NTC Banar
Khabar Dabali ९ चैत्र २०७९ बिहीबार | 23rd March, 2023 Thu

बाबुरामबारे सहपाठीकाे टिप्पणी : बाबुराम जत्तिको हुन पाए मेरो बा कति खुसी हुनुहुन्थ्याे होला !

मैले सानैमा स्कूलमा देखेकाे बाबुराम भट्टराई यिनै थिए । म भन्दा ठीक एक क्लास माथि । म भरखर भर्ना भएकाे थिएँ तर उनी पहिल्यै देखि । मैले बाबुरामकाे बिषयमा सुनेकाे तर चिनेकाे थिइन । सधै हाेलफस्ट हुने मान्छे कस्ताे हाेला भन्ने लाग्थ्याे मनमनै । म भर्ना भएकाे दुई महिनापछि मात्र साथीले टाढैबाट यिनै हुन बाबुराम भनेकाे भनेर चिनाई दिए । मैले बाबुरामलाई निकै मन र ध्यान दिएर हेरें र मनमनै केटाकेटी बुद्धीले अनुमान खुबै गरें "यस्ताे नखाने चरा जस्ताे मसिनाे मान्छे सधै स्कूल टप गरेकै हाेला त ? मलाई यसै कुराले धेरै दिन सतायाे । उनी खित्का छाेडेर हाँसेकाे मैले कहिल्यै देखिनँ । पातलाे शरीर अहिलेकाे भन्दा धेरै गुना राम्राे नरम गाेराेमा हल्का पहेलाे छाला भएकाे गम्भीर अनुहार धेरै उपेन्द्र देबकाेटाकाे र भीम गुरु (नेपाली शिक्षक) सँग रहने । देबकाेटा बाेलिरहनु पर्ने, उनकाे मुसुक्क हास्ने अति कम बाेल्ने मात्र भैरहेकाे देख्थें । रिजल्ट हुँदै थियाे सबै बाबुराम नै हुन्छन हाेल फस्ट भनी भित्रभित्रै कुरा गर्थे । म चाहिँ नयाँ विद्यार्थी भएकाेले खै के हाेला जस्तै लाग्थ्याे । उनकाे मलिन अनुहार, कत्ति फूर्तिफार्ति र बाेलेकाे पनि त्यति नसुनेर मैले भेउ पाउन सकेकै थिइन । रिजल्ट भर्गिज हेडसरले सुनाए, अाखिर बाबुरामले अत्यधिक अंकले हाेलफस्ट मारे । मलार्इ गजव लागिरह्याे । अनि त्यही दिनदेखि बल्ल मैले खाटी बाबुरामलाई चिनेकाे हुँ । शिक्षकहरू सबैकाे अति प्रिय, बढी एकान्त प्रेमी, अति अनुशासित,अघिल्लाे बेन्चमा शीतल भएर बस्ने, धेरै साेचिरहे जस्ताे भान हुने, कसैलाई पीडा नदिने, तल भन्ज्याङकाे पँधेराेबाट भूड्काेमा पानी बाेकेर ठाउँठाउँमा बिसाउँदै ल्याउने (त्यतिखेर सबैले अाफ्नाे पालाकाे दिनमा पिउने पानी बाेकेर स्कूलसम्म पुर्‍याउनुपर्ने चलन थियाे, स्कूलमा पानीकाे ब्यबस्था थिएन), कसैसँग अनाबश्यक कुरा नगर्ने र फूर्तिफार्ति पटक्कै थिएन । खेलकुदमा त्यति सहभागी नहुने । बादबिबाद र लेख, निबन्ध प्रतियाेगितामा भाग लिने । कहिले भन्ज्याङमा डेरा कहिले हाेस्टेलमा यस्तै थियाे उनकाे बसाई । ५ काे रिजल्टबाट मैले राम्रैसंग चिनेकाे बाबुरामले क्रमशः ६, ७ मा पनि झन् फड्काे मार्दै हाेलफस्टमा नै कायम हुदासम्म एउटा सानाे मसिनाे भूलसम्म गरेकाे देख्न सुन्नमा अाएन । शिक्षकदेखि उनी भन्दा माथि तहका बिद्यार्थी सम्मले कदर गरेकाे देख्दा मलाई लाेभ लाग्थ्याे र मनमनै बाबुराम जत्तिकाे हुन पाए मेराे बा कति खुसी हुनुहुन्थाे हाेला भनेर । अाखिर यहि उद्देश्यले मेराे अध्ययनकाे गुणस्तरले पनि छिटै फड्काे मारिरहेकाे थियाे । ७ कक्षाबाट म अर्काे स्कूलमा जानू पर्ने भयाे तर मैले बाबुरामकाे सकिनसकी नक्कल गरिनै रहें । बाबुरामले लुइटेलमा बीट गर्दै गएकाे सुनिरहैकै थिएँ र उनकाे एस एल सि रिजल्टकाे काैतुहलता मलाई बेसरी थियाे । अाखिर भ्याली भन्दा बाहिरकाे स्कूलबाट पहिलाे बाेर्डफस्ट उनैकाे नाउ दर्ज भै छाडयाे । मेराे घरमा बुबाहरूसँग त्याे दिन निकै प्रसंग चल्याे । त्यसपछि पनि अमृत साइन्स कलेजकाे बाबुरामकाे नाम निकै चल्दै थियाे, अाखिर त्यहा पनि बाेर्ड टप भै उच्च शिक्षाकाे लागि बाहिर गएपछि केही बर्ष उनकाे बिषयमा केही सुनिएन, पछि त्यहा पनि यस्तै टप भएकाे हल्ला अायाे । देशबासी सबैलाई खुसी पार्न सफल भए । अाखिर उनी नेपालकाे विश्व परिचित विद्वान वनेर देश र हाम्राे इज्जत बढाई छाडे । बिद्वानहरू विदेश पलायन हुनुहुन्न स्वदेश मै बसेर र केही काम गर्नै पर्छ भन्ने उदाहरण देखाइ रहेछन बाबुरामले । निजी स्वार्थमा लागेकाे देखिएन र झन जनताकाे सहानुभूति जागिरहेकाे छ। बाबुरामलाई अप्ठ्याराे निक‌ै परेकाे छ । माथिल्लाे पदमा पुगेर राज्यकाे पावर हातमा नलिएसम्म उनले काम गर्ने अवसर पाउन्नन्, याे सबैलाई जगजाहेर नै छ । उनी याे देशकाे द्रूत बिकासकाे लागि भिजन सहितका सक्षम ब्यक्ति पनि हुन । यस्ताे मान्छे पाउनु नेपालीकाे लागि अहाे भाग्य हाे । देश बनाउन बाहिरबाट मान्छे हायर गर्नु पर्ने अाबश्यकता परेन । त्यसैले हामीले कुराे बुझेेर बाबुरामलाई काम गर्ने माैका दिनु पर्छ र बाबुरामले पनि देश जनताकाे लागि निष्पक्ष भएर काम गर्नु पर्छ । खुट्टा तान्ने प्रबृत्ति राेकिनु र काम गर्ने बाटाे फुकाई दिनु पर्छ । अनि बल्ल काे रहेछन खाेपलाङे बाबुराम थाह हुन अाउँछ । बाबुरामकाे हातखुट्टै बाधेर ला‌ै काम गर भनेर त बाबुरामकाे केही लाग्दैन । (www.baburambhattarai.com बाट साभार)
Khabardabali

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page