Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

८ हजार ६ सय ५० को ज्यान लिँदै २२ हजार ४० घाइते पार्याे भूकम्पले

काठमाडौँ, वैशाख १२ गते ७.६, १३ गते ६.९ र २९ गते ६.८ लोकल म्याग्निच्युड अर्थात् स्थानीय मानमा आएको विनाशकारी भूकम्प र वैशाख १२ देखि हालसम्म निरन्तर आएका पराकम्पनका कारण शनिबार बिहान १० बजेसम्म ८ हजार ६ सय ५० जनाको निधन भएको छ भने २२ हजार ४० घाइते भएका छन् ।

भूकम्पकाे केन्द्रविन्दु गोरखाको बारपाक तथा दुई पराकम्पनकाे केन्द्रविन्दु सिन्धुपाल्चोक र दोलखाको सीमा क्षेत्र थिए । ‘गोरखा भूकम्प’बाट ज्यान गुमाउनेमध्ये काठमाडौँ उपत्यकामा १ हजार ७ सय ३०, पूर्व क्षेत्रमा ५८, मध्य क्षेत्रमा ६ हजार ४ सय ८, पश्चिम क्षेत्रमा ४ सय ५२ र मध्यपश्चिम क्षेत्रमा दुई जना छन् ।

त्यसैगरी घाइते हुनेमा उपत्यकामा १२ हजार ९ सय ८३, पूर्व क्षेत्रमा ४ सय ५४, मध्य क्षेत्रमा ७ हजार २ सय ३३, पश्चिम क्षेत्रमा १ हजार ३ सय ३२, मध्यपश्चिम क्षेत्रमा ३६ र सुदूरपश्चिम क्षेत्रमा दुई जना छन् ।

मृतक ८ हजार ६ सय १२ जनाको शव आफन्तलाई बुझाइसकिएको छ । घाइतेमध्ये ५ हजार ३ सय ७ जना विभिन्न अस्पतालमा उपचारत रहेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

भूकम्पमा ज्यान गुमाएका कूलमध्ये नेपाल प्रहरीका ६, नेपाली सेनाका ९, सशस्त्र प्रहरीका १, निजामती सेवाका ११ र विदेशी ७९ हुन् । घाइते भएका कूलमध्ये नेपाल प्रहरीका १ सय ८३, नेपाली सेनाका ६ , सशस्त्र प्रहरी बलका ३२ र विदेशी पर्यटक ५० जना छन् । यसैगरी हालसम्म नेपाली २ सय ३० र विदेशी ८९ जना नागरिक भूकम्पका कारण बेपत्ता छन् । भौतिक संरचना क्षति चार लाख बढी

विनाशकारी महाभूकम्पबाट पूर्ण तथा आंशिक गरी उपत्यकामा ६७ हजार १ सय ८८, पूर्व क्षेत्रमा ४५ हजार ९ सय ३०, मध्य क्षेत्रमा २० हजार ८ सय ६२, पश्चिम क्षेत्रमा १ लाख ४५ हजार ४ सय २८, मध्यपश्चिम क्षेत्रमा ३१ हजार ९५ र सुदूरपश्चिम क्षेत्रमा ५० भौतिक संरचना क्षति भएका छन् ।

नेपाल प्रहरीबाट उपत्यकालगायत प्रभावित क्षेत्रमा खाद्यान्न, त्रिपाल, स्वास्थ्यशिविर सञ्चालन र पानी समेतका राहत सामग्री वितरण भइरहेको छ । भग्नावशेष हटाउने, सरसफाइ गर्ने, सुरक्षागस्ती गर्ने, उद्धार तथा खोज समेतमा देशभर नेपाल प्रहरीबाट ४४ हजार ६ सय २९ प्रहरी कर्मचारी परिचालन भएका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending