अत्तरिया (कैलाली), छिमेकी मुलुक भारतको मध्य प्रदेश, राजस्थान र नयाँ दिल्लीमा स्वाइनफ्लु देखा परेपछि कैलालीका सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
सुदूरपश्चिमबाट अहिले रोजगारीका लागि भारत नजान र व्यापारीलाई पनि मालसामान झिकाउन भारत नजान यहाँका अधिकारीहरुले आह्वान गरेका छन् ।
स्वाइनफ्लुजस्तो रोगको सङ्क्रमण नेपालमा भित्रिन नदिन उच्च सतर्कता अपनाउनुपर्ने जिल्ला पशु सेवा कार्यालय कैलालीका प्रमुख डा विनय कर्णले बताए ।
उनका अनुसार नेपालबाट भारतमा सञ्चालित बङ्गुरका फार्महरु हेर्न जाने किसानले सावधानी अपनाउनुपर्ने देखिएको छ ।
भारतबाट मासुजन्य पदार्थ नल्याउन र बङ्गुरलाई कडाखालको ज्वरो आएमा तत्काल सम्बन्धित निकायमा खबर गर्न बङ्गुरपालक किसानलाई उनले अाग्रह गरेका छन् ।
रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, जीउ दुख्ने स्वाइनफ्लुका लक्षण हुन् । जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका प्रमुख राजेन्द्र क्षेत्रीले स्वाइनफ्लु भित्रिन नदिन उच्च सतर्कता अपनाइने बताए । उनले भने, “तत्काल आत्तिनुपर्ने अवस्था छैन तर सावधानी अपनाउन जरुरी छ ।”
भारतको मध्यप्रदेश र राजस्थानमा ६६८ जना र नयाँ दिल्लीमा ५१ जनाको स्वाइनफ्लुका कारण मृत्यु भइसकेको जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: