Ntc summer Offer
Khabar Dabali १२ पुष २०८१ शुक्रबार | 27th December, 2024 Fri
Investment bank

पर्यटकीय क्षेत्रको प्रचार गर्ने निकाय नेतृत्वविहीन अवस्थामा

\"\"भीमदत्तनगर । सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी योजना अघि सारेको छ । पर्यटनमा धेरै सम्भावना बोकेको मुलुकमा पर्यटकीय क्षेत्रको प्रवद्र्धनसँगै आर्थिक समृद्धिबारे छलफल चलिरहँदा कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकीमा भने प्रचार\\प्रसारको प्रमुख निकाय नै लाचार अवस्थामा छ । प्रदेश नं ७ कै प्रमुख नाका हो गड्डाचौकी । छिमेकी भारतीय राजधानी नयाँ दिल्ली स्थलमार्गका हिसाबले सबैभन्दा नजिक पर्छ । वार्षिक दुई हजारभन्दा बढी तेस्रो मुलुकका पर्यटक भित्रिने गड्डाचौकी नाकामा रहेको नेपाल पर्यटन बोर्ड कञ्चनपुर शाखा भने विगत चार वर्षदेखि नेतृत्वविहीन अवस्थामा छ । मुलुकभित्र भित्रिने बाह्य पर्यटकहरुलाई देशभित्र रहेका विभिन्न पर्यटकीय स्थलका बारेमा जानकारी गराउने, घुम्न प्रेरित गर्ने र पर्यटकलाई समस्या पर्दा समाधानको बाटो देखाउने लगायतका जिम्मेवारी बोकेको गड्डाचौकीस्थित पर्यटन बोर्ड कार्यालय, कार्यालय सहायकका भरमा चलेको छ । “चार वर्षदेखि मेरै भरमा कार्यालय छ”, नेपाल पर्यटन बोर्ड कञ्चनपुर शाखाका कार्यालय सहायक थानेश्वर लेखकले रासससित भने, “कार्यालय प्रमुख आउने कुनै सुरसार छैन ।” गड्डाचौकी भएर भित्रिने तेस्रो मुलुक तथा भारतीय पर्यटकलाई पर्यटकीय क्षेत्रहरुका पर्चा, पम्प्लेट, नक्सा लगायतका प्रचार÷प्रसार सामग्रीसमेत वितरण गर्दै आएका कार्यालय सहायक लेखकले कार्यालय प्रमुख नहुँदा विभिन्न समस्या भोग्नु परिरहेको बताए । भारतीय धार्मिक पर्यटकीयस्थल हरिद्वार, ऋिषिकेश लगायतका स्थलसमेत यहाँबाट नजिक पर्छन् । त्यसैगरी, भारतीय पर्यटकीयस्थल नैनिताल, मन्सुरी, देहरादुनलगायत पनि यहाँबाट नजिकै पर्छन् । दुई देशबीच समन्वय गर्ने पर्यटन बोर्ड नै नेतृत्वविहीन अवस्थामा छ । चार वर्षअघि कार्यालय प्रमुख जानकी उपाध्याय पर्यटन बोर्डको केन्द्रीय कार्यालयमा सरुवा भएयता हालसम्म कोही आएको छैन । पर्यटन बोर्ड कार्यालयको उत्तरतर्फ धार्मिक पर्यटकीय क्षेत्र ब्रह्मदेव र झिलमिला ताल पर्छन् भने महाकाली नदीमा एशियाकै लामो झोलुङ्गे पुल तथा शुक्लाफाटा राष्ट्रिय निकुञ्ज पनि नजिकै छन् । गड्डाचौकीमा पर्यटकलाई सहकजीकरण गर्ने निकायको अवस्था नाजुक हुँदा यहाँका पर्यटीय स्थल ओझेलमा परेका छन् । गड्डाचौकीस्थित अध्यागमन कार्यालयका निमित्त प्रमुख पदमराज भट्ट सो नाका भएर भित्रिने तेस्रो मुलुकका पर्यटक काठमाडाँै, पोखरा, चितवन र बर्दिया बढी मात्रामा घुम्न जाने गरेका बताउछन् । “प्रदेश नं ७ का पर्यटीय क्षेत्रको प्रचार\\प्रसार कम भयो”, उनले भने । उनले पर्यटकलाई यहाँका पर्यटकीय स्थलका बारेमा जानकारी नै नहुँदा समस्या हुने गरेको बताए । अध्यागमनको रेकर्डअनुसार सन् २०१६ मा गड्डचौकी नाकाभएर दुई हजार ५८२ पर्यटक भित्रिएका थिए भने एक हजार ५५९ पर्यटक यो नाकाबाट बाहिरिएका थिए । सन् २०१७ मा दुई हजार ७४५ पर्यटक भित्रिएका थिए भने एक हजार ७८९ जना बाहिरिएका थिए । सन् २०१८ को ६ महिनामा एक हजार ६१९ पर्यटक भित्रिएका छन् भने यहाँबाट एक हजार ३८४ पर्यटक बाहिरिएका छन् । निजी क्षेत्रबाट यहाँका पर्यटीय क्षेत्रमा पर्यटक आकर्षण गराउने प्रयास भए पनि सरकारी निकायबाट त्यसतर्फ खासै ध्यान पुग्न सकेको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy