Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

बाढीका कारण सुनसरीका आधा दर्जन बस्ती डुबानमा

[caption id=\"attachment_193554\" align=\"alignleft\" width=\"850\"]\"\" फाइल फोटो[/caption]

सुनसरी । सुनसरी जिल्लाका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारणले जिल्लाका कैयौँ बस्ती डुबानमा परेका छन् ।

सुनसरी खोलाको बाढीले तीन स्थानीय तहका आधा दर्जन बस्ती डुबानमा परेको स्थानीयवासीले जनाएका छन् । सुनसरीको सुनसरी खोला, गडन खोला, बूढी खोलासहितका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारणले आधा दर्जन बस्ती डुबानमा परेका हुन् । डुबानका कारण निर्माण सामग्री, बाली र अन्य सामग्रीमा गरी करोडौँको क्षति भएको स्थानीयले बताएका छन् । बाढीका कारण इनरुवा–१०, जल्पापुरमा हाटसेट निर्माणका लागि राखिएका विभिन्न सामानसहित निर्माणका सामग्री बगाएको छ भने मरिया खोलाको बाढीले डुबानमा पारेको छ । खोला आसपास क्षेत्रका लहरे र तरकारी बालीमा समेत नोक्सानी पुगेको छ । जल्पापुर मुस्लिम निर्माणका सञ्चालक ऐयुव मियाँले ६० बोरा सिमेण्टसहितका विभिन्न निर्माण सामग्री र मजदूरका खाद्यान्न तथा तरकारी बाली गरी गाउँमा करोडाँैको क्षति भएको बताए । स्थानीयवासी तथा ठेकेदारसमेत रहेका ऐयुव मियाँले डुबानका कारणले जनजीवनसमेत धेरै प्रभावित भएको जानकारी दिए । बाढीको कारणले जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–७, नरसिंह टाप्पुको दलित बस्ती डुबानमा परेको छ । नरसिंहको दास टोल र सुकुम्बासी टोलका गरी १०० परिवार डुबानको चपेटामा परेका छन् । स्थानीय जगदीश यादवका अनुसार नरसिंह क्षेत्रमा डुबानका कारणले केही परिवार विस्थापित हुने अवस्थामा पुगेका छन् । केहीलाई घरमा भान्सा गर्ने अवस्थासमेत नरहेको यादवले बताए । सुनसरी खोलाको किनारमै रहेको बस्तीका धेरै घर डुबानमा रहेको स्थानीय चन्देश्वर मण्डलले जानकारी दिए । मण्डलका अनुसार बुधबारदेखिको वर्षाका कारणले आफ्नो गाउँमा बाढी आएको र बालबालिका सबैभन्दा बढी प्रभावित भएको हो । उता हरिनगर गाउँपालिका–७ घुस्की का साथै वडा नं २ र ४ मा समेत मरिया खोलाको बाढीले सयौँ घर डुबानमा परेको स्थानीय अब्दुल कैयुम खाँले जानकारी दिनुभयो । मरिया र सुनसरी खोलाको बाढीले १२० घर डुबानमा परेको खाँले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय, सुनसरीले भने समेत बाढी आएको तर हालसम्म कुनै धनजनको क्षतिको विवरण नआएको बताएको छ । नदी र खोला आसपासमा भने सतर्कताका साथ बस्न आग्रह गरेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । यसैबीच अबिरल वर्षाका कारण सुुनसरी खोलामा आएको बाढीले हरिनगरा—बसन्तपुर जोड्ने बाटो पूर्णरुपमा अवरुद्घ भएको छ । सुनसरी खोलाको पानी मोरिया खोलामा मिसिएपछि बाटो पूर्णरुपमा अवरुद्घ भएको हो । बाटो अवरोध भएपछि हरिनगरा मावि र वासुदेव एकेडेमीमा अध्ययनरत बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् । बाढीका कारण पहिलो त्रैमासिक परीक्षा दिनबाट समेत बालबालिका वञ्चित भएको स्थानीयवासी सरोज मण्डलले जानकारी दिनुभयो । बाढीका कारण हरिनगर–५ वसन्तपुरमा रहेको शिशुवा जोड्ने बाटो हिलाम्मे भएपछि समस्या उत्पन्न भएको हो । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending