Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

धर्मगुरू पोप भन्छन्-यौन दुर्व्यवहार रोक्न नसकेकोमा लज्जित छु

क्याथोलिक इसाईहरूका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसले, उनकै शब्दमा, पादरीहरूले गरेका घृणित यौन दुर्व्यवहारका अपराध रोक्न क्याथोलिक गिर्जाघरले पर्याप्त काम गर्न विफल भएकोमा आफू लज्जित भएको बताएका छन् ।

आयरल्याण्डका प्रधानमन्त्री लियो भराडकरले उनको देशमा आइपुगेका पोप फ्रान्सिसलाई, रोमन क्याथोलिक गिर्जाघरका सदस्यहरूबाट दुर्व्यवहारमा परेकाहरूको पीडा सुनिदिन तथा उनीहरुलाई न्याय दिलाउन आह्वान गरेका छन् । बाल यौन दुराचार गरेका तथा त्यसको ढाकछोपमा संलग्न पादरीहरूलाई कारबाही गर्न पनि भराडकरले कडा शब्दमा एउटा चेतावनी दिएका छन् । आयरल्याण्डको दुई दिने भ्रमणमा रहेका पोपले शानिवार अबेर बाल यौन दुर्व्यवहारको सामना गरेका पीडितहरूसँग भेट गर्ने ठानिएको छ ।

दुर्व्यवहार प्रकरण

क्याथोलिक इसाईहरूका सर्वोच्च धर्मगुरु पोपले ३९ वर्षमा पहिलो पटक आयरल्याण्डको भ्रमण गर्दैछन् । प्रत्येक तीन वर्षमा आयोजना हुने विश्वव्यापी क्याथोलिक भेलामा सहभागी हुन पोप फ्रान्सिस आयरल्याण्ड पुगेका हुन् । तर दशकौँअघि आयरल्याण्डमा पादरीहरूबाट भएका बाल यौन दुराचारसहित त्यहाँका रोमन क्थाथोलिक संगठनहरूमा भएका विभिन्न प्रकरणहरूका कारण पोपको भ्रमण छायाँमा पर्न सक्ने ठानिएको छ । सरकारी भवन डब्लिन क्यासलमा सम्बोधनका क्रममा, पोप फ्रान्सिसले राजनीतिज्ञहरू तथा अन्य सरकारी अधिकारीहरुलाई, बालबालिकाको संरक्षण तथा शिक्षाको जिम्मेदारी पाएका गिर्जाघरका सदस्यहरूबाट भएको दुर्व्यवहारसम्बन्धी प्रकरणबारे पनि आफूले उल्लेख गर्नुपर्ने बताए । उनीहरुले भोगेको पीडा आफूले बोध गरेको पनि पोपले बताए । गत सोमबार विश्वभर रहेका करिब सवा अर्ब रोमन क्थाथोलिक इसाईहरुलाई सम्बोधन गर्दै पोप फ्रान्सिसले एउटा खुला पत्र लेखेका थिए । सो पत्रमा पादरीहरूबाट भएका खराब कार्यहरूको गिर्जाघरबाट ढाकछोप भएको स्वीकार गर्दै उनले निन्दा गरेका थिए । तथा समस्यालाई जडबाटै उखेल्न सहयोग गर्न आह्वान पनि गरेका थिए । विश्वभर रहेका कैयौँ गिर्जाघरहरू बाल यौनदुराचारसम्बन्धी प्रकरणमा मुछिएका छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending