जेष्ठ १० गते, २०७२ आइतवार 24th May, 2015 Sun१८:०८:४५ मा प्रकाशित
तनाव, आजकालको जिन्दगीको महत्वपूर्ण हिस्सा बनेको छ । र यहि तनावका कारण थुप्रै रोगका साथै सेक्ससम्बन्धि समस्या पनि हुने गर्दछ । महिलाहरुमा पनि यस्तै प्रकारको समस्या बढिरहेको छ । महिलाहरुमा गरिएको एक अनुसन्धानमा ४३ प्रतिशत महिलालाई कुनै न कुनै प्रकारको लैंगिक विकार हुने गर्दछ ।
सेक्ससम्बन्धि समस्याको मूल जड यसप्रति मानिसहरुको जागरुकताको कमी हो । मानिसहरु समयमा नै डाक्टरहरुलाई सम्पर्क नगर्ने र पछि निकै ठूलो समस्या खडा भएपछि मात्र अस्पताल धाउने गर्दछन् । आउनुहोस्, महिलाका यस्ता केहि सामान्य सेक्स समस्याको बारेमा जानकारी लिऔँ –
हर्मोन्समा परिवर्तन
महिनावारी सुरु भएपछि महिलाहरुको हर्मोन्स परिवर्तन हुन सुरु गर्दछ । यहि परिवर्तनका कारण उनीहरुमा शारिरिक रुपमा केही न केही परिवर्तन आइरहेको हुन्छ । यो परिवर्तन त्यतिबेला अझ बढ्ने गर्दछ जब महिलाहरु सेक्स गर्दछन् अथवा सेक्स गर्नुभन्दा पहिले गर्भधारणबाट बच्नको लागि गर्भनिरोधक औषधीको नियमित सेवन गर्दछन् । पुरुषको तुलनामा महिलाहरुमा सेक्स समस्या अत्यधिक हुने गर्दछ । केही स्थितीमा सेक्स पछि महिलाहरुमा सेक्सको समस्या सुरु हुने गर्दछ भने कहिले सम्भोगको क्रममा । यस्ता समस्याहरुबाट बच्नका लागि महिलाहरुले सेक्सको सामान्य तरिका अपनाउन आवश्यक छ ।
ल्यूकोरियाको समस्या:
योनीबाट सेतो, च्यापच्याप लाग्ने गाढा पानीको श्राव हुन आजकालका युवावस्थाका महिलाहरुका लागि एक साधारण समस्या भएको छ । सामान्य भाषामा यसलाई सेतो पानी अथवा ल्यूकोरिया पनि भनिन्छ ।
योनी चिलाउनेः
महिलाको योनी चिलाउनुका पछाडि विभिन्न कारण हुने गर्दछ । जस्तै इन्फेक्सन हुनु, सरसफाइको कमी हुनु, भिरिङ्गी, सम्भोग गर्ने व्यक्तिको यौनाङ्गमा इन्फेक्सन हुनु, रक्त विकार आदि यसका प्रमुख कारण हुन् ।
गर्भाशय सम्बन्धि रोगः
धेरै पटक प्युबिक हेयरको राम्रो सफाई नहुँदा किटाणु योनी मार्गमा प्रविष्ट भएर थुप्रै योनी गर्भासयसम्बन्धि समस्या उत्पन्न हुने गर्दछ । त्यसकारण यौनाङ्गको राम्रोसँग सरसफाई आवश्यक छ ।
सेक्सप्रति विमुख हुनुः
महिनावारी रोकिएपछि महिलाहरुलाई सेक्स प्रति रुची नहुने थुप्रै अनुसन्धानले देखाएको छ । यद्यपी, धेरैजसो महिलालाई सेक्समा पटक्कै मन नलाग्नेजस्ता सेक्स समस्या पनि देखिने गरिएको छ जुन एक गम्भीर प्रकारको समस्या मानिन्छ । यस्ता रोग भएका महिलाहरुले तुरुन्तै डाक्टरको सल्लाह बमोजिम उपचार थाल्नुपर्ने विशेषज्ञ बताउँछन् । यस्ता समस्यालाई तत्काल समाधान नगरे यसले मानिसको स्वास्थ्यमा थप समस्या सृजना गरि थप नयाँ रोगको लाग्ने सम्भावना भएको विशेषज्ञ बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: