Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

प्रहरीले खोजेको गुण्डा नाइकेलाई प्रधानमन्त्रीले कमाण्डर बनाएपछि

काठमाडौं, भूकम्पपीडितलाई सहयोग गर्न बनाएका संयन्त्रमा दलहरूले डनहरूलाई पनि प्राथमिकता दिन थालेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ –प्रधानमन्त्री सुशील कोइरालाले शनिबार कुमार घैँटे (कुमार श्रेष्ठ) लाई राहत कार्यक्रमका लागि काठमाडौंको उपसंयोजकको जिम्मेवारी दिई बालुवाटारमा बिदाइ गरे । कांग्रेसको खेलकुद विभागले बनाएको स्वयंसेवक टोलीमा घैँटेलाई उपसंयोजक बनाइएको छ । जसमा प्रायः गुन्डागर्दी पृष्ठभूमिका व्यक्ति छन् । टोलीको संयोजकमा हात्ती भनेर चिनिने राजु श्रेष्ठ छन् । घैँटेसहितको समूहलाई प्रधानमन्त्री कोइराला आफैँले बिदाइ गरेपछि प्रहरी अधिकारीहरू अचम्ममा परेका छन् । उक्त समूहले शनिबार काभ्रेस्थली तथा आइतबार चुनिखेलमा राहत तथा पुनस्र्थापनाको काम गरेको थियो । प्रहरीले पक्राउ गर्ने डरले विदेश भागेका घैँटे भूकम्पपछि नेताहरूको संरक्षणमा फर्किएर सक्रिय भएका हुन् । गुन्डाहरूलाई दलहरूले प्रश्रय दिन थालेपछि प्रहरी अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । कुमार घैँटे मात्र होइन, डन भनेर चिनिएकाहरू यतिवेला राहतको नाममा आफ्नो प्रभाव बढाउनतर्फ केन्द्रित भएका छन् । कांग्रेसकै मीनकृष्ण महर्जन ललितपुरमा सक्रिय छन् । त्यस्तै, मधेसी जनअधिकार फोरमका केन्द्रीय सदस्य रहेका गणेश लामा पनि काभ्रेमा राहत बाँडिरहेका छन् । मिलन चक्रे गोरखालगायतका जिल्लामा राहत बाँड्नमा सक्रिय छन् । राहतको नाममा गुन्डाहरूलाई दलहरूले काखी च्याप्नु गलत भएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले बताए । ‘राहतको नाममा गुन्डाहरू सक्रिय भएको हामीले पनि जानकारी पाएका छौँ,’ उनले भने, ‘उनीहरूलाई निगरानीमा राख्दै आएका छौँ ।’ आपराधिक गतिविधिबाट गुन्डाहरूले जम्मा गरेको कालोधनबाटै केही नेताले राहत लगेर आफ्नो चुनावी क्षेत्रमा बाँडिरहेको प्रहरी अधिकारीहरू बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: