Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

यी हुन् जनताको आँगनमा गैंती र बेल्चासहित पुग्ने नेता …

काठमाडौं, विनाशकारी भूकम्पबाट गोरखा नगरपालिका ४ अमराईस्थित शिवशक्ति प्राविको भवन खण्डहर बन्यो । भग्नावशेषमा विद्यालयका अति महत्वपूर्ण सामग्री पुरिए । एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराइले भग्नावशेषमा पुरिएको विद्यार्थीका महत्वपूर्ण कागजात निकाले । आफ्नै हातले छरपष्ट ढुंगाहरु तह लगाए ।  पार्टीको राष्ट्रिय पुननिर्माण अभियानको नेतृत्व गर्दै भूकम्पबाट अति प्रभावित जिल्ला गोरखा पुगेका उनले शुक्रबार दिनभर सो विद्यालयको भग्नावशेष खोतले । भग्नावशेषसँगै धरमराएका विद्यार्थीका सपनाहरु माथि बाबुरामले आसाको दियो बाले । अस्थायी टहराको निर्माण थाले ।  बाबुरामको टोलीले निर्माण गरेको त्यहि टहराको ओतमा शिवशक्ति प्राविका विद्यार्थीहरुले कखरा पढ्नेछन् । त्यहि टहराको आडमा भविष्य कोर्नेछन् । भूकम्पपछि सक्रिय रुपमा राहत तथा उद्धारमा खटिएका बाबुरामले भूकम्पको केन्द्रविन्दु गोरखालाई आफ्नो केन्द्र बनाएर पुननिर्माण अभियानमा लागेका हुन् । गोरखामा सात सय घर टहरा बनाउने बाबुरामसहितको टोलीको योजना छ । बाबुरामसँगै एमाओवादी नेता जनार्दन शर्मा ‘प्रभाकर’ लगायत अन्य नेताहरु पनि छन् । राजनेता त्यहि हुन्छ जसले जनताको भविष्य कोर्ने काम गर्छ । दुःख सुखमा हातेमालो गर्छ । बाबुराम प्रतिनिधि नेता थिए । उनी जस्तै धेरै नेता यतिबेला भग्नावशेष खोतल्दैछन् । अस्थायी बासको चिन्ताले उनीहरुलाई पिरोलेको छ । त्यसैले त उनीहरुले जनताको घरमा गैंती र बेल्चा बोकेरै पुगेका छन् । उनकै पार्टी अध्यक्ष प्रचण्ड पनि सक्रिय रुपमा लागि परेका छन् । माओवादीले थालेको अभियानको नेतृत्व गर्दै प्रचण्ड शुक्रबार सिन्धुपाल्चोक पुगे । सिन्धुपाल्चोकको साँगाचोक गाविस ४ स्थित जनजागृती उमाविको भवनको भग्नावशेष नियाले । ‘यो त बनाउन भन्दा भत्काउन जटिल पो रहेछ ।’ उनले भवन नियाल्दै प्रश्न गरेका थिए – ‘यहाँ विद्यालयका कति महत्वपूर्ण कागजात होलान् कसरी निकाल्न सकिन्छ ?’ मजदुरको पहेँलो पहिरन र हेलमेटमै त्यहाँ पुगेका उनी, जनजागृती उमाविको अस्थायी टहरा बनाउन आफँै कस्सिए ।  आफूभन्दा २ फिट अग्लो गल लगाएर खाल्डो खने, त्यहि खाल्डोमा बाँस गाडे । भूकम्पले सबै भन्दा धेरै मानवीय क्षती भएको सिन्धुपाल्चोकमा ६६ हजार घरमध्ये ६० हजार घर ध्वस्त भएका छन् । तिनै ६० हजार भग्नावशेषहरुलाई नयाँ टहरा दिन प्रचण्ड सिन्धुपाल्चोक पुगेका हुन् । उनीसँगै सचिव वर्षमान पुन अनन्त, स्थायी समिति सदस्य अग्नि सापकोटालगायतका नेताहरु छन् । शुक्रबार पुगेका उनीसहितका पुननिर्माण टोली तीन दिनसम्म सिन्धुपाल्चोकमा रहनेछन् । काँग्रेस युवा नेता गगन थापा अस्थायी टहरा बनाउने अभियानमा सक्रिय छन् । भूकम्प प्रभावित जिल्लामध्ये नुवाकोटको कुमरी गाउँमा दुई दिनको श्रमदानमा ४८ टहरा बनाएपछि उनी काठमाडौं फिर्ता भए । त्यसपछि उनी धादिङतिर लागे । जस्तापातासहित धादिङको भूमेस्थान ६ स्थित तामाङ बस्ती पुगेका थिए गगन । त्यहाँ उनले २० घर टहरा निर्माण गरे । अहिले गगन काठमाडौंको बुढानिलकण्ठमा टहरा निर्माणमा व्यस्त छन् । बुढानिलकण्ठको तौलुङमा २० टहरा बनिसकेको छ । बाँकी रहेको ३० घरटहराको निर्माणपश्चात् उनी रामेछापतिर लाग्नेछन् । रामेछापमा सय परिवारलाई हुने अस्थायी टहरा बनाएपछि दोलखा र सिन्धुपाल्चोक पुग्ने गगनको योजना छ । काँग्रेसकै युवा नेता प्रदिप पौडेल ५०० घर बनाउने घोषणासहित देश दौडाहामा छन् । १०० जना उनी नेतृत्वको टोलीले गोरखामा टहरा बनाइसकेको छ । पौडेलको टोली प्रभावित जिल्लाहरुमा घर तथा टहरा निर्माण अभियानमा सक्रिय रुपमा लागि परेको छ । अभियान लिएर रामेछाप पुगेका उनले भिरपानी गाविसको लाप्कामा ५० अस्थायी टहरा बनाए । विज्ञसहितको टोली लिएर पौडेल नुवाकोट र सिन्धुपाल्चोक पुग्दैछन् । एमाओवादीकै  उपाध्यक्ष नारायणकाजी श्रेष्ठ  दोलखामा सक्रिय छन् । अभियानको नेतृत्व गर्दै भूकम्पबाट अति प्रभावित जिल्ला दोलखा पुगेका उनले अस्थायी टहरा निर्माणमै समय बिताउने छन् । एमाओवादीकै सचिव टोपबहादुर रायमाझी अभियानको नेतृत्व गर्दै धादिङ्ग पुगेका छन् । त्यहाँ उनले अस्थायी टहरा बनाउने तथा भग्नावशेषबाट सामग्री निकाल्ने कार्य गरिरहेका छन् । नेकपा एमालेका नेताहरु अभियानमा लागिसकेका छैनन् । आईतबारबाट औपचारिक रुपमा एमालेले स्वयंसेवक परिचालन गर्ने कार्यक्रम छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending