Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

७० गाविसमा राहत शून्य

काठमाडौं, भूकम्पले ध्वस्त पारेका नौ जिल्लाका ७० गाविसमा एक महिनासम्म पनि सरकारी र गैरसरकारी कुनै पनि निकायबाट राहत सामग्री नपुगेको भेटिएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–भूकम्पले बढी प्रभावित सिन्धुपाल्चोक, दोलखा, गोरखा, रसुवा, काभ्रे, धादिङ, नुवाकोट र लमजुङका विकट गाविसमा एक महिना पुग्न लाग्दासमेत राहतका नाममा कुनै पनि खाद्यान्न तथा अन्य सामग्री नुपगेको सभासद्, कर्मचारी र प्रधानमन्त्रीका सचिवालयका कर्मचारीहरूको संयुक्त स्थलगत अध्ययनले देखाएको छ। \'सरकारी र गैरसरकारी संस्थाबाट वितरण गरिएका राहत सबै सुगम क्षेत्र केन्द्रित छन्,\' स्थलगत भ्रमणबाट फर्किएका सभासद् अमरसिंह पुनले भने, ‘जुन क्षेत्रमा भूकम्पले बढी ध्वस्त गरेको छ, सवारीसाधन पुग्न सकेका छैनन्, त्यस्ता नौ जिल्लाका ७० भन्दा बढी गाविसमा राहतका नाममा एक गेडो चामल पनि पुगेको छैन।’ टोलीले वैशाख १२ देखि तीन साताभन्दा बढी समय लगाएर गरेको स्थलगत अध्ययनले सिन्धुपाल्चोकको गुम्बा, गोल्चे, पाङताङ, बराम्ची, सेलाङ, हगाम, बतासे, बरुवा, भोताङ, लिस्ती र फुलपिङमा राहत समाग्री नपुगेको ठहर गरेको छ। भूकम्पबाट बढी प्रभावित सिन्धुपाल्चोकका यी ११ वटै गाविस उत्तरी र विकट छन् । अधिकांश राहत सामाग्री सडक पुगेको र सुगम गाउँमा लैजाने प्रवृत्तिले गर्दा बढी प्रभावित यी क्षेत्रमा राहत नपुगेको हो। ‘कुनै ठाउँमा एउटै घरमा १० बोरासम्म चामल पुगेको छु, सभासद् पुनले भने, ुतर यी गाविसमा जनता खान नपाउने र पानी पर्दा सुत्न नपाउने अवस्थामा छन्।’ वैशाख २९ गतेको कम्पबाट बढी प्रभावित दोलखाका विकट ११ गाविसमा अझै राहत पुग्न सकेको छैन। गौरीशंकर, लामाबगर, खोपा, चाँगु, दिगु, तिरङ्खा, आराङ, आलम्पु, भ्याकु र सुरी गाविसमा आवश्यकताअनुसार राहत पुग्न नसकेको उक्त टोलीको स्थलगत अध्ययनले देखाएको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending