Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

फेसबुक र ट्विटरप्रति ट्रम्प किन क्रुद्ध भए ?

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गुगलमा खोजी गर्दा वाम झुकाव राख्ने खालको परिणामहरू मात्र धेरै देखिने भन्ने आरोप लगाएका छन् । तर त्यो आरोप सत्य नभएको गुगलले बताएको छ । ट्रम्पले गुगलमा खोज्दा देखाउने सामाग्रीहरू धाँधलीपूर्ण रहेको भन्दै त्यसबारे आफूले अनुसन्धान गर्ने प्रतिवद्धता जनाएका छन् । गुगलले भने ट्रम्पको आरोप अस्वीकार गरेको छ । ट्रम्पले थोरैमात्रै सुनिएको एउटा अनुदारवादी ब्लगले संकलन गरेको सूचनाका आधारमा त्यस्तो भनेको उनको ट्वीटहरूबाट देखिन्छ । उक्त ब्लगले \'ट्रम्प न्यूज\' भनेर गुगलमा खोज्दा ९६ प्रतिशत समाचारहरू वाम विचारधारामा झुकाव राख्ने सामाग्रीहरू देखाउने जनाएको छ । उक्त ब्लगका लेखकले खोजीका क्रममा भेटिएका त्यस्ता सामाग्रीहरूको वैज्ञानिक आधार नभएको बताएका छन् । ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले गुगलले धेरै मानिसबाट धेरै फाइदा लिएको र यो निकै गम्भीर विषय भएको बताएका छन् । ट्रम्प प्रशासनसँग निकट रहेका एकजनाले त्यसको नियमनबारे सोचिरहेको जनाएका छन् । गुगललाई लगाएको दोषमा फेसबुक र ट्वीटरलाई पनि मिसाउँदै ट्रम्पले उनीहरू निकै सचेत रहनुपर्ने र त्यसबारे आफूहरूलाई थुप्रै उजुरीहरू आइरहेको बताएका छन् । तर त्यसबारे आफूले कस्तो कारबाही गर्ने भन्ने चाहिँ उनले खुलाएनन् । त्यसअघि गुगलबारे ट्रम्पका उच्च आर्थिक सल्लाहकार ल्यारी कड्लोले ह्वाइट हाउस प्रशासनले त्यसको नियमनबारे आफूहरूले हेरिरहेको र त्यसबारे अनुसन्धान र विश्लेषण गर्ने बताएका थिए । गुगलले भने आफ्नो सर्च इन्जिनले कुनै राजनीतिक मुद्दा तय नगरेको र कुनै पनि राजनीतिक सिद्धान्तप्रति पनि पूर्वाग्रह नराखेको जनाएको छ । एउटा विज्ञप्तिमा गुगलले २ सय भन्दा बढी मानकहरूले साइटले खोजीका क्रममा सबैभन्दा माथि के देखाउने तय गर्ने जनाएको छ । विश्लेषकहरूले ट्रम्पको दाबीमा केही समर्थन गर्न सकिने तर उनले कसरी कदम चाल्छन् भन्ने चाहिँ स्पष्ट नभएको बताएका छन् ।बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy