Ntc summer Offer
Khabar Dabali १५ कार्तिक २०८१ बिहीबार | 31st October, 2024 Thu
Investment bank

एशियाडः आज नेपालले नौ खेलमा प्रतिष्पर्धा गर्दै

काठमाडौं । इण्डोनेशियामा शनिबारदेखि शुरु भएको १८औँ संस्करणको एशियाली खेलकूद प्रतियोगितामा नेपालले आज नौ खेलमा प्रतिस्पर्धा गर्दैछ ।

इण्डोनेशियाको जाकार्ता र पालेमबाङमा जारी प्रतियोगिताको दोस्रो दिन आज नेपालले तेक्वान्दो, कुस्ती, फूटबल, ब्याडमिन्टन, उसु, लनटेनिस, कबड्डी, सुटिङ र सेपाकताक्रोमा प्रतिस्पर्धा गर्न लागेको राष्ट्रिय खेलकूद परिषद् (राखेप)का तालीम तथा प्रशिक्षण विभाग निर्देशक रिमबहादुर रानाभाटले जानकारी दिए । फूटबलमा नेपाल शुरुआती दुई खेलमा पराजित भएसँगै समूह चरणबाटै बाहिरिने लगभग निश्चित छ । समूह चरणको अन्तिम खेलमा आज पाकिस्तानसँग वेस्ट जाभास्थित शहीद चन्द्रभागा रङ्गशालामा प्रतिस्पर्धा गर्नेछ । नेपालले हालसम्म एशियाली खेलकूदमा खेलेका १७ खेलमा नै पराजय भोगेको छ । सत्र खेलमा ६८ गोल खाँदा केबल १ गोल गर्न सकेको छ । त्यस्तै तेक्वान्दोमा कमल श्रेष्ठ र पार्वती गुरुङले चाइनिज ताइपेहका खेलाडीसँग प्रतिस्पर्धा गर्दैछन् । यस्तै महिला टिम इभेन्ट्सतर्फ उज्वेकिस्तानसँग खेल्नेछ । फेन्सिङ सावर इभेन्टमा कमला श्रेष्ठ र रवीना थापाले प्रतिस्पर्धा गर्दैछन् । पुल एमा रहेकी कमलाले जापान, मङ्गोलिया, हङ्कङ, चीन, इण्डोनेशिया र भियतनामकी खेलाडीसँग प्रतिष्पर्धा गर्दैछन् । रवीनाले दक्षिण कोरिया, कम्बोडिया र इरानकी खेलाडीसँग प्रतिस्पर्धा गर्नेछिन् । कुस्तीमा भागवत साह, सरोज यागद र सुरेश सुनारले प्रतिष्पर्धा गर्दैछन् । उसुको ५२ केजी तौल समूहअन्तर्गत जुनी राईले भियतनामका खेलाडीसँग र ६० केजी तौल समूहमा मङ्गलप्रसाद थारुले इण्डोनेशियाका खेलाडीसँग प्रतिष्पर्धा गर्दैछन् । नेपालले आजै ब्याडमिन्टनको महिला तथा पुरुष टिम इभेन्ट्समा नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसँग खेल्दैछ । ब्याडमिन्टनको टिम इभेन्ट्समा पुरुषतर्फ नेपालका विकास श्रेष्ठ, रत्नजीत तामाङ, नवीन श्रेष्ठ र दीपेश धामीले प्रतिष्पर्धा गर्दछन् । महिला टिम इभेन्ट्समा पनि नेपालले आजै पहिलो खेल माल्दिभ्ससँग खेल्दैछ । मल्भ्दिसविरुद्ध खेल्ने नेपाली खेलाडीमा नङ्सलदेवी तामाङ, अमिता गिरी, जेशिका गुरुङ र रसिला महर्जन छन् । नेपालले कबड्डीमा आयोजक इण्डोनेशियासँग प्रतिस्पर्धा गर्दैछ । यही भदौ १७ गतेसम्म हुने एशियन गेम्समा ४५ देशका ११ हजार पाँच खेलाडीले विभिन्न स्पर्धामा सहभागिता जनाएका छन् । प्रतियोगितामा ४० खेल सहभागी छ । चालीसमध्ये नेपालले २९ खेलमा प्रतिपर्धा गरिरहेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy