Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

मेगा बैंक नवौँ वर्षमा, ५७ अर्ब कर्जा प्रवाह

काठमाडौं । ‘हलोदेखि हाइड्रोसम्म’ नाराका साथ नौ वर्षअघि स्थापना भएको मेगा बैंकले साना मझौला व्यवसाय (एसएमई) र लघुवित्तलाई प्राथमिकतामा राख्दै आएको छ । गत आर्थिक वर्षमा निक्षेप संकलन रु ११ अर्ब ८२ करोड बढेर रु ६३ अर्ब पुगेको छ । यसैगरी कर्जा प्रवाह पनि करीब रु ११ अर्ब बढेर रु ५७ अर्ब २६ करोड पुगेको छ । ग्राहक संख्या पाँच लाख छ । त्यसैगरी कर्जाको औसत आकार रु २९ लाख ५५ हजार र निक्षेप रु एक लाख २२ हजार छ । स्थापनाको नवौंँ वर्षमा आइपुग्दा बैंकले १०१ शाखा विस्तार गरेको छ । देशभर १४ एक्टेनशन काउन्टर, ११९ शाखारहित बैंकिङ सेवा, दुई हजारभन्दा बढी मेगा रेमिट सञ्जाल र ७४ एटिएम छन् । नवौँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाहले संघीय संरचनाअनुसार हरेक प्रदेशमा ‘प्रदेश हेडक्वार्टर’ स्थापना गरी मेगा बैंकको सञ्जाललाई व्यापक बनाइने बताए । “हामी छोटो समयमा नै मुलुकको ठूलो बैंक बन्न सफल भएका छौँं, अब संघीयताको कार्यान्वयनसँगै नयाँ नयाँ आर्थिक सम्भावना र चुनौती हाम्रो माझमा देखिएका छन्,” उनले भने । अध्यक्ष शाहले भने“विज्ञहरुसँगको परामर्शमा हामीले पाँचवर्षीय रणनीतिक योजना बनाएर कार्यान्वयनमा ल्याइसकेका छौँ । आर्थिक सम्भावनाका नयाँ क्षेत्र पहिल्याउँदै कृषि, पर्यटन र जलविद्युत्को क्षेत्रमा बैंकको मुख्य व्यवसायलाई केन्द्रित गर्छौँ ।” बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले छोटो समयमै मेगा, बैंक क्षेत्रमा उत्कृष्ट ब्राण्डका रुपमा स्थापित भएको बताए । “हामीले बितेको आठ वर्षमा मेगा बैंकलाई एउटा सफल वित्तीय संस्थाका रुपमा स्थापित ग¥यौँ । टुरिज्मसँगको मर्जरपछि झन् मेगा बैंक चुक्ता पूँजीका आधारमा नेपालकै दोस्रो ठूलो बन्न सफल भएको छ । ग्राहकको विश्वास जित्दै हामी निरन्तर अघि बढिरहन्छौँ,” उनले भने ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE