Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

बाढीका कारण सुनसरीका आधा दर्जन बस्ती डुबानमा

[caption id=\"attachment_193554\" align=\"alignleft\" width=\"850\"]\"\" फाइल फोटो[/caption]

सुनसरी । सुनसरी जिल्लाका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारणले जिल्लाका कैयौँ बस्ती डुबानमा परेका छन् ।

सुनसरी खोलाको बाढीले तीन स्थानीय तहका आधा दर्जन बस्ती डुबानमा परेको स्थानीयवासीले जनाएका छन् । सुनसरीको सुनसरी खोला, गडन खोला, बूढी खोलासहितका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारणले आधा दर्जन बस्ती डुबानमा परेका हुन् । डुबानका कारण निर्माण सामग्री, बाली र अन्य सामग्रीमा गरी करोडौँको क्षति भएको स्थानीयले बताएका छन् । बाढीका कारण इनरुवा–१०, जल्पापुरमा हाटसेट निर्माणका लागि राखिएका विभिन्न सामानसहित निर्माणका सामग्री बगाएको छ भने मरिया खोलाको बाढीले डुबानमा पारेको छ । खोला आसपास क्षेत्रका लहरे र तरकारी बालीमा समेत नोक्सानी पुगेको छ । जल्पापुर मुस्लिम निर्माणका सञ्चालक ऐयुव मियाँले ६० बोरा सिमेण्टसहितका विभिन्न निर्माण सामग्री र मजदूरका खाद्यान्न तथा तरकारी बाली गरी गाउँमा करोडाँैको क्षति भएको बताए । स्थानीयवासी तथा ठेकेदारसमेत रहेका ऐयुव मियाँले डुबानका कारणले जनजीवनसमेत धेरै प्रभावित भएको जानकारी दिए । बाढीको कारणले जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–७, नरसिंह टाप्पुको दलित बस्ती डुबानमा परेको छ । नरसिंहको दास टोल र सुकुम्बासी टोलका गरी १०० परिवार डुबानको चपेटामा परेका छन् । स्थानीय जगदीश यादवका अनुसार नरसिंह क्षेत्रमा डुबानका कारणले केही परिवार विस्थापित हुने अवस्थामा पुगेका छन् । केहीलाई घरमा भान्सा गर्ने अवस्थासमेत नरहेको यादवले बताए । सुनसरी खोलाको किनारमै रहेको बस्तीका धेरै घर डुबानमा रहेको स्थानीय चन्देश्वर मण्डलले जानकारी दिए । मण्डलका अनुसार बुधबारदेखिको वर्षाका कारणले आफ्नो गाउँमा बाढी आएको र बालबालिका सबैभन्दा बढी प्रभावित भएको हो । उता हरिनगर गाउँपालिका–७ घुस्की का साथै वडा नं २ र ४ मा समेत मरिया खोलाको बाढीले सयौँ घर डुबानमा परेको स्थानीय अब्दुल कैयुम खाँले जानकारी दिनुभयो । मरिया र सुनसरी खोलाको बाढीले १२० घर डुबानमा परेको खाँले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय, सुनसरीले भने समेत बाढी आएको तर हालसम्म कुनै धनजनको क्षतिको विवरण नआएको बताएको छ । नदी र खोला आसपासमा भने सतर्कताका साथ बस्न आग्रह गरेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । यसैबीच अबिरल वर्षाका कारण सुुनसरी खोलामा आएको बाढीले हरिनगरा—बसन्तपुर जोड्ने बाटो पूर्णरुपमा अवरुद्घ भएको छ । सुनसरी खोलाको पानी मोरिया खोलामा मिसिएपछि बाटो पूर्णरुपमा अवरुद्घ भएको हो । बाटो अवरोध भएपछि हरिनगरा मावि र वासुदेव एकेडेमीमा अध्ययनरत बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् । बाढीका कारण पहिलो त्रैमासिक परीक्षा दिनबाट समेत बालबालिका वञ्चित भएको स्थानीयवासी सरोज मण्डलले जानकारी दिनुभयो । बाढीका कारण हरिनगर–५ वसन्तपुरमा रहेको शिशुवा जोड्ने बाटो हिलाम्मे भएपछि समस्या उत्पन्न भएको हो । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy