Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

विश्वकप २०१८ : कप्तान मिकेल मैदानमा उत्रनुअघि घरमा बुवाको अपहरण

अबुजा । नाइजेरियाको फुटबल टिमका कप्तान जोन ओबी मिकेलले विश्वकपमा अर्जेन्टिनाविरुद्धको खेल भन्दा केही समयअघि आफ्ना बाबुको अपहरण भएको खुलासा गरेका छन् । उनले यो खुलासा नाइजेरिया विश्वकपबाट बाहिरिएर घर फर्केपछि गरेका हुन् । मिकलले बाबुको अपहरण भएको केही घण्टापछि अर्जेन्टिनाविरुद्ध कप्तानीको जिम्मेवारीसहित खेलेका थिए । जुन खेलमा नाइजेरिया २-१ ले पराजित भयो । २६ जुनमा जोनका पिता मिकेल ओबीलाई उनका ड्राइभरसमेत अपहरण गरिएको थियो । २ जुलाईमा पुलिसले उनलाई अपहरण मुक्त गरायो । अहिले उनको अस्पतालमा उपचार भइरहेको छ। जोनका अनुसार देशमा धेरै नै असुरक्षाको अवस्था छ जसका कारण मानिसहरु त्रसित अवस्थामा छन् । \'यो कुनै ठुलो झट्का भन्दा कम थिएन\', जोनले भनेका छन् । जोनका अनुसार अर्जेन्टिनाविरुद्ध मैदानमा उत्रिनु चार घण्टा अघि बाबुको अपहरण भएको खबर मिलेको थियो । \'म पूर्णरुपमा विक्षिप्त भएको थिएँ । म विश्वकपको मैदानमा उत्रने नउत्रने पुरै दोधारमा थिएँ\', उनले भनेका छन्, \'तर अन्तिममा १८ करोड नाइजेरियाबासीको आशमा ठे नपुर्‍याउने बाचासहितत मैदानमा उत्रिएँ ।\' \'बुबाको अपहरण भएको खबर पाएपछि केही समय स्तब्ध भए पनि त्यसपछि मैले सोच्न छाडिदिएँ, मैले आफैँलाई भने देश सबैभन्दा पहिले\', उनले अगाडि भनेका छन्, \'बुवाको अपहरण भएको समाचार मैले मेरा कुनै खेलाडी साथीलाई पनि बताइँन । मेरो तनाव साथीहरुलाई पनि नपरोस भन्ने मेरो चहाना थियो । मैले यो घटनाबारे कसैलाई बताएँ भने मेरा पिताको ज्यान लिने धम्की अपहरणकर्ताले दिएकाले म विवश थिएँ । सोमबार बुवालाई रिहा गराउन सकेकोमा म भगवानसँग आभारी छु । म पुलिसलाई धन्यवाद दिन्छु, जसको प्रसासले बुबा अहिले परिवारसँग हुनुहुन्छ ।\' सात वर्षमा दोस्रो पटक जोनका बाबुको अपहरण भएको हो । जोनका अनुसार दोस्रो पटक उनलाई बाबु गुमाउने चिन्ताले सताएको थियो । \'नाइजेरियामा तपाईँको हैसियत के छ भन्ने कुराले कुनै अर्थ राख्दैन\', उनले भनेका छन्, \'हरेक व्यक्तिले सुरक्षित माहोलमा रहने हक राख्छ । आज मेरो बुबासँग यस्तो भयो, भोली कोही अरुसँग पनि यस्तो हुन्छ ।\' चेल्सीका मिडफिल्डर रहिसकेका जोन अहिले चीनको क्लब तियान्जिन तेदाका लागि व्यवसायिक फुटबल खेल्छन् । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending