Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

वैदेशिक रोजगारीमा जानेकाे संख्या घट्याे भूकम्पपछि

काठमाडौँ, वैशाख १२, १३ र २९ गतेको विनाशकारी भूकम्प र पराकम्पनका कारण वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या घटेको छ ।

गत चैतमा ५२ हजार २१० जना वैदेशिक रोजगारीमा गएकामा वैशाखमा सो सङ्ख्या करिब २० हजारले घटेको छ । वैशाखमा ३० हजार ५० पुरुष र एक हजार ३२५ महिला गरी ३१ हजार ३७५ जनामात्रै वैदेशिक रोजगारीमा गएको तथ्याङ्क छ । सबैभन्दा बढी मलेसियामा आठ हजार ८४७, कतारमा आठ हजार १३०, साउदी अरबमा सात हजार ४१२, दुबइमा तीन हजार ७९२ र दक्षिण कोरियामा एक हजार १९५ जना रोजगारीमा गएका छन् । गत वैशाख ११ गतेसम्म उल्लेख्यमात्रामा रोजगारीमा जान श्रम स्वीकृति लिनेहरुको भीड वैदेशिक रोजगार विभागमा लाग्ने गरे पनि त्यसपछिका दिनमा सो सङ्ख्या घटेको विभागका निर्देशक बद्रीकुमार कार्की बताउँछन् । घरायसी कारण र हवाइजहाज स्थगित हुँदा निश्चित भइसकेको यात्रासमेत स्थगित गरेको वैदेशिक रोजगार व्यवसायी सङ्घका महासचिव कमल तामाङले बतारए । विदेशबाट नेपाली कामदारको ठूलो माग आए पनि भूकम्पपछि पर्याप्तमात्रामा वैदेशिक रोजगारीमा जानेहरु म्यानपावरको सम्पर्कमा नआउँदा समस्या भइरहेको छ । भूकम्पपछि पुनःनिर्माणको क्रममा देशमै पर्याप्तमात्रामा युवाको आवश्यकता पर्ने र उनीहरुले स्वदेशमै रोजगारी पाउने सम्भावना बढेकाले पनि वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घट्दै जाने अनुमान गरिएको छ । चालु आवको साउनमा ४२ हजार ३०९, भदौमा ५१ हजार ५५१, असोजमा ३५ हजार ५५०, कात्तिकमा ४३ हजार २१३, मङ्सिरमा ५३ हजार ३५४, पुसमा ४५ हजार ३६२, माघमा ४८ हजार ९४१ र फागुनमा ४४ हजार ४६० जना वैदेशिक रोजगारीमा गएका छन् । यो आवको १० महिनामा हालसम्म चार लाख ४८ हजार ३२५ जना वैदेशिक रोजगारीमा गइसकेका छन् । जबकि गत आर्थिक वर्षको सोही अवधिमा चार लाख ११ हजार ५८९ जना रोजगारीमा गएका थिए । पछिल्लो समय भूकम्पपछि वैदेशिक रोजगारीमा गएकाहरु नेपाल फर्किने क्रम बढेको छ । परिवार गुमाएका र घर भत्किएका अहिले ठूलो सङ्ख्यामा घर फर्किएका छन् । वैदेशिक रोजगारीमा रहेका व्यक्तिको परिवार भूकम्पका कारण मृत्यु भएमा उसलाई स्वदेश फर्किन र फेरि वैदेशिक रोजगारीमा जान लाग्ने टिकट निःशुल्क गर्ने निर्णय गत वैशाख २४ गतेको मन्त्रिपरिषद्को बैठकले गरेको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेका अनुसार कामदारको पति, पत्नी, छोराछोरी, आमाबुबा, तथा महिलाको हकमा सासूससुरासम्मको मृत्यु भएका अवस्थामा वैदेशिक रोजगारीमा गएका व्यक्ति नेपाल फर्किन चाहेमा जेठ महिनाभरका लागि निःशुल्क टिकटको व्यवस्था गरिएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy