भक्तपुर । लोकन्थलीदेखि जडीबुटी हुँदै कोटेश्वरसम्मको सडकमा दैनिक हुने सवारी साधनको चाप घटाउन वैकल्पिक सडक सञ्चालनमा ल्याइने भएको छ ।प्रतिनिधिसभा सदस्य महेश बस्नेतले शुरु गर्नुभएको ‘सुरक्षित भक्तपुर, जाममुक्त भक्तपुर’ अभियान अन्तर्गत उक्त सडक खण्डमा चाप कम गर्न लागिएको हो । सांसद बस्नेत, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठ, डिभिजन सडक कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारी, ट्राफिक प्रहरी प्रमुख जगत नेपाली तथा अन्य सरोकारवाला सहितका टोलीले उक्त क्षेत्रको अवलोकन गरेपछि सडक मर्मत तथा ग्राभेल विछ्याउन थालिएकोे छ ।
“कोटेश्वर–जडीबुटीको चाप हटाउन, अरनिको राजमार्गलाई सुरक्षित र उज्यालो पार्न, भक्तपुरका बालुवाखानीमा देखिएका अनियमितता नियन्त्रणका लागि सरोकारवाला निकायसँग समन्वय गर्न थालिएको छ” बस्नेतले भने । उनले नयाँ सञ्चालनमा ल्याउन लागिएको पेप्सीकोला जडीबुटी सडकबाट चाहबिल जाने सवारी साधन सञ्चालन गराइने, ललितपुर जाने सवारी साधनलाई मनोहरा आँखा अस्पतालबाट टिकाथली तथा बालकुमारी सडक मर्मत सकिएलगत्तै दुईवटा बेलिब्रिज राखेर यातायात सञ्चालन गराइने तयारी गरिएको जानकारी दिए ।
रु ४३ करोडको लगानीमा सञ्चालित मनोहरा जग्गा एकीकरण आयोजनामा रहेकोे नौ मिटर चौडा सडकमा केही दिनमै एकातर्फी यातायात सञ्चालनमा ल्याइने भएको छ । त्यस्तै मनोहरा नदीको दायाँबाँया २०/२० मिटर चौंडा रहने गरी निर्माण हुन लागेको मनोहरा करिडोर सडक तत्काल निर्माण गर्न सांसद बस्नेतले ठेकेदार भीम श्रेष्ठलाई निर्देशन दिए । करिडोर निर्माण भएसँगै जडीबुटी नाकामा यातायातका साधनको चाप कम हुने उल्लेख गर्दै सांसद बस्नेतले सडक चापको दीर्घकालीन उपाय भनेको कोटेश्वर जडीबुटी सुरुङ मार्ग नै हो उनले भने । उनले कोटेश्वर सडकको दाँयाबाँया सर्भिस ट्र्याक निर्माणका लागि डिपिआर तयार भइसके पनि नागरिक उड्यान प्राधिकरणका कारण निर्माण कार्य अगाडि बढ्न नसकेको बताए । अहिले कोटेश्वरसम्मको चाप न्यूनीकरणका लागि विकल्पको रुपमा बालकुमारीदेखि जडीबुटीको पुलसम्म सडकको करिडोर निर्माण गर्न रु १७ करोड र भक्तपुरबाट मनोहरा पुलदेखि मनोहरा दोभान र हनुमन्ते दोभानसम्म रु तीन करोड विनियोजन भएकामा काम सम्पन्न हुने चरणमा छ । मेलम्ची खानेपानीको ढल विछ््याउने कार्यले योजना सम्पन्न गर्न केही ढिलाइ हुन गएको थियो । सांसद बस्नेतले भक्तपुरमा सुरक्षित राजमार्ग निर्माण गर्न विशेष अभियान चलाइएको बताउँदै उज्यालो राजमार्ग निर्माणका लागि राधेराधे चोकसम्म सडकमा सौर्य बत्ती जडान गरिएको र बाँकी ठाउँमा पनि तुरुन्तै जडान गरिने बताए । त्यस्तै वागमती सभ्यताले हनुमन्ते करिडोर सडक निर्माणका लागि रू ९१ करोड विनियोजन भइ निर्माण कार्य पनि अगाडि बढिसकेको उनको भनाइ थियो ।
प्रमुख जिल्ला अधिकारी भट्टले अहिले वैकल्पिक रुपमा पेप्सीकोलादेखि जडीबुडीसम्मको बाटो र जडीबुटीदेखि बालकुमारीसम्मको बाटोबाट सवारी साधन सञ्चालन गर्दा ७० प्रतिशत कोटेश्वरको सडक चाप घट्ने बताए । विगत केही समयदेखि सुरक्षित भक्तपुर बनाउने अभियानबमोजिम दिउँसोको समयमा ट्रिपर सञ्चालनमा रोक लगाएपश्चात दुर्घटना कम भएको छ भन्दै उहाँले “हाम्रो यो निर्णयले केही व्यावसायीलाई त असर परेको होला तर सडक दुर्घटना न्यूनीकरण गर्न भने हामी सफल भएका छौं ।” मनोहरा करिडोर निर्माणको जिम्मा लिनुभएका ठेकेदार भीम श्रेष्ठले मनोहरा नदीको करिडोर निमार्ण शुरु भइसकेकामा यहाँका सुकुम्वासी बस्ती तथा स्थानीय सरोकारवाला व्यक्तिले निमार्ण कार्यमा अवरोध पु¥याएकाले समस्या आएको बताए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...


प्रतिकृया लेख्नुहोस्: