Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

हनुमन्ते सफाइ अभियान आज २२ औं हप्तामा, १० टन फोहर संकलन

भक्तपुर। हनुमन्ते नदी सफाइ अभियानको आज २२ औं हप्ता अरनिको राजमार्ग खण्ड अन्तर्गत चारदोबाटो चोकदेखि गठ्ठाघरसम्मको सरसफाइ गर्दा १० टन फोहोर संकलन गरिएको छ । सूर्यविनायक नगरपालिका र प्रतिनिधिसभा सदस्य महेश बस्नेतको अगुवाईमा भएको हनुमन्ते सफाइ अभियानकै अभियन्ता टोलीले आज यस क्षेत्रमा जथाभावी फालिएको १० टन फोहर संकलन गरिएको सफाइ अभियन्ता अर्जुन श्रेष्ठले जानकारी दिए । नेपाल चलचित्र कलाकार संघकी वरिष्ठ उपाध्यक्ष एवं अभिनेत्री लक्ष्मी गिरीको आतिथ्यमा भएको सफाइ अभियानमा चार सयभन्दा बढीको सहभागिता थियो । अभियानमा प्रतिनिधिसभा सदस्य बस्नेत, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत, विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, विद्यार्थी, संघसंस्थाका प्रतिनिधि र सुरक्षाकर्मीहरु सफाइ अभियानमा सहभागि थिए । प्रतिनिधिसभा सदस्य बस्नेतले खोला मिच्ने प्रबृत्तिले हनुमन्तेमा बाढी आएको बताउँदै विगतमा पदको दुरुपयोग गरेर हनुमन्ते खोलाको जग्गालाई व्यक्तिको नाममा गरिएकाको जग्गा फिर्ता गराइने बताए । उनले हनुमन्ते करिडोर निर्माणको लागि सरकारले रु ८१ करोड बजेट बिनियोजन गरेर काम शुरु गरेको बताउँदै करिडोर निर्माणपछि डुबानमा नपर्ने विश्वास व्यक्त गरे । फोहोर संकलनको क्रममा गठ्ठाघरमा भएको नागरिक अस्पतालले आफ्नो फोहर लुकाएर सडकको किनारामा फाल्ने गरेको भेटिएको छ । अस्पतालमा प्रयोग भएका सिरिञ्ज, अन्य सामानसमेत फालिएको पाइएपछि अस्पतालले लापर्वाही गरेको भन्दै अभियन्ताले आक्रोश व्यक्त गरेका थिए । एक पटकलाई सचेत गराइएको र फेरि अस्पतालको फोहर सडकपेटीमा फालिए कडा कारबाहीको माग गरिने अभियन्ताले बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending