Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

पाकिस्तान निर्वाचन: नयाँ शक्तिको रुपमा इमरानकाे उदय

काठमाडौँ। पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ र उनको राजनीतिक दल पाकिस्तान मुस्लिम लिग (नवाज)ले पाकिस्तानका पिता मोहम्मद अलि जिन्नाको अनुयायी हौँ भन्छन् । जिन्ना पाकिस्तानका संस्थापक छन् । सन् १९४७ अगष्ट १४ मा भारतबाट छुट्टिएर एक अलग मुस्लिम राष्ट्रका रुपमा पाकिस्तान स्थापना हुँदा उनकै नेतृत्वमा पाकिस्तान बनेको हो । तर उनको निधन भएकोले छोटो समयमात्र पाकिस्तानको नेतृत्व गर्न पाए । भारतमा बृटिश विरोधी आन्दोलन र अलग्गै स्वतन्त्र मुस्लिम राज्यको माग राखेर गरेको आन्दोलनकै समयमा उनले स्थापना गरेको संगठन हो मुस्लिम लिग । यसैमार्फत त्यस समयको भारतका मुस्लिम समुदायका नागरिकले बेलायती उपनिवेशबाट स्वतन्त्र भई अलग्गै मुस्लिम राज्यको माग गरेका थिए । सन् १९४७ को अगष्ट १४ का दिन उक्त आन्दोलन सफल भयो र पाकिस्तान अलग्गै राज्य पनि बन्यो । पछि यस संगठनलाई राजनीतिक दलका रुपमा स्थापना गरिएको थियो । त्यसयताको संगठनमा नवाज शरिफसम्म आइपुग्दा त्यही लिगको विरासतका रुपमा यो लिग रहेको बताइन्छ । यसले पाकिस्तानमा प्रजातान्त्रिक धारको नेतृत्व गरेको र पाकिस्तानका संस्थापक जिन्नाको अनुयायीका रुपमा रहेको दाबी गर्ने गर्दछ । तर त्यस्तो लोकप्रियता भने पछिल्लो समयमा ह्रास आइरहेको छ । बुधवारको पछिल्लो आमनिर्वाचनले पनि यो देखाएको छ । पछिल्लो निर्वाचनमा यो दलले ६३ स्थानमा मात्र जित हासिल गरेको छ । पाकिस्तान पिपुल्स पार्टी, पिपीपी अर्को त्यस्तै इतिहास बोकेको राजनीतिक दल हो । एकजना वरिष्ठ राजनीतिज्ञ जुल्फिकर अलि भुट्टोले सन् १९६० को दशकमा सो पार्टी स्थापना गर्नुभएको थियो । पछि उनले पाकिस्तानको प्रधानमन्त्रीको रुपमा पनि काम गरे । उनको हत्या भएपछि उहाँकी छोरी एवम् पाकिस्तानका पहिलो महिला प्रधानमन्त्री बेनिजर भुट्टोले नेतृत्व गरे । पिपीपी पाकिस्तानको इतिहास बोकेको चर्चित राजनीतिक दल हो । अहिलेको निर्वाचनमा यस दलले ३९ स्थानमा मात्र जित हासिल गरेको छ । यहाँको संसद्को तल्लो सदनका २७२ स्थानका लागि गरिएको निर्वाचनमा यस दलले तेस्रो स्थानमा जित हात पारेको हो । यसलाई उक्त दलका कार्यकर्ताले निर्वाचनमा धाँधलीको संज्ञा दिएका छन् र उनीहरुले अर्को निश्पक्ष र स्वतन्त्र निर्वाचनको माग पनि गरेका छन् । तर यी दुई दलको इतिहास यति गरिमापूर्ण भने यतिखेर छैन । किनभने अहिलेसम्म आइपुग्दा यी दुवै दललाई भ्रष्टाचारको आरोप लागेको छ । निर्वाचनको पूर्वसन्ध्यामा पूर्वप्रधानमन्त्री नवाज शरिफलाई भ्रष्टाचारको अरोपमा १० वर्ष जेल सजायँ सुनाइएको छ । उहाँ हाल जेलमा हुनुहुन्छ । उनीसँगै उहाँकी छोरी पनि सोही आरोपमा जेल पर्नुभएको छ । उनी प्रधानमन्त्री छँदा गरेको भ्रष्टाचारको आरोपमा अदालतले लामो अनुसन्धानपछि उहाँलाई दशवर्षको जेल सजाय सुनाएको हो । त्यस्तै अर्को दल पिपीपी पनि भ्रष्टाचारबाट अछुतो छैन । सन् २००८ को आमनिर्वाचनको प्रचार प्रसारका क्रममा उक्त दलको अध्यक्षसमेत रहेकी बेनिजर भुट्टोको हत्या भयो । तर चुनावमा उहाँको दलले बहुमत ल्यायो । उहाँका श्रीमान् असिफ अलि जर्दारी राष्ट्रपति बने । उहाँमाथि पनि भ्रष्टाचारको आरोप लाग्यो । अदालतले तत्कालीन प्रधानमन्त्रीलाई राष्ट्रपति माथि कारबाहीको आदेश दियो । तर प्रधानमन्त्रीले यस्तो कारबाही गर्न सक्ने कुरा थिएन । त्यसपछि अदालतले प्रधानमन्त्रीलाई नै कारबाही ग¥यो । पछि उहाँपनि पदमुक्त भए । राष्ट्रपतिबाट निस्किएपछि जर्दारीमाथि भ्रष्टाचारको कारबाही गर्ने भनियो । यसरी इतिहास बोकेका यी दुई दल भ्रटाचारको दलदलमा फसेपछि पाकिस्तानमा नयाँ राजनीतिक शक्तिको विकल्प नागरिकले खोजेका थिए । राजनीतिमा भ्रष्टाचार यहाँ नियमितता जस्तै भएको छ । हुनत शरिफले आफूलाई पाकिस्तानको सेनाले फसाएको बताएका थिए । त्यस्तै जर्दारीको त्यतिबेलाको अभिव्यक्ति पनि त्यस्तै नै थियो । पाकिस्तानमा सेनाको प्रभावलाई कम आँक्न सकिँदैन । त्यसैले यी नेताको आरोपलाई होइन भन्न पनि सकिँदैन । तर अहिलेका लागि भने यहाँको प्रजातान्त्रिक धारका दुई ठूला र पुराना दलको नेतृत्वलाई यहाँका नागरिकले भ्रष्टाचारको आरोपमा फालेका हुन् भन्ने आम विश्लेषकको विचार छ । त्यसो त यो पछिल्लो आमनिर्वाचनमा भ्रष्टाचार एक संयोग र सुनियोजित नै बन्न पुगेको छ । किनभने यस पटकको निर्वाचनमा पहिलो दल बन्न सफल पाकिस्तान तेहरिक एसान, पिटीआइले शरिफका विरुद्धमा भ्रष्टाचारको मुद्दा दर्ता गराएको थियो । त्यसै मुद्दाबाट शरिफ जेल जानुभएको छ भने इमरान खानको दल सबैभन्दा ठूलो भई सत्तारोहणको तयारी गर्दैछ । त्यसैले कतिपयले यसलाई संयोगभन्दा बढी सुनियोजित भनेका छन् । पाकिस्तान वास्तवमा अघिल्ला दशकमा सेना र आतंकवादको छायाँमा पर्ने गरेको थियो । अहिले आएर भने अवस्था फेरिएको छ । अहिले यहाँको राजनीति भ्रष्टाचारका कारणले अर्कोरुपमा देखिएको छ । त्यसका कारण पनि यहाँको राजनीतिमा नयाँ शक्तिको उदय भएको छ । बुधबारको निर्वाचनले यो अवस्था स्पष्टरुपमा नै देखाएको छ । अनि यहाँको शक्तिशाली सेनाले पनि यस्तै वैकल्पिक शक्तिलाई आड दिएको पाइएको छ । सेनाले खुलेरै यो वास्तविकता नबोले पनि इमरान खानको दललाई उसको समर्थन रहेको देखिएको छ । बुधबारको निर्वाचनमा सबैभन्दा ठूलो दलका रुपमा इमरान खानको दल पिटीआइले सबैभन्दा धेरै स्थान ११४ मा जित हासिल गरेको छ । मुस्लिम लिगले ६३ र अर्को पिपीपीले जम्मा ३९ स्थानमा विजय हासिल गरेको छ । यसरी हेर्दा पाकिस्तानी नागरिकले पनि भ्रष्टाचारको दलदलबाट माथि उठेर यहाँ एक नयाँ र वैकल्पिक शक्तिलाई रोजेका छन् । यस निर्वाचनले स्थापित गर्न खोजेको इमरान खानको दलले यहाँका परम्परागत र पुरानो विरासत भएका दललाई विस्थापित गरेको देखिन्छ र एक सशक्त वैकल्पिक शक्तिको नेतृत्व पनि गरेको देखिन्छ । हुनत यस निर्वाचनमा धाँधली भएको विपक्षी दलले बताएका छन् । मुस्लिम लिग र पिपीपीले सेनाले निर्वाचनमा धाँधली गरेको भन्दै अर्को निर्वाचनको माग गरेका छन् । तर आफैँले सरकार गठन गर्नसक्ने सुविधाजनक बहुमत नपाए पनि पाकिस्तानमा क्रिकेटका पूर्व कप्तान खानले भने अर्को दलसँग मिलेर सरकार बनाउने तयारी गरेका छन् । सरकार बनाउन आवश्यक १३७ स्थान चाहिनेमा थप सासद उहाँले अर्को कुनै दलबाट प्राप्त गर्नेछन् । उनलाई यहाँको प्रधानमन्त्रीका रुपमा चर्चा शुरु गरिएको छ । चुनाव जितेमा भ्रष्टाचारको अन्त्यगर्ने, आतंकवादको अन्त्य गर्ने र भारतसँगको सम्बन्ध विस्तार गर्ने एजेण्डा छन् उनका । त्यसैले यी एजेण्डाको कार्यान्वयनमा उनले कसरी सफलता प्राप्त गर्नुहुनेछ भन्ने बारेमा यतिखेर पाकिस्तानमा चर्चा पनि शुरु भएका छन् । पाकिस्तानमा भएका यी चर्चाले उनलाई क्रिकेटको एक कप्तान कसरी सत्ताकै बागडोर सम्हाल्ने कप्तानका रुपमा काम गर्न सक्छ भनेर पनि विश्लेषण गरिएको छ । तर यी काम गर्नसक्ने गरी नै इमरानको उदय भएको चर्चा अहिले पाकिस्तानमा गरिँदैछ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy