Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

८ हजार ६ सय ५० को ज्यान लिँदै २२ हजार ४० घाइते पार्याे भूकम्पले

काठमाडौँ, वैशाख १२ गते ७.६, १३ गते ६.९ र २९ गते ६.८ लोकल म्याग्निच्युड अर्थात् स्थानीय मानमा आएको विनाशकारी भूकम्प र वैशाख १२ देखि हालसम्म निरन्तर आएका पराकम्पनका कारण शनिबार बिहान १० बजेसम्म ८ हजार ६ सय ५० जनाको निधन भएको छ भने २२ हजार ४० घाइते भएका छन् ।

भूकम्पकाे केन्द्रविन्दु गोरखाको बारपाक तथा दुई पराकम्पनकाे केन्द्रविन्दु सिन्धुपाल्चोक र दोलखाको सीमा क्षेत्र थिए । ‘गोरखा भूकम्प’बाट ज्यान गुमाउनेमध्ये काठमाडौँ उपत्यकामा १ हजार ७ सय ३०, पूर्व क्षेत्रमा ५८, मध्य क्षेत्रमा ६ हजार ४ सय ८, पश्चिम क्षेत्रमा ४ सय ५२ र मध्यपश्चिम क्षेत्रमा दुई जना छन् ।

त्यसैगरी घाइते हुनेमा उपत्यकामा १२ हजार ९ सय ८३, पूर्व क्षेत्रमा ४ सय ५४, मध्य क्षेत्रमा ७ हजार २ सय ३३, पश्चिम क्षेत्रमा १ हजार ३ सय ३२, मध्यपश्चिम क्षेत्रमा ३६ र सुदूरपश्चिम क्षेत्रमा दुई जना छन् ।

मृतक ८ हजार ६ सय १२ जनाको शव आफन्तलाई बुझाइसकिएको छ । घाइतेमध्ये ५ हजार ३ सय ७ जना विभिन्न अस्पतालमा उपचारत रहेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

भूकम्पमा ज्यान गुमाएका कूलमध्ये नेपाल प्रहरीका ६, नेपाली सेनाका ९, सशस्त्र प्रहरीका १, निजामती सेवाका ११ र विदेशी ७९ हुन् । घाइते भएका कूलमध्ये नेपाल प्रहरीका १ सय ८३, नेपाली सेनाका ६ , सशस्त्र प्रहरी बलका ३२ र विदेशी पर्यटक ५० जना छन् । यसैगरी हालसम्म नेपाली २ सय ३० र विदेशी ८९ जना नागरिक भूकम्पका कारण बेपत्ता छन् । भौतिक संरचना क्षति चार लाख बढी

विनाशकारी महाभूकम्पबाट पूर्ण तथा आंशिक गरी उपत्यकामा ६७ हजार १ सय ८८, पूर्व क्षेत्रमा ४५ हजार ९ सय ३०, मध्य क्षेत्रमा २० हजार ८ सय ६२, पश्चिम क्षेत्रमा १ लाख ४५ हजार ४ सय २८, मध्यपश्चिम क्षेत्रमा ३१ हजार ९५ र सुदूरपश्चिम क्षेत्रमा ५० भौतिक संरचना क्षति भएका छन् ।

नेपाल प्रहरीबाट उपत्यकालगायत प्रभावित क्षेत्रमा खाद्यान्न, त्रिपाल, स्वास्थ्यशिविर सञ्चालन र पानी समेतका राहत सामग्री वितरण भइरहेको छ । भग्नावशेष हटाउने, सरसफाइ गर्ने, सुरक्षागस्ती गर्ने, उद्धार तथा खोज समेतमा देशभर नेपाल प्रहरीबाट ४४ हजार ६ सय २९ प्रहरी कर्मचारी परिचालन भएका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending