Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

सेलिब्रिटी–प्रधानमन्त्रीबीच राहत र पुनर्स्थापनाबारे छलफल

काठमाडौं, प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुसँग भूकम्पपीडितहरुलाई दिइने राहत, पुनर्स्थापना र पुनर्निर्माणका विषयमा छलफल गरेका छन् । छलफलमा कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेश हमाल, म्यागासेसे पुरस्कार विजेता महावीर पुन, नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का, प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार बाबुराम आचार्य, सामाजिक विकास सल्लाहकार डा. विजन पन्त, जनसम्पर्क सल्लाहकार मृदुला कोइराला, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव वसन्त गौतम र नेपाल सरकारका मुख्यसचिव लीलामणि पौडेललगायत उपस्थित थिए । प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको कार्यक्रममा भूकम्पपीडितहरुका लागि राहत संकलनलाई प्रभावकारी बनाउने, संकलित राहत रकम र सामग्री भूकम्पपीडितसमक्ष पुर्याउने, भूकम्प प्रभावित क्षेत्रमा पुनर्स्थापना र पुनर्निर्माण कार्य सञ्चालन गर्न स्थापित पुनर्स्थापना तथा पुनर्निर्माण कोषलाई प्रभावकारी बनाउने सम्बन्धमा  छलफल भएको थियो । भेटमा सामाजिक क्षेत्रका अगुवा सेलिब्रिटीहरुले गाउँ तहसम्म कुनै पनि गैरसरकारी निकायको संस्थागत संरचना नभएकाले राहत संकलन र वितरणमा सरकारी संयन्त्र नै प्रभावकारी हुने बताए । उनीहरुले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा को–को रहन्छन् र कसरी खर्च हुन्छ भन्ने जानकारी नभएकाले केहीले संशय प्रकट गर्ने गरेको पनि बताए । यो संशय निवारण गर्न यसको सञ्चालक समितिमा निजी क्षेत्र र सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरु पनि समावेश गर्नु उचित हुने धारणा उनीहरुले प्रकट गरे । छलफलका क्रममा प्रधानमन्त्री कोइरालाले नेपाल सधैं संघर्ष, तदर्थवाद र संक्रमणबाट गुज्रिनु परेकाले हरक्षेत्रमा संस्थागत विकास हुन नपाएको उल्लेख गरे । उनले ८२ वर्षमा आएको यस्तो विपद्को सामना गर्न हामीसँग स्रोत, साधन, दक्ष जनशक्ति नभए पनि छरछिमेकको सहयोगले खोजी र उद्धारकार्य छिटो गर्न सकिएको बताए । प्रधामन्त्री कोइरालाले स्रोत–साधन र पर्याप्त दक्ष जनशक्तिको अभावमा पनि नेपालमा भएको खोजी, उद्धार र राहत कार्यको विकसित मुलुकका प्रतिनिधिहरुले समेत प्रशंसा गरेको बताए । छलफलका क्रममा प्रधानमन्त्री कोइरालाले विपत्तिबाट भएको विनासको त्रासदीबाट आम नागरिकलाई सामान्य अवस्थामा ल्याउन, पुनर्स्थापना र पुनर्निर्माणकार्यलाई व्यवस्थित ढंगले छिटो सम्पन्न गर्न तथा नेपालको उज्वल भविष्यप्रति आशा जगाउन सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने बताए । छलफलमा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले खोजी, उद्धार र राहतको चरण पार हुन लागेकाले अब हुने पुनर्स्थापना तथा पुनर्निर्माणको कार्यलाई  सफल बनाउन राष्ट्रिय पुनर्निर्माण कोषलाई मजबुत र प्रभावकारी बनाउन ध्यान दिनुपर्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending