Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

हाकुका भूकम्पपीडित पुनर्वासको पर्खाइमा

रसुवा, वैशाख १२ गतेको भूकम्प गएको एक महिना बितिसक्यो । भूकम्पको चपेटाबाट नराम्ररी क्षतिग्रस्त रसुवा जिल्लाका कतिपय क्षेत्रका बासिन्दा अझै अस्थायी आश्रयस्थलको खोजीमा भाैँतारिरहेका छन् ।

स्थानीय प्रशासनका अनुसार रसुवाको लाङटाङ गाविस र हाकु गाविस भूकम्पबाट सर्वाधिक प्रभावित छन् ।

यहाँबाट विस्थापित हुनेको जनसङ्ख्या हजाराैँ छ । एक महिना बितिसक्दा पनि रसुवाका विकट गाउँबस्तीबाट मानिस राहत र आवासको खोजीमा सदरमुकाम आइरहेका छन् ।

लाङटाङका करिब ५०० जना काठमाडौंको स्वयम्भूनजिकको पहेंँलो गुम्बामा आश्रय लिइरहेका छन् भने हाकु क्षेत्रका झन्डै ५०० परिवार नुवाकोट र रसुवाको सिमानामा रहेको सातबिसे र बेत्रावती बजार तथा रसुवाको शान्तिबजार र सदरमुकाम धुन्चे बजारको पाखामा आश्रय लिइरहेका छन् ।

हाल सर्वाधिक पीडा हाकु क्षेत्रका सानो हाकु, ठूलो हाकु, हाकुबेंसी र हाकु मैलुङका सर्वसाधारणले भोग्नुपरिरहेको छ । धुन्चेको पश्चिमतर्फ त्रिशूली नदीको पारिपट्टिको विशाल पहाडमा जताततै पहिरो गएको र जमिनमा धाँजैधाँजा परेका कारण स्थानीय जनता त्रसित भएका हुन् । त्यहाँ घर पहिराले पुरेको छ भने त्यही क्षेत्रमा कम्तीमा ६१ जनाको ज्यान गएको छ ।

ज्यान बचाउन रातारात भागेर सदरमुकाम र बेत्रावती पुगेका स्थानीय बासिन्दाका अनुसार तत्कालै हाकुमा बस्न सकिने अवस्था छैन । उनीहरु भन्छन्, “अबको एक मात्र विकल्प पुनर्वास हो । ” हाल नुवाकोटको सातबिसे र बेत्रावतीमा हाकु गाविसका वडा नं ५, ६, ७, ८ र ९ का १५० परिवारले आश्रय लिइरहेका छन् जहाँ कम्तीमा १०० बालबालिका पनि छन् ।

बेत्रावतीको शिविरमा आश्रय लिइरहेका हाकुका दिनेश तामाङ आफ्नो गाउँमा बस्नै नसकिने स्थिति भएपछि गाउँ छाड्न बाध्य भएको बताउछन् । \'गाउँको भिर पूरै चिरिएको छ, ठुल्ठुला धाँजा फाटेका छन्, ठाउँ ठाउँमा सुख्खा पहिरो गएको छ, अहिले पहिरो थामिने स्थिति पनि छैन, त्यस्तो ठाउँमा कसरी बस्न सकिन्छ ?\' उनि भन्छन् ।

चार दिनअघि मात्र ठूलो हाकुबाट दश जनाको परिवारसहित सदरमुकाम धुन्चे आइपुग्नुभएका ५२ वर्षीय दाबा तामाङ सानो त्रिपाल अड्याउने ठाउँ समेत नपाएर बिलौना गरिरहेको भेटिए । धुन्चेका सरकारी कार्यालय रहेको पाखाका खाली ठाउँमा धुन्चेकै पुरानो बजारका बासिन्दा र जिल्लाका अन्य स्थानबाट आएका स्थानीयवासी पाल हालेर आश्रय लिइरहेकाले पनि दाबालाई ठाउँ अभाव भएको हो ।

उनी धुन्चेको पश्चिमतर्फ प्रहरी र सेनाको कार्यालयमुनिको पहरामा पाल हाल्ने सुरसारमा थिए । तामाङको भनाइमा ठूलो हाकु र सानो हाकुमा अब बस्ने सकिने सम्भावना छैन । सरकारले जतिसक्दो चाँडो पुनर्वासको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । केटाकेटी पढाउने चिन्ता भन्दा पनि यहाँ बस्ने र खानेको जोहो गर्न नै मुस्किल छ, उनको दुःखेसो छ ।

सर्वाधिक जोखिममा रहेका सर्वसाधारणले माग गरेबमोजिम पुनर्वासको व्यवस्था गर्न स्थानीय प्रशासनलाई पनि हम्मे परेको छ । प्रजिअ उद्धवप्रसाद भट्टराईले पुनर्वासका लागि केन्द्रबाटै ठोस नीति, योजना र बजेटको व्यवस्था गर्नुपर्ने र त्यस कार्यमा केन्द्रीय तहको एक समितिले काम गरिरहेको बताए । प्रजिअ भट्टराईका अनुसार रसुवामा ५९४ जनाको मृत्यु भएको र २५० जना अझै हराइरहेका छन् ।

ठूलै सङ्ख्यामा विदेशी लाङटाङ क्षेत्रमा हराएको भन्ने जिज्ञासामा उहाँले लाङटाङ प्रवेशका क्रममा हरेक विदेशी नागरिकले नाम दर्ता गराउनुपर्ने भएकाले उनीहरुको विवरण सम्बन्धित मुलुकमा पठाइएको र हराएको भन्ने जानकारी हालसम्म प्राप्त नभएको स्पष्ट पारै ।

उनका अनुसार जिल्लाका १२ हजार धरधुरीमध्ये ९५ प्रतिशत पूर्ण रुपमा क्षतिग्रस्त भए पनि हाकु, ठूलो गाउँ, राम्चे, स्याफ्रुबेंसी, सानो गाउँ र टिमुरेमा सर्वाधिक समस्या छ । राम्रा भनिएका कतिपय घर पनि त्यति राम्रो अवस्थामा नरहेको उनको भनाइ छ ।

घोडातबेलादेखि माथि लाङ्टाङ हुँदै क्यान्जिन गुम्बासम्मको क्षेत्रबाट स्थानीय जनतालाई उद्धार गरिएको र त्यो क्षेत्र हाल मानवविहीन छ । त्यहाँका स्थानीयवासीको मागबमोजिम स्थानीय प्रशासनले सो क्षेत्रमा स्वदेशी र विदेशीलाई हाल प्रवेशमा रोक लगाएको छ । याक, चौंरी, भेडाबाख्रा समेतका सम्पूर्ण सम्पत्ति त्यतिकै छाडेर विस्थापित स्थानीय बासिन्दाको मागबमोजिम नै सो क्षेत्रमा कसैलाई पनि प्रवेश गर्न नदिइएको हो ।

भोटेकोसी र लाङ्टाङ नदीको सङ्गममा रहेको पुरानो स्याफ्रुबेंसीका २४ घर पूरै ध्वस्त हुनाका साथै लाङ्टाङ प्रवेश मार्गमा जताततै पहिरो गएपछि स्थानीयवासीले सो मार्ग बन्द गरेका छन् । ओके गेस्ट हाउस एन्ड बेकरी चलाएर बस्दै आउनुभएका स्थानीयवासी फुर्पु स्याङ्बो तामाङ लाङ्टाङ पदमार्ग तत्कालै खुलाउन सकिने अवस्था नरहेको बताउँछन् । उनले भने– \'ठाउँ ठाउँमा अझै पनि सुख्खा पहिरो खसिरहेको छ, कुन बेला ढुङ्गा खस्ने हो थाहा नै हुँदैन, त्यसैले कम्तीमा एक वर्ष पदमार्ग सफाइको काम गर्नुपर्ने अवस्था छ ।\'

कमजोर भूबनोटका कारण पहिराको सर्वाधिक खतरामा रहेको रसुवामा हाल केही भूभर्गविद्ले जोखिम पहिचान र मानिस बस्नयोग्य भए नभएको अध्ययन गरिरहेको प्रजिअ भट्टराईले बताए । रासस(तस्बिर पनि छ)

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: