेनाका जवानले प्रवेशमा रोक लगाउन खोजे पनि सो क्षेत्रका प्रायः पर्खाल भत्केर ओहोरदोहोर गर्न मिल्ने भएको र लगातारको भूकम्पबाट त्रसितलाई आश्रय दिनु मानवीय सहयोग ठानेर सेनाले त्यहाँ बस्न अनुमति दिएको थियो । सो क्षेत्रमा हाल एक हजार २०० मानिस आश्रय लिइरहेका छन् । यहाँ बस्ने अधिकांशले घरबाट खाना पकाउने ग्यास सिलिन्डरसहितका सामग्री ल्याएका छन् । बालबालिकाको पनि विद्यालय बिदा भएकाले खेल्ने÷रमाउने र नयाँ साथी बनाउने उचित वातावरण मिलेको छ । सेनाले टुँडिखेल मैदानमा पनि सयौँलाई आश्रयस्थल उपलब्ध गराएको छ । यहाँभित्र सफा चौर, खेल मैदान, छेउछेउका रुख बिरुवा तथा बगैँचाले वातावरणीय अनुकूलता दिएको छ । खानेपानी र शौचालयको पूर्ववत् प्रबन्धले आश्रयकर्ताले असुविधा भोग्नु परेको छैन । कोइलीदेखि काग र अनेक चराचुरुङ्गीका आवाजले विपतका समयको आश्रयलाई मानसिक राहत मिलेको देखिन्छ । त्यसो त, सङ्ग्रहालयभित्रका केही भवनमा पनि क्षति पुगेकाले त्यहाँ कार्यरत केही सैनिक जवान पनि त्रिपालमै रात बिताइरहेका छन् । केही सेनाका कर्मचारीका आफन्त पनि बसेका छन् । तनहुँ घर भई विगत आठ वर्षदेखि उत्तरढोका अगाडि बस्दै आएकी विमला श्रेष्ठ आफूहरूलाई नेपाली सेना र चीन सरकारबाट टेन्ट तथा अन्य सामग्री सहयोग भएको बताइन् । ‘हामीलाई अरु असुविधा छैन, राति चाहिँ स्याल कराएर हैरान गर्छन् तर सेनाको सुरक्षा पहरा भएकाले जनावरबाट त्रसित हुनु पर्दैन’, श्रेष्ठले भनिन्, ‘कहिलेसम्म यहाँ बस्ने भन्ने चाहिँ निधो छैन, भाडामा बसेको घर बस्नयोग्य नभएकाले कोठा नपाउन्जेल बसिन्छ ।’ उनले एक सातादेखि नक्साल, हाँडीगाउँ, गहनापोखरीमा कोठा खोजे पनि नपाएको गुनासो गरिन् लाजिम्पाटमा लाउन्ड्रिङ (धोबी) काम गर्दै आएका अमन रजक सङ्ग्रहालयभित्रको बसाइँ उपयुक्त भए पनि घर जान र काममा लाग्न नपाएका कारण छट्पटी भएको बताउँछन् ।  रजकले भने – ‘खासै काम छैन, खाने बस्नेबाहेक काम छैन, राति र बिहान स्याल कराएर हैरान गर्छ ।’ एक सैनिक जवानका अनुसार आफूहरुले त्यहाँ आउने पीडितलाई स्थाल खुल्ला गरेको र वास्तविक पीडित हो÷होइनन् भनेर हरेक बिहान हाजिरी लिने गरेको जनाए । पुनः अर्को शक्तिशाली भूकम्प जाने त्रासका कारण बस्न मिल्ने घरमा मानिस पनि यहाँ आएका छन् । समय–समयमा सुत्केरी महिला र बालबालिकालाई स्वास्थ्य सेवाको टोली पनि त्यहाँ जाने गर्छ । यस्तै नेपाल रेडक्रस, भारतीय संस्था, मारवाडी सेवा समाजका सहयोग सामग्री पनि उपलब्ध हुँदै आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending