Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

नोबल पुरस्कार विजेता लेखक भिएस नेइपाल रहेनन्

नोबल साहित्य पुरस्कार विजेता लेखक भिएस नेइपालको ८५ वर्षको उमेरमा लण्डनस्थित उनको निवासमा निधन भएको परिवारले जनाएको छ ।

सन् १९३२ मा ट्रिनिडाडमा जन्मिएका उनी आफ्ना महान् साहित्यिक कृति \'अ हाउस फर मिस्टर विश्वास\' र \'अ बेन्ड इन द रिभर\'का लागि चर्चित छन् । ३० भन्दा बढी पुस्तक लेखेका भिएस नेइपालले सन् १९७१ मा बुकर पुरस्कार जितेका थिए भने सन् २००१ मा साहित्यतर्फ नोबल पुरस्कार जितेका थिए । उनकी श्रीमतीले नेइपालले \"जे जे हासिल गरे त्यो बृहत् भएको\" बताएकी छन् । नेइपालको आफ्ना प्रियजनका माझ नै मृत्यु भएको उनकी श्रीमतीले बताएकी हुन् । नेइपालका निकट साथी तथा मेल पत्रिकाका सम्पादक जियोर्डी ग्रेगले उनको निधनले ब्रिटेनको साहित्यिक सम्पदामा एउटा अपूरणीय क्षति पुगेको तर उनका कृतिहरू भने सँधै जीवित रहनेमा कुनै शंका नरहेको बताएका छन् । सामाजिक सञ्जालहरूमा पनि नेइपालका प्रशंसकहरूले उनको निधनप्रति दुःख व्यक्त गरेका छन् । लेखक आनन्द गिरिधरादासले आफूले नेइपालबाट धेरै कुरा सिकेको बताएका छन् भने अर्का लेखक जीत हिरले उनलाई शक्तिशाली उपन्यासकार भनेका छन् । सौन्दर्य लेखिका पट्रिस योरसिकले उनलाई क्यारिबियन साहित्यका महारथी भनेकी छन् । एकजना प्रशंसकले आफूलाई पढ्नका लागि नेइपालले जति कसैले प्रेरित नगरेको भनेका छन् भने अर्का एकजनाले चाहिँ नाइपलको अ हाउस फर मिस्टर विश्वासको सम्झना आफूसँग तीस भन्दा बढी वर्षदेखि रहँदै आएको भनि ट्वीट गरेका छन् । नेइपाल सानै छँदा उनलाई उनका बाबुले शेक्सपियर र डिकेन्सका किताब पढेर सुनाउँथे । हिन्दु धर्म अनुसार हुर्किएका उनले ट्रिनिडाडस्थित क्विन्स रोयल कलेजमा पढेका थिए । त्यसपछि उनी ब्रिटेन गए र त्यहाँ सन् १९५० मा सरकारी छात्रवृत्तिमार्फत् उनी अक्सफर्ड विश्वविद्यालयमा भर्ना भए । विद्यार्थी हुँदा उनलाई उदास हुने रोग डिप्रेसन भएको थियो र आत्महत्याको प्रयाससमेत गरेका थिए । उनको पहिलो पुस्तक \'द मिस्टिक मसुर\' सन् १९५१ मा प्रकाशित भएको थियो र त्यसको एक दशकपछि उनको सबैभन्दा रुचाइएको पुस्तक अ हाउस फर मिस्टर विश्वास प्रकाशित भएको थियो । उक्त पुस्तक लेख्न उनले ३ वर्षभन्दा बढी समय लगाएका थिए । उनको पहिलो श्रीमती प्याट्रिसिया हेलको सन् १९९६ मा निधन भएको थियो र त्यसपछि उनले पाकिस्तानी पत्रकार नदिरालाई विवाह गरेका थिए । उनी स्पष्टवक्ता थिए र ब्रिटेनका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरको आलोचकका रूपमा चिनिएका थिए । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending