Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

विद्युत् सेवा नियमित नहुँदा सेवाग्रही मारमा

\"\"वीरगञ्ज । विद्युत् सेवा नियमित नहँुदा यहाँका सेवाग्रही मारमा परेका छन् । प्रत्येक पाँचदेखि १० मिनेटमा विद्युत् जाने गरेको र भोल्टेज घटबढ हुनेगरेका कारण कम्प्युटर, ल्यापटप, बल्ब जस्ता उपकरणमा असरपर्ने गरेको तथा कतिपयको इन्र्भटरसमेत चार्ज हुन नसकेकाले यसको प्रत्यक्ष असर सञ्चारकर्मीलाई पर्न गएको छ । एउटा समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई घण्टांै लाग्ने गरेको, समयमा पत्रपत्रिका प्रकाशन गर्न समस्या हुने गरेको गुनासो गर्दै नेपाल पत्रकार महासंघ प्रदेश नं २ का सभापति दीपेन्द्र चौहानले छिनछिनमा विद्युत् जानुको कारण कम्प्युटर लगायतका उपकरण बिग्रिनु, इन्र्भटर चार्ज नहुनु जस्ता समस्या रहेको बताए । उनले जिम्मेवार निकाय गैरजिम्मेवार भएपछि यसको प्रत्यक्ष असर आम सेवाग्रहीलाई मात्र नभएर सबै भन्दा बढी सञ्चार क्षेत्र प्रभावित भएको बताए । यस समबन्धमा नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जका प्रमुख मनिन्द्र ठाकुरले सेवाको गुणस्तरीयता कायम राख्न हामी प्रयत्नशील छौं भने । यो समस्या कहिलेसम्म समाधान हुनेबारे उनले ठोस् जवाफ दिन सकेनन् । पुरानो ट्रान्सफर, पुरानो तथा खिया लागेका तारका कारण यस्तो स्थीति आएको केन्द्रका एक कर्मचारीले बताए । विद्युत् समस्या खेपिरहेका सेवाग्रही तथा सञ्चार माध्यमका प्रतिनिधिले यो समस्या चाँडो भन्दा चाँडो समाधान गर्ने तर्फ सम्बन्धित् निकाय गम्भीर हुनुपर्ने माग गर्दै आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending