Khabar Dabali १४ बैशाख २०८३ सोमबार | 27th April, 2026 Mon

भूकम्पलगायतका सबै दैवी विपत्तिको नास होस् भन्दै नेपाली सेनाको स्वस्ति शान्ति

काठमाडौँ, नेपाली सेनाले भूकम्पको त्रासदीबाट गुज्रिरहेको समग्र राष्ट्र र राष्ट्रवासीको सुख, शान्ति, समृद्धि र कल्याणको कामना गर्दै स्वस्ति शान्तिसहित क्षमाको पूजाको आयोजना गरेको छ । सैनिक मुख्यालय जङ्गी अड्डास्थित रिपुमर्दनी भगवती मन्दिरमा आयोजना गरिएको उक्त पूजामा प्रधानसेनापति गौरवशमशेर राणा स्वयम् विशेषकर्ता भएर पूर्जाअर्चना गरे । सेनाले यसखाले पूजा बिहान एकैसाथ मुलुकभर रहेर सेनाका पृतना, बाहिनी, गण र गुल्ममा सञ्चालन गरेको छ । भूकम्पको महाविपत्तिमा परेर निधन भएका व्यक्तिको आत्माको चीर शान्ति, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनाका साथ मुलुक र जनताको कल्याणका खातिर स्वस्ति शान्तिसहितको क्षमा पूजा गरिएको नेपाली सेनाले जनाएको छ । सो अवसरमा भूकम्पलगायतका सबैखाले दैवी विपत्तिको नास होस् भनेर ११ जना ब्राह्मणद्वारा लघुरुद्री पाठ र नवचण्डी पाठ गराइएको थियो । त्यस क्रममा नवग्रह स्तोत्र, वेदपाठ, विष्णु सहस्रनाम, बङ्गलामुखी स्तोत्र पाठ, गणेश, शिव, हनुमान, नाग, बटुकभैरव र शनिमृत्युन्जयसहितका पाठ गरिएको थियो । साथै विशेष हवन र विशेष पूजा पनि सञ्चालन गरिएको छ । उक्त पूजाअर्चना तथा पाठका लागि नेपाली सेनाका पुरोहितका साथै अन्य सुरक्षा निकायका पण्डित र सर्वसाधारण ब्राह्मणलाई समेत सहभागी गराइएको थियो । पूजा पाठ सकिएपछि दिउँसो २ः४५ बजे सेनाले सैनिक मञ्च टुँडिखेलबाट सबै सर्वसाधारणका लागि फूल प्रसाद वितरण गर्ने कार्यक्रमसमेत तय गरेको नेपाली सेनाका प्रवक्ता जगदीशचन्द्र पोखरेलले जानकारी दिए । भूकम्प भएर आपत्तिमा परेका जनताको खोज, उद्धार, राहत र पुनःस्थापना र भत्किएका भग्नावशेष हटाउने काममा नेपाली सेनाले नेतृत्व लिएर काम गर्दै आएको छ । सबै नेपालीमा भूकम्प त्रासको त्रास हटोस्, फेरि आगामी दिनमा मुलुकले यस्तो दैवी विपत्ति नपरोस् भनेर राष्ट्रवासीको नाममा स्वस्ति शान्तिसहितको क्षमा पूजा आयोजना गरिएको नेपाली सेनाका मूल पण्डित उपसेनानी टारहरि अधिकारीले बताए । मुलुकमा भूकम्प, बाढी पहिरोलगायतका दैवी विपत्ति आएका बेला जनतामा त्यसको डर त्रास हटोस् र फेरि यसखाले उत्पातको सामना गर्न नपरोस् भनेर क्षमा पूजा गरिने प्रचलन छ । वैशाख १२ गते र २९ गते गएको ठूला भूकम्पमा परेर हालसम्म आठ हजार ६८३ भन्दा बढी व्यक्तिहरुको निधन भएको पुष्टि भइसकेको छ । सो दैवी विपत्तिमा परेर ज्ञड हजार भन्दाबढी व्यक्ति घाइते भएका छन् । भूकम्पबाट खर्बौं मूल्यबराबरको भौतिक संरचना र धनको क्षति भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending