Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

नोबल पुरस्कार विजेता लेखक भिएस नेइपाल रहेनन्

नोबल साहित्य पुरस्कार विजेता लेखक भिएस नेइपालको ८५ वर्षको उमेरमा लण्डनस्थित उनको निवासमा निधन भएको परिवारले जनाएको छ ।

सन् १९३२ मा ट्रिनिडाडमा जन्मिएका उनी आफ्ना महान् साहित्यिक कृति \'अ हाउस फर मिस्टर विश्वास\' र \'अ बेन्ड इन द रिभर\'का लागि चर्चित छन् । ३० भन्दा बढी पुस्तक लेखेका भिएस नेइपालले सन् १९७१ मा बुकर पुरस्कार जितेका थिए भने सन् २००१ मा साहित्यतर्फ नोबल पुरस्कार जितेका थिए । उनकी श्रीमतीले नेइपालले \"जे जे हासिल गरे त्यो बृहत् भएको\" बताएकी छन् । नेइपालको आफ्ना प्रियजनका माझ नै मृत्यु भएको उनकी श्रीमतीले बताएकी हुन् । नेइपालका निकट साथी तथा मेल पत्रिकाका सम्पादक जियोर्डी ग्रेगले उनको निधनले ब्रिटेनको साहित्यिक सम्पदामा एउटा अपूरणीय क्षति पुगेको तर उनका कृतिहरू भने सँधै जीवित रहनेमा कुनै शंका नरहेको बताएका छन् । सामाजिक सञ्जालहरूमा पनि नेइपालका प्रशंसकहरूले उनको निधनप्रति दुःख व्यक्त गरेका छन् । लेखक आनन्द गिरिधरादासले आफूले नेइपालबाट धेरै कुरा सिकेको बताएका छन् भने अर्का लेखक जीत हिरले उनलाई शक्तिशाली उपन्यासकार भनेका छन् । सौन्दर्य लेखिका पट्रिस योरसिकले उनलाई क्यारिबियन साहित्यका महारथी भनेकी छन् । एकजना प्रशंसकले आफूलाई पढ्नका लागि नेइपालले जति कसैले प्रेरित नगरेको भनेका छन् भने अर्का एकजनाले चाहिँ नाइपलको अ हाउस फर मिस्टर विश्वासको सम्झना आफूसँग तीस भन्दा बढी वर्षदेखि रहँदै आएको भनि ट्वीट गरेका छन् । नेइपाल सानै छँदा उनलाई उनका बाबुले शेक्सपियर र डिकेन्सका किताब पढेर सुनाउँथे । हिन्दु धर्म अनुसार हुर्किएका उनले ट्रिनिडाडस्थित क्विन्स रोयल कलेजमा पढेका थिए । त्यसपछि उनी ब्रिटेन गए र त्यहाँ सन् १९५० मा सरकारी छात्रवृत्तिमार्फत् उनी अक्सफर्ड विश्वविद्यालयमा भर्ना भए । विद्यार्थी हुँदा उनलाई उदास हुने रोग डिप्रेसन भएको थियो र आत्महत्याको प्रयाससमेत गरेका थिए । उनको पहिलो पुस्तक \'द मिस्टिक मसुर\' सन् १९५१ मा प्रकाशित भएको थियो र त्यसको एक दशकपछि उनको सबैभन्दा रुचाइएको पुस्तक अ हाउस फर मिस्टर विश्वास प्रकाशित भएको थियो । उक्त पुस्तक लेख्न उनले ३ वर्षभन्दा बढी समय लगाएका थिए । उनको पहिलो श्रीमती प्याट्रिसिया हेलको सन् १९९६ मा निधन भएको थियो र त्यसपछि उनले पाकिस्तानी पत्रकार नदिरालाई विवाह गरेका थिए । उनी स्पष्टवक्ता थिए र ब्रिटेनका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरको आलोचकका रूपमा चिनिएका थिए । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending