Khabar Dabali २ जेष्ठ २०८३ शनिबार | 16th May, 2026 Sat
Investment bank

सरकारले तथ्यांक नदिंदा धेरै घर भत्किए

काठमाडौं, सरकारले विगतमा साना भूकम्प जाँदा जमिन कसरी हल्लियो भन्ने तथ्यांक (ग्राउन्ड मोसन) सार्वजनिक नगरेकाले घर बनाउनै नहुने ठाउँमा समेत घर बनाउने अनुमति दिइएको खुलेको छ। आजको अन्नपूर्ण पोष्द दैनिकमा खबर छ घर बनाउन नहुने ठाउँमा समेत घर बनेकाले अहिलेको भूकम्पबाट ठूलो क्षति बेहोर्नुपरेको विज्ञहरूले नै बताएका छन्। सरकारले ग्राउन्ड मोसनसम्बन्धी तथ्यांक थाहा नदिएकाले नै घर बनाउन हुने/नहुने र कस्तो जमिनमा कस्ता घर वा संरचना बनाउन सकिने भन्नेबारे भूगर्भविद्हरू अनभिज्ञ देखिएका छन्। भूगर्भशास्त्री एवं त्रिभुवन विश्वविद्यालयका प्रा.डा. मेघराज धितालले ग्राउन्ड मोसन डाटा बिना गरिएको माटो परीक्षणको केही अर्थ नहुने बताए। ‘यो डाटा हेरेरमात्र संरचना बनाउन सकिन्छ’ त्रिविमा भूगर्भशास्त्र केन्द्रीय विभागका प्रमुखसमेत रहिसकेका धितालले भने। सरकारले यस्ता तथ्यांक गोप्य राखेकै कारण कुन स्थानमा कस्तो असर पर्छ भन्ने थाहै नपाई घर, सडक र अन्य संरचना बनाउने मुख्य आधारबिनै संरचनाहरू बनिरहेको धितालले बताए। ‘यो तथ्यांकका आधारमा उच्च जोखिमयुक्त स्थानको पहिले नै पहिचान हुन्थ्यो र त्यस्ता ठाउँहरूमा घर बनाउन रोक लगाउन वा सुरक्षित प्रविधि अपनाउन सकिन्थ्यो’ धितालले बिहीबार भने, ‘अन्दाजको भरमा जथाभाबी बनेका घर वैशाख १२ गते र त्यसपछि आएका भूकम्पले भत्किए ।’ भूप्राविधिक इन्जिनियरहरूले पनि ग्राउन्ड मोसन डाटाबिना नै माटो परीक्षण मात्र गरेर संरचना निर्माणका लागि सिफारिस गरिरहेको पुष्टि भएको छ। भूप्राविधिक इन्जिनियर रञ्जन दाहालले भारतले बनाएको ‘भूकम्पीय जोखिम नक्सा’को आधारमा भवनहरूको डिजाइन भइरहेको बताए। ‘जमिन कति हल्लाउँछ भन्ने पारामिटर भारतीयहरूले बनाएको आधारमा नेपालमा डिजाइन हुने गरेको छ’दाहालले भने, ‘आफ्नो जमिन कस्तो छ भन्ने आफैंले अध्ययन गरेरमात्र त्यसका आधारमा भवन डिजाइन हुनुपर्छ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending