Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

असारे बजेटमा चीन घुम्ने रहर

\"\"काठमाडौँ । आर्थिक वर्ष सकिनै लाग्दा राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिका ५ पदाधिकारीसहित करिब एक दर्जन व्यक्तिको चीन भ्रमण प्रस्ताव वन मन्त्रालय पुगेको छ । अाजकाे  कान्तिपुरमा  खबर छ  - ‘बजेट सक्ने उद्देश्यले’ समितिका अध्यक्ष वीरेन्द्र यादव, बोर्ड सदस्यहरू विदुर भारती, रामदयाल यादव, डा. मोतीलाल रिजाल र दीपा प्रधानसहित समितिका सदस्यसचिव हेमलाल अर्याल र उपसचिव श्रीप्रसाद बराल तथा अर्थ र वन मन्त्रालयका प्रतिनिधिलगायतको प्रस्ताव स्वीकृतिका लागि मन्त्रालयमा पेस भएको हो । सदस्यसचिव अर्यालले भने असार मसान्तभित्र समितिका धेरै काम गर्नुपर्ने भएकाले आफू सहभागी नहुने बताएका छन् । चीनमा पहिले नै तय गरिएको कुनै कार्यक्रम नभए पनि असार सकिनै लाग्दा एकाएक भ्रमण प्रस्ताव पेस भएपछि मन्त्रालयका अधिकारी नै अचम्भित बनेका छन् । उक्त प्रस्ताव सचिव डा.विश्वनाथ ओलीकोमा पुगेको छ । अघिल्ला वर्ष पनि असारे भ्रमणको प्रस्ताव मन्त्रालयमा पेस हुने गरेका थिए । कतिपय मन्त्रीले भने आफ्ना कार्यकर्ताले समेत सरकारी खर्चमा विदेश सयर गर्न पाउने भएपछि त्यस्ता प्रस्ताव स्वीकृत गर्ने गरेका थिए । उनीहरूको भ्रमण प्रस्ताव वन तथा वातावरण मन्त्रालयमार्फत मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने हुन्छ, तर उनीहरूले समय कम भएकाले मन्त्री शक्तिबहादुर बस्नेतबाट भ्रमण कार्यक्रम स्वीकृत गराउने प्रयास गरिरहेका छन् । चुरे गठन आदेशमा अध्यक्ष राज्यमन्त्रीसरह र बोर्ड सदस्य सहायक मन्त्रीसरह हुने व्यवस्था छ । मन्त्री बस्नेतले चुरेको प्रस्ताव आफूकहाँ आइनपुगेको प्रतिक्रिया दिए । समिति स्रोतले चीन भ्रमण प्रस्तावमा ‘घुम्ने र बजेट सिध्याउनेबाहेक कुनै विशेष प्रयोजन नभएको’ कान्तिपुरलाई बतायो । अध्यक्ष यादवले कुनमिङ हुँदै चीन गएर बाँस प्रजातिको अध्ययन–अनुसन्धानका साथै जीविकोपार्जनका कार्यक्रम अवलोकन गर्ने भ्रमण कार्यक्रममा समेटिएको दाबी गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending