Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

कैदीको दर्दनाक पत्र प्रधानमन्त्रीलाई– हामी काल कुर्दैछौं

काठमाडौं, डिल्लीबजार कारागारका ६ सय ४८ कैदी तथा बन्दीहरूले एक साथ सही गरेर प्रधानमन्त्रीलाई पत्र लेखे– ‘जीर्ण भवनमा हामीले काल पर्खिरहेका छौं।’ उक्त कारागार २ सय वर्षअघि बनेको हो। गएको भूकम्पले सो भवन बस्नै नहुने गरी सबै ठाउँमा चिरा चिरा परेको छ। तैपनि ती कैदी तथा बन्दीहरू जाने ठाउँ नभएर सोही भवनमा बस्न बाध्य छन्। शुक्रबार सो कारागार निरीक्षण गर्न नेपाल बार एसोसिएसनको प्रतिनिधि भई जानुभएका कानुन व्यवसायी शेरबहादुर केसीले अब पाँचभन्दा बढीको भूकम्प आयो भने ती कैदी तथा बन्दी एकै चिहान हुन सक्ने बताए । निरीक्षणमा ग्एका अर्का कानुन व्यवसायी बाबुराम दाहालले भवनको अवस्था देखेर उक्त भवनको भित्र धेरै बेर बस्न हुँदैन भनेर आफ्ना सहकर्मीलाई छिटो निस्कन आग्रह गरिरहेका थिए । यस्तो अवस्थामा सो कारागारभित्र हाल ६ सय ४८ कैदी बन्दी बस्न बाध्य भएका छन्। १ सय ५० क्षमताका सो भवनमा ६ सय ४८ जना जस्तोसुकै गाह्रो चिरिए पनि र सिलिङ लड्ला जस्तो भए पनि त्यहाँ नै बस्न बाध्य भएका छन्। बारका प्रतिनिधि भएर निरीक्षणका लागि जानुभएका कानुन व्यवसायी शशी बस्नेतले यस्तो अवस्थामा पनि सरकारमा मानव अधिकारको कत्ति पनि भावना नजागेको आफूले पाएको उल्लेख गरे । अर्का कानुन व्यवसायी सानु डंगोलले अन्य कारागारको तुलनामा डिल्लीबजारको कारागार बस्नै नहुने रहेको प्रतिक्रिया दिँदै सबै कैदी तथा बन्दीलाई चाँडोभन्दा चाँडो अन्यत्र नसारिए ठूलो दुर्घटना हुने सक्ने चेतावनी दिए । सो भवनको कुनै पनि कोठा नचिरिएको देखिँदैन। यस्तो अवस्थामा कोही खाटमा खादिएर बस्न बाध्य छन्। खाटमा नअटाएर खाटमुनि पनि ओछ्यान लगाएर उल्लेख्य संख्यामा कैदीबन्दी सुतिरहेका छन्। कैदी पीताम्बरप्रसाद पोखरेलले भने, ‘‘कुन बेला सुत्दा सुत्दै घर लडेर मरिने हो भन्ने थाहा छैन। कि त अन्तै सारियोस् कि त हामीलाई भूकम्पले बिगारेका संरचनालाई पुनर्निर्माण गर्ने अवसर दिइयोस्।’ अहिले आफूहरू हरेराम हरेकृष्ण जपेर बसिरहेका हुने पोखरेलले बताए । कैदी तथा बन्दीहरूले प्रधानमन्त्री सुशील कोइरालालाई लेखेको पत्रमा जीर्ण भवनमा मृत्यु कुर्ने अवस्थाबाट मुक्त गर्न माग गरेका छन्। यदि त्यसो नगरिए अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ–संस्थालाई गुहार मागिने चेतावनी पत्रमा दिइएको छ। सो पत्रको बेहोरा संविधानसभाका अध्यक्ष, प्रमुख दलका नेतालगायत विभिन्न संस्थालाई बुझाइएको छ। कारागार कार्यालय, डिल्लीबजारका जेलर खड्कराज शर्माले आफ्नो कार्यालय अब अति नै जोखिम रहेको स्विकारे । यदि कैदी तथा बन्दीहरूको बारेमा नसोचिए कुनै पनि दुर्घटना हुन सक्ने उनले बताए । आफ्नो कोठामा बसी कार्य गर्न नसक्ने पनि उनले बताए । आजको नेपाल समाचारपत्रमा खबर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending