Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

केजरीवालसँग नेपाली राजदूतकाे भेटवार्ता

काठमाडौँ, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नयाँ दिल्लीमा भारतीय नेताहरूसँगको भेटघाटलाई तीव्रता दिएका छन् ।

भूकम्पबाट प्रभावितका लागि भारतका तर्फबाट हुनसक्ने सहयोगका बारेमा उहाँले केही हप्तादेखि विभिन्न नेताहरूसँग छलफल गरिरहेका छन् । छलफलका क्रममा भारतीय नेताहरूले नेपाललाई आवश्यक पर्ने सक्दो सहयोग गर्ने वचन दिएको राजदूत उपाध्यायले बताए ।

राससलाई आज टेलिफोनमार्फत भेटबारे जानकारी दिँदै राजदूत उपाध्यायले आज उनले नयाँ दिल्लीका मुख्यमन्त्री तथा आमआद्मी पार्टीका अध्यक्ष अरविन्द केजरीवाललाई भेटेकाे बताए । मुख्यमन्त्री केजरीवालसँग उनले नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउन आग्रह गरे । नेपालका अधिकांश अस्पतालमा भेन्टिलेटर नभएकाले स्वास्थ्य सेवा पर्याप्त हुन नसकेको बारे केजरीवाललाई राजदूत उपाध्यायले जानकारी गराउएका थिए।

जवाफमा मुख्यमन्त्री केजरीवालले नेपालको दुःखमा आफूहरू पनि सँगसँगै रहेको बताउँदै हरेक किसिमको सहयोग गर्न आफूहरू तयार रहेको आश्वासन दिएका थिए ।

नेपालीहरू निकै मेहनती र इमान्दार भएकाले अहिलेको दुःखलाई अवसरका रुपमा परिणत गर्न सक्षम हुने विश्वास पनि उनले व्यक्त गरे । मुख्यमन्त्री केजरीवालले भूकम्प गएको थाहा पाउनासाथ आफूलाई फोन गरेर दुःख व्यक्त गरेको राजदूत उपाध्यायले जानकारी दिए । केजरीवालले नेपालप्रति आफ्नो निकै सद्भाव भएकाले चाँडै नै नेपालको भ्रमणमा जान आफू इच्छुक भएको पनि बताएका छन् । भारतमा भ्रष्टाचारविरुद्धको अभियानको नेतृत्वकर्ताका रुपमा चिनिएकाले केजरीवाललाई स्वागत गर्न नेपालीहरू आतुर रहेको राजदूत उपाध्यायले बताएका थिए । राजदूत उपाध्यायले यसअघि हिजो गृहमन्त्री राजनाथ सिंहलाई भेटेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending