Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

धक्कै धक्काले बितेको एक महिना

काठमाडौं, आज जेठ १२ गते । विनाशकारी भूकम्प गएको एक महिना पुगेको छ । गत बैशाख १२ गते मध्यान्ह ११ः५६ बजे आएको ७.६ म्याग्नीच्युटको  भूकम्पबाट झण्डै ८ हजार जनाले ज्यान गुमाए । बैशाख २९ गते थपिएको अर्को ठूलो भूकम्पमा समेत गरि कुल ८ हजार ६ सय ६४ जनाको मृत्यु भइसकेको छ ।  त्यस्तै गरि २२ हजार घाइते छन् । भूकम्प गएको एक महिना बितिसक्दा पनि  त्रास उस्तै छ । पटक–पटक आउने पराकम्परुपी धक्काले  अहिले पनि मानिसहरु रातमा अनिँदो छन्, दिनमा आतंकित छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अहिलेसम्म चार रेक्टर मुनिका ३० हजार भन्दाबढि पराकम्प गइसकेको छ । चार रेक्टर स्केल माथिका २६८ धक्का राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार चार रेक्टर स्केल माथिका २६७ पराकम्पहरु गइसकेका छन् । गत बैशाख १२ गते आएको ठूलो भूकम्पको दिन मात्र ३८ वटा चार रेक्टर माथिका ठूल्ठूला धक्का आएको थियो । गोरखालाई केन्द्रबिन्दु बनाएको सोहि भूकम्पले बारपाकको नै अस्तित्व मेटिदियो । भोलीपल्ट मध्यान्ह १२ बजेर ५४ मिनेटमा ६.९ म्याग्निच्युटको शक्तिशाली पराकम्प आउँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु बन्यो । सोहि पराकम्पले सिन्धुपाल्चोकमा सबैभन्दा धेरै मानवीय क्षति हुन पुग्यो । बैशाख १३ गते मात्रै अघिल्लो दिनकै हाराहारीमा चार रेक्टर माथिका ३७ धक्का आयो । बैशाख १२ पछि हप्ताभरि नै क्रमिक रुपमा पराकम्पहरु आइरहे । केन्द्रको तथ्याङ्क अनुसार बैशाख १२ देखि १९ गतेसम्म चार रेक्टर स्केलमाथिका १ सय २३ पराकम्प आए । त्यसपछिको हप्ता भने केही सामान्य जस्तो बन्यो । रफ्तारमा बढेको भूकम्पको धक्का एकाएक हप्ताभरि नै ३१ मा सिमित बन्यो । तर बैशाख अन्तिम हप्ता भने फेरि पराकम्पको श्रङ्खला बढ्न थाल्यो । बैशाख २७ र २७ निरन्तर ४ र २ धक्का मात्रै महसुस गरिए पनि २९ गते ठूलो भूकम्पको रुप लिन पुग्यो । दोलखालाई केन्द्रविन्दु पारेर मध्यान्ह १२ः५० मा ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प गयो । सोही भूकम्पका कारण दोलखा जिल्ला पुनः क्षतविक्षत बन्न पुग्यो । आधा घण्टाकै फरकमा दिउँसो  १ बजेर २१ मिनेट जाँदा ६ दशमलव २ रेक्टर स्केलको भूकम्प गएपछि दोलखा पुनः केन्द्रबिन्दु बन्यो । सोहि दिन मात्रै चार रेक्टरभन्दा माथिका ३५ धक्का आए । बैशाख ३० मा १६ धक्कामा झ¥यो ।  जेठ २ सम्ममा  आएका ७९ धक्का सबै चार रेक्टर स्केल  माथिका थिए । जेठको पहिलो साता मात्रै सोही म्याग्निच्युडका ३७ धक्का आए । गएको आइतबार र सोमबार मात्रै सात धक्का महशुस भइसकेको छ । केन्द्रविन्दु दोलखा मात्रै किन ? भूकम्पको केन्द्र विन्दु सबैभन्दा धेरै दोलखामा मात्रै देखिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखामा मात्रै चार रेक्टर स्केल माथिका ८७ धक्काले केन्द्रविन्दु पारिसकेको छ । पहिलो ठूलो भूकम्पको केन्द्रविन्दु गोरखा परेपनि त्यसपछिका अधिकांश केन्द्रविन्दु दोलखा नै परेका छन् । बैशाख १३ गतेको पराकम्पमा दोलखा नै केन्द्रविन्दु परेको थियो । ६ दशमलव ९ रेक्टर स्केलको भूकम्प आउँदा दोलखामा ठूलो क्षति पुगेको थियो । बैशाख २९ गतेको ६ दशमलव ९ रेक्टर स्केलको भूकम्पको केन्द्रविन्दु पनि दोलखा र सिन्धुपाल्चोक नै केन्द्रविन्दु बन्यो । अधिकांश ठूला पराकम्प आउँदा दोलखा र सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएको देखिन्छ । सिन्धुपाल्चोकमा हालसम्म ८५ पटक केन्द्रविन्दु बनेको छ । बैशाख १३ को पराकम्पले सिन्धुपाल्चोकमा सबैभन्दा धेरै क्षति भएको प्रतिवेदनहरुमा उल्लेख छ । सिन्धुपाल्चोक पछि नुवाकोटमा भूकम्पको केन्द्रविन्दु परेको देखिन्छ । २२ पटकसम्म चार रेक्टर स्केल माथिका भूकम्पको केन्द्रविन्दु नुवाकोट नै परेको छ । बैशाख १२ को विनाशकारी भूकम्पको केन्द्रविन्दु बनेको गोरखामा २० पटकसम्म केन्द्रविन्दु बनेको देखिन्छ सँगैको जिल्ला धादिङमा १० पटकसम्म केन्द्रविन्दु बनेको छ । रसुवामा ८ पटकसम्म चार रेक्टर स्केल माथिका भूकम्पको केन्द्रविन्दु बनेको छ, काठमाडौं ललितपुरलाई केन्द्र बनाएर ११  पटकसम्म सोहि रेक्टर स्केल माथिका पराकम्प भएका छन् । तिब्बतमा केन्द्रविन्दु पारेर ७ पटकसम्म पराकम्प भएको छ । काभ्रेमा ६ पटकसम्म चार रेक्टर स्केल माथिका भूकम्पको केन्द्रविन्दु परेको छ । कति क्षति भए ? एक महिना पुग्दासमेत सरकारले भूकम्पको क्षतिको यकिन विवरण पेस गर्न सकेको छैन । क्षतिको विवरण ल्याउन नसकिरहेको सरकार पुर्ननिर्माणमा जुट्न अझै समय लाग्ने छ । मानवीय क्षतिको विवरणको परिसुचक अझै बढ्न सक्ने अनुमान छ । किन भने हजारौंको संख्यामा अझै बेपत्ता तथा घाइतेहरु छन् । झण्डै २ सय नेपाली र ८० जना विदेशी नागरिक अहिलेसम्म सम्पर्कमा आएका छैनन् । चार लाख ७१ हजार भौतिक संरचनाहरुमा पूर्ण क्षति पुगेको छ । चार लाखभन्दा बढि जनता पूर्ण रुपमा विस्थापित भएका छन् । गोरखाका ५५ मध्ये अधिकांशमा पूर्ण क्षति पुगेका छन् । सिन्धुपाल्चोकमा ६६ हजार घर मध्ये ६० हजार घर पुर्ण रुपमा क्षतविक्षत भएका छन् । सरकारी तथ्याङ्क अनुसार सिन्धुपाल्चोकमा मात्रै तिन हजार चार सय २४ जनाको मृत्यु भएको छ । बैशाख २९ गतेको दोस्रो ठूलो पराकम्पको केन्द्र विन्दु बनेको दोलखा जिल्लै पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार दोलखामा ९९ प्रतिशत भौतिक संरचनामा पूर्ण रुपमा क्षति पुगेको छ । १७९ जनाको मृत्यु भएको छ भने घाइतेको संख्या १७९ रहेको छ  । \"rahat_bitaran_img\" एक महिनामा राहत कति ? भूकम्प गएको एक महिनामा राहत तथा उद्धारमा सरकार क्रियाशील बन्न नसकेको प्रति सर्वत्र आलोचना छ । दलीय कार्यकर्ता राहत तथा उद्धारमा सक्रिय देखिए । समाजिक कार्यकर्ता स्वतस्फूर्त अभियानमै छन् । भूकम्पपछि सेना तथा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले देखाएको सक्रियताको चर्चा लामो समयसम्म लम्बिने पक्का छ । स्वदेश तथा विदेशबाट भूकम्पपीडितको लागि भन्दै राहत आउने क्रम अहिले पनि कायमै छ । क्षतिग्रस्त जिल्लाहरुको छनौट गर्दै सरकारले एक महिना भित्रमा ५ अर्ब भन्दा बढि रुपैयाँ निकासा गरेको छ । सरकारले एक महिनाभित्र निकासा गरेको ५ अर्ब ५३ करोड १५ लाख रुपैया मध्ये भूकम्प प्रभावित विभिन्न १६ जिल्लामा चार अर्ब ६५ करोड ६६ लाख उपलब्ध गराएको छ । \"rahat_help\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy