Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

उत्तर कोरियाः रकेट परीक्षणस्थल ‘नष्ट पार्दै’

उत्तर कोरियाले देशको उत्तर-पश्चिममा रहेको एउटा महत्त्वपूर्ण रकेट परीक्षणस्थलको हिस्सा नष्ट पार्ने काम थालेको देखिएको छ ।

अमेरिकास्थित निरीक्षण समूह \'३८ उत्तर\'ले हेरेको सुरहे केन्द्रको भूउपग्रह तस्वीरहरूका अनुसार प्योङयाङले अमेरिकासँग गत जुन महिनामा गरेको वाचा पूरा गरिरहेको जस्तो देखिन्छ । उत्तर कोरियाली नेता किम जङ-अनले एउटा रकेट-इञ्जिन परीक्षण केन्द्र नष्ट पार्ने वाचा गरेको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् । तर कुन केन्द्र नष्ट गरिने भन्ने कुरा ट्रम्पले किटान गरेर भनेनन् । प्योङयाङले सुरहे एउटा भूउग्रह प्रक्षेपण केन्द्र भएको बताउने गरेको छ । तर अमेरिकी अधिकारीहरूले उत्तर कोरियाले त्यहाँबाट बलिस्टिक क्षेप्यास्त्र परीक्षण गर्ने गरेको आशङ्का गर्दै आएका छन् । गत महिना सिंगापुरमा भएको एउटा ऐतिहासिक शिखर बैठकमा राष्ट्रपति ट्रम्प र किमले \'कोरियाली प्रायःद्वीपलाई पूर्ण रुपमा निरस्त्रीकरण पार्ने\' दिशामा काम गर्ने एउटा सहमतिमा हस्ताक्षर गरेका थिए । तर प्योङयाङले कहिले र कसरी आफ्ना पारमाणविक अस्त्रहरू त्याग्ने भन्नेबारे विस्तृत रुपमा उल्लेख नगरिएको भन्दै सो सहमतिको आलोचना भएको थियो । यसअघि सोमवार राष्ट्रपति ट्रम्पले उत्तर कोरियासँगको सम्बन्धमा भइरहेको प्रगतिलाई लिएर आफू \'निकै खुशी\' भएको बताएका थिए । प्योङयाङले गत नौ महिनामा कुनै क्षेप्यास्त्र प्रक्षेपण अथवा पारमाणविक परीक्षण पनि नगरेको उनको भनाइ थियो । उत्तर कोरियाले जम्मा ६ वटा पारमाणविक परीक्षण गरेको छ । त्यसमध्ये सबैभन्दा पछिल्लो पटक गत वर्षको सेप्टेम्बरमा परीक्षण गरिएको बताइन्छ । यसअघि गत मेमा प्योङयाङले आफ्नो एकमात्र पारमाणविक परीक्षणस्थलमा रहेका सुरुङहरू विस्फोट गरी नष्ट पारेका विवरण सार्वजनिक भएका थिए । उत्तर कोरियाले यसै वर्षको शुरुमा दक्षिण कोरिया र अमेरिकासँगको कूटनीतिक सम्बन्ध सुधारका लागि उक्त स्थल नष्ट गर्ने प्रस्ताव गरेको थियो । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending