Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

उत्तर कोरियाः रकेट परीक्षणस्थल ‘नष्ट पार्दै’

उत्तर कोरियाले देशको उत्तर-पश्चिममा रहेको एउटा महत्त्वपूर्ण रकेट परीक्षणस्थलको हिस्सा नष्ट पार्ने काम थालेको देखिएको छ ।

अमेरिकास्थित निरीक्षण समूह \'३८ उत्तर\'ले हेरेको सुरहे केन्द्रको भूउपग्रह तस्वीरहरूका अनुसार प्योङयाङले अमेरिकासँग गत जुन महिनामा गरेको वाचा पूरा गरिरहेको जस्तो देखिन्छ । उत्तर कोरियाली नेता किम जङ-अनले एउटा रकेट-इञ्जिन परीक्षण केन्द्र नष्ट पार्ने वाचा गरेको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् । तर कुन केन्द्र नष्ट गरिने भन्ने कुरा ट्रम्पले किटान गरेर भनेनन् । प्योङयाङले सुरहे एउटा भूउग्रह प्रक्षेपण केन्द्र भएको बताउने गरेको छ । तर अमेरिकी अधिकारीहरूले उत्तर कोरियाले त्यहाँबाट बलिस्टिक क्षेप्यास्त्र परीक्षण गर्ने गरेको आशङ्का गर्दै आएका छन् । गत महिना सिंगापुरमा भएको एउटा ऐतिहासिक शिखर बैठकमा राष्ट्रपति ट्रम्प र किमले \'कोरियाली प्रायःद्वीपलाई पूर्ण रुपमा निरस्त्रीकरण पार्ने\' दिशामा काम गर्ने एउटा सहमतिमा हस्ताक्षर गरेका थिए । तर प्योङयाङले कहिले र कसरी आफ्ना पारमाणविक अस्त्रहरू त्याग्ने भन्नेबारे विस्तृत रुपमा उल्लेख नगरिएको भन्दै सो सहमतिको आलोचना भएको थियो । यसअघि सोमवार राष्ट्रपति ट्रम्पले उत्तर कोरियासँगको सम्बन्धमा भइरहेको प्रगतिलाई लिएर आफू \'निकै खुशी\' भएको बताएका थिए । प्योङयाङले गत नौ महिनामा कुनै क्षेप्यास्त्र प्रक्षेपण अथवा पारमाणविक परीक्षण पनि नगरेको उनको भनाइ थियो । उत्तर कोरियाले जम्मा ६ वटा पारमाणविक परीक्षण गरेको छ । त्यसमध्ये सबैभन्दा पछिल्लो पटक गत वर्षको सेप्टेम्बरमा परीक्षण गरिएको बताइन्छ । यसअघि गत मेमा प्योङयाङले आफ्नो एकमात्र पारमाणविक परीक्षणस्थलमा रहेका सुरुङहरू विस्फोट गरी नष्ट पारेका विवरण सार्वजनिक भएका थिए । उत्तर कोरियाले यसै वर्षको शुरुमा दक्षिण कोरिया र अमेरिकासँगको कूटनीतिक सम्बन्ध सुधारका लागि उक्त स्थल नष्ट गर्ने प्रस्ताव गरेको थियो । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy