जेष्ठ १० गते, २०७२ आइतवार 24th May, 2015 Sun२२:०१:०८ मा प्रकाशित
कालिगण्डकी नदि शनिबार १ः३० मा थुनिएर १५ घण्टा पछि आइतबार अपरान्ह ५ बजे खुलेको छ । ताल बनेको पानीको दबाब झेल्न नसकेपछि, यो आफै फूटेको हो । मैले यो अवधि भर कालिगण्डकीको किनारमै बसेर अवलोकन गरेँ । अहिले पानी करिब ५ किलोमिटर तल झरिसकेको छ ।
अहिले हामी ठूलो खतराबाट मुक्त भएका छौं । यो सुनाउन पाउदा मलाई निकै खुसी लागेको पनि छ । यदि यो अहिले खुलेका थिएन भने बेनी बजार देखि आस पासका जिल्ला ठूलो बाढिको सिकार बनिसकेका हुने थिए । यतिबेला झोलुङ्गे पुलहरुलाई मात्रै पानीले हानिरहेको छ ।
पानीको बहाव म आफैले अहिले नाप्न लगाइ रहेको छु । ताल फूटेको छ अहिले सम्म मानवीय क्षेति हुन पाएन हाम्रो लागि यहि नै महत्वपूर्ण कुरा हो । ताल फूटेको खुसी हामीले स्थानिय सञ्चार माध्यमबाट बाडिसकेका छौं ।
नदि खुलाउनको लागि मैले गृहमन्त्रालय सँगको सहकार्यमा विभिन्न प्रधाविधिक सहितको टोली बोलाएँ । गृहमन्त्री आफै पनि आउनु भयो । उहाँहरु आउदा सम्म पनि पहिरो रोकीएको थिएन । पहिरो नरोकीएकै कारण बम ब्लाष्ट गर्ने कार्य गराउन असंभव भयो । नदि थुनिएपछि बेनी जोमसोम सडकखण्ड अवरुद्ध भयो यसले ठूलो क्षेति गरेको छ ।
नदि थुनिएपछि मलाई के कारणले उत्प्रेरित ग¥यो थाहा छैन तर म आफै प्रत्यक्ष फील्डमा खटिएँ । चियाकै भरमा आजको दिन वित्यो । अनुगमन टोलीसँगै दिउसो काफलडाँडा रहेको भिर तिर पुगेको थिएँ । अन्य साथीहरुले भिरमा नजान आग्रह गर्दै हुनुहुन्थ्यो । तर म जबरजस्ती उक्लीएँ त्यहाँ जमिन चिरा परेको देखेँ । गत बैशाख १२ गतेको विनाशकारी भूकम्पले जमिन चिरा परेको रहेछ । त्यहि चिरा परेको जमिन कालीगण्डकीमा खसेको रहेछ ।
हामीले संभावित खतरालाई ध्यानमा राख्दै १०३ परिवारलाई सुरिक्षित स्थान तर्फ पु¥याएका छौं । त्यो तालभित्र अहिले पनि २६ वटा घरहरु पुरिएका छन् ।
सुदीप विश्वकर्मासँगको कुराकानीमा आधारित
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: