Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

प्योङयाङद्वारा अमेरिकी सैनिकका शवका अवशेष फिर्ता

[caption id=\"attachment_198024\" align=\"alignleft\" width=\"850\"]\"\" कोरियाली युद्धमा ५,३०० अमेरिकी सैनिकहरू मारिएको अमेरिकी अधिकारीहरूको भनाइ छ [/caption]

उत्तर कोरियाले सन् १९५०को दशकको कोरियाली युद्धताका ज्यान गुमाएका अमेरिकी सैनिकहरूका शवका अवशेषहरू फिर्ता पठाउने प्रक्रिया प्रारम्भ गरेको ह्वाइट् हाउसले जनाएको छ।

उत्तर कोरियाले सन् १९५० देखि चर्किएको कोरियाली युद्धका बेला मारिएका अमेरिकी सैनिकका शवका अंश ठानिएका अवशेषहरू अमेरिका फिर्ता पठाएको छ। वासिङ्टन र प्योङयाङबीच कूटनीतिक प्रयासहरू सावधानीपूर्वक अघि बढिरहेका बेला उत्तर कोरियाले पछिल्लो कदम चालेको हो। एक अमेरिकी विमानले उत्तर कोरियाको वोन्सान विमानस्थलबाट ती शवका अवशेषहरू दक्षिण कोरियास्थित अमेरिकी सैन्य अखडा पुर्‍याएका विवरण सार्वजनिक भएका छन्। ती शवका अवशेषहरूलाई दशकौँदेखि आफ्ना आफन्तको पार्थिव शरीरको प्रतीक्षा गरिरहेका आफन्तहरूले स्वागत गर्ने छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेताबीच जुन महिनामा भएको शिखर बैठकका बेला कोरियाली युद्धमा मारिएका अमेरिकी सैनिकहरूका शवका अवशेषहरू फिर्ता पठाउनेलगायतका द्विपक्षीय सहमति भएका थिए । सन् १९५० देखि १९५३ सम्म चर्किएको कोरियाली युद्ध सकिएको ६५ वर्षगाँठको बेला उत्तर कोरियाले पछिल्लो कदम चालेको हो । त्यो युद्धका बेला अमेरिकाले आफ्ना ५,३०० सैनिकहरू गुमाएको थियो। ती मध्ये हजारौँको अवस्था अज्ञात छ । अहिले ठ्याक्कै कतिजना सैनिकहरूका शवका अवशेषहरू उत्तर कोरियाबाट फिर्ता पठाइएको छ त्यो प्रष्ट भइसकेको छैन । उत्तर कोरियाबाट प्राप्त अवशेषहरूको परीक्षणपछि मात्र ती अमेरिकी भूमिमा फिर्ता पठाइने भनिएको छ । ह्वाइट हाउसले \"अमेरिकी सरकार उत्तर कोरियाको काम र सकारात्मक परिवर्तनको क्रमबाट उत्साहित भएको\" प्रतिक्रिया दिएको छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy