आफ्नो छोरा मारिएको सात वर्षपछि अल-कायदा समूहका नेता ओसामा बिन लादेनकी आमाले पहिलो पटक सार्वजनिक रूपमा उनको बारेमा बोलेकी छन् ।
साउदी अरेबियाको जेद्दाहस्थित आफ्नो घरबाट बिन लादेनकी आमा आलिया गनेमले ब्रिटिश पत्रिका द गार्डियनलाई अन्तर्वार्ता दिएकी हुन् । आफ्नो छोरा एक लजालु र \'असल बच्चा\'का रूपमा हुर्किए पनि विश्वविद्यालयमा उनको विचारमा \'सम्पूर्ण रूपमा परिवर्तन ल्याइएको\' गनेमले पत्रिकालाई बताएकी छन् । बिन लादेनको परिवारले अमेरिकामा हमला गर्नुभन्दा दुई वर्षअघि अर्थात् सन् १९९९ मा अन्तिम पटक उनलाई देखेको बताएको छ । सन् २००१ को सेप्टेम्बर ११ मा ट्विन टावरमा हमला गरिएको बेला बिन लादेन अफ्गानिस्तानमा थिए । सन् १९८० को दशकतिर सोभियत संघको फौजविरुद्ध लड्न अफ्गानिस्तान गएपछि उनलाई एक प्रमुख अन्तर्राष्ट्रिय सन्दिग्ध चरमपन्थीका रूपमा हेरियो । छोरा एक जिहादी भएको थाहा पाएपछि कस्तो महसुस गर्नुभयो भन्ने जिज्ञासामा गनेमले भनिन्, \"हामी निकै निराश भयौँ। त्यस्तो केही होओस् भन्ने मैले चाहेकी थिइनँ। किन उसले समय बर्बाद गर्नुपर्थ्यो ?\" अध्ययनका बेला आफ्नो छोरा संलग्न हुन पुगेको मुस्लिम ब्रदरहूड समूह त्यतिबेला एउटा \'पन्थ\' को रूपमा रहेको उनले बताइन् । निर्माणसम्बन्धी व्यवसायमा व्यापक सम्पत्ति आर्जन गरेपछि परिवार साउदी अरेबियामा बिन लादेनको परिवार प्रभावशालीमध्येको एक परिवारको रूपमा दरिन पुग्यो । बिन लादेनका बुवा मोहम्मद बिन अवाद बिन लादेनले ओसामाको जन्म भएको तीन वर्षपछि गनेमसँग सम्बन्ध विच्छेद गरेका थिए । मोहम्मद बिन अवाद बिन लादेनका ५० जना सन्तान थिए । सेप्टेम्बर ११ को घटनापछि साउदी अरेबियाको सरकारले उनीहरूको परिवारमाथि अनुसन्धान गर्यो र उनीहरूको यात्रा एवम् हिँडडुल सीमित पारिदियो । पत्रकार मार्टिन चुलोभले लेखेका छन्, साउदी सरकारले बिन लादेनकी आमासँग कुरा गर्ने अनुमति दिएको उनको विश्वास छ किनकि वरिष्ठ अधिकारीहरूको आशा छ त्यसले यो पुष्टि गर्न सघाउ पुग्नेछ कि बिन लादेन देशबाट बहिष्कृत थिए न कि केहीले भनेजस्तो देशका एजेन्ट । बिन लादेनका दुईजना भाइ हसन र अहमद पनि द गार्डियनलाई अन्तर्वार्ता दिएका छन् । उनीहरूले सेप्टेम्बर ११ को हमलामा उनको संलग्नताबारे सुनेर स्तब्ध भएको बताएका छन् । अहमदले भने, \"सानादेखि ठूला सबैले लज्जाबोध गर्यौँ । यसको नराम्रो नतिजा हामीले भोग्नेछौँ भनेर हामी सबैलाई थाहा थियो। बाहिर भएका हाम्रो परिवारका सबै साउदी अरेबिया फर्कियौँ ।\" उनले आफ्नी आमा सेप्टेम्बर ११ को घटनाको १७ वर्षपछि पनि बिन लादेन \'नभइ\' उनका वरपरका मान्छेहरू त्यसका लागि जिम्मेवार भएको ठान्ने गरेको बताए । बीबीसी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: