Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

सगरमाथा क्षेत्रमा हिमपहिरो फुट्यो

सगरमाथा क्षेत्रको एउटा हिमपोखरी सोमबार राति विस्फोट हुँदा केही पुल र बाटो बगाएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–यसअघि कहिल्यै अनुगमन नगरिएको छु रावा (स्थानीय नाम) हिमपोखरी विस्फोटपछि खोलामा आएको बाढीको असर पाङ्बोचेसम्म परेको छ। ल्होत्से र आइल्यान्ड पिकको बीचमा रहेको यो पोखरीबारे सरकारी तथा हिमतालबारे काम गर्ने कुनै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग जानकारी छैन। ठूला ढुंगासहित गड्गडाउँदै इ जा खोला बगेपछि खतराको सूचीमा रहेको इम्जा हिमताल विस्फोट भएको हल्ला रातभरि चलिरह्यो। सरकार तथा स्थानीय बासिन्दाले समेत कुन ताल फुट्यो भन्ने मंगलबार बिहानसम्म पत्ता लगाउन सकेनन्। ठूला ढुंगा बगाउँदै चर्को आवाजसहित बाढी आएपछि इम्जा नै फुटेको निष्कर्ष निकाल्दै खु बु क्षेत्रको पाङ्बोचे र दिङ्बोचेका बासिन्दा मध्यरातमा टर्चलाइट बालेर बस्तीभन्दा माथि डाँडामा चढेका थिए। पोखरी फुटेर बाढी आएपछि पाङ्बोचेसम्म खोलामा पानीको सतह तीन मिटर बढेको स्थानीय बासिन्दाले अन्नपूर्णलाई बताए। बाढीको त्रासले रातभर नसुतेका स्थानीय बासिन्दाले बिहान मात्रै इम्जा हिमताल नभएर नजिकैको अर्को पोखरी विस्फोट भएको थाहा पाए। स्थानीय बासिन्दा तथा सगरमाथा मध्यवर्ती क्षेत्रको उपभोक्ता समूहका अध्यक्ष आङछिरी शेर्पासहितको समूहले हेलिकोप्टरबाट इम्जाको अनुगमन गर्ने क्रममा छु रावा पोखरी फुटेको पत्ता लगाएको थियो। ‘इम्जा फुटेको छैन। यसको अवस्था जस्ताको तस्तै छ। नजिकैको अर्को पोखरी फुटेको हो’ इम्जा हिमताल हेरेर फर्किएका शेर्पाले दिङ्बोचेबाट टेलिफोनमा भने। मंगलबार रातिसम्म कोही सरकारी अधिकारी इम्जा क्षेत्र पुगेका छैनन्। इम्जा हिमताल एक सय ३० हेक्टर क्षेत्रफलमा फैलिएको छ। यसको ल बाइ दुई किलोमिटर, चौडाइ ६ सय ५० मिटर र गहिराइ ४२ मिटर छ। हिउँ पग्लिएर बनेको यो ताल हरेक वर्ष ३५ मिटरका दरले बढिरहेको विभिन्न अध्ययनले देखाएको छ। हिमतालबारे अध्ययन गरिरहेका विज्ञहरूले मंगलबार दिनभर छलफल गर्दा पनि फुटेको पोखरी पत्ता लगाउन सकेनन्। यसअघि कहिल्यै जानकारीमै नभएको यो पोखरीबारे कतै जानकारी छैन। ुकुन पोखरी कसरी फुट्यो, कति पानी थियो भन्नेबारे कुनै जानकारी छैनु, छलफलमा सहभागी जलवायु तथा मौसम विज्ञान विभागका मौसमविद् विक्रम श्रेष्ठले भने। यसैबीच च्छो रोल्पा हिमताल आसपासको जमिन भूकम्पपछि धसिएको छ। केही वर्षअघि हिमतालमा सतह बढेपछि पानी बाहिर पठाउने क्रममा तालको बायाँपट्टि पुरिएको क्षेत्र अहिले धसिएको हो।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: