Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

सरकारी नीतिप्रति उद्योगी–व्यवसायीको आक्रोश

भक्तपुर, उद्योगी व्यवसायीहरुले सरकारी नीतिप्रति आक्रोश व्यक्त गरेका छन् । विध्वङ्सकारी भूकम्पपश्चात राष्ट्र निर्माणमा सरकारले अपनाउन खाेजेकाे रवैयाप्रति उनीहरू अाक्राेशित भएका हुन् । रफत सञ्चार क्लब भक्तपुरले बुधबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनीहरुले सरकारले भूकम्पपश्चातको पीडालाई अवसरमा बदल्न सक्ने नीति ल्याउन नसक्दा अन्यौलता छाएको बताए । नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजाले निर्माण व्यवसायीहरुलाई दोष लगाउनुभन्दा पनि अब बन्ने नीतिलाई व्यवहारमा लागू गर्नु पर्नेमा जोड दिए । उनले उपत्यकाभित्र जोखिमपूर्ण अवस्थामा रहेका भवनहरु भत्काउने आधुनिक उपकरणको अभाव रहेको र केही दिनभित्रै महासंघले ल्याउने तयारी गरिरहेको बताए । उनले हाल उपत्यकाभित्र रहेका जोखिमपूर्ण भवनहरु आँखाले नियालेको भरमा स्टिकर टाँस्नुपर्ने बाध्यताको अन्त्य नयाँ उपकरणको आगमनसँगै सकिने बताए । उनले भने– \'यो समयमा सरकारले भवन निमार्णका साथै सामूहिक वस्तीको योजनाबद्ध रुपमा बिस्तार गरिनुपर्छ ।\' कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष किशोर प्रधानले सरकारको सञ्जालपश्चात दोस्रो ठूलो पहुँच भएको उद्योग वाणिज्य महासंघसँग सहकार्य हुन नसक्दा उद्योगी व्यवसायीले पनि केही गर्न नसकेको बताए । उनले भने– \'भूकम्पपश्चात सरकारले भवन निर्माणमा रोक लगाएर हार्डवेयर व्यवसायी र कामदारलाई मर्कामा पारेको छ ।\' सरकारले भूकम्प प्रभावित १४ जिल्लामा भवन निमार्णमा रोक लगाउनु उपयुक्त भए तापनि अन्य ६१ जिल्लामा रोक लगाएर समस्या सिर्जना गरेको उनले दावी गरे । प्रधानले लामो समयसम्म स्थानीय निकायमा पदाधिकारीको अभाव रहेको र सरकारप्रतिको अविश्वास बढ्दै गएकाले विदशी सहयोगमा समेत उद्योग वाणिज्य महासंघलाई अग्रसर बन्न आग्रह गरेको बताए । नेपाल निर्माण सामग्री व्यापार महासंघका संस्थापक महासचिव शिव मानन्धरले अब बन्ने घरहरु स्थानीय निकायका इन्जिनियरहरुले स्वीकृति प्रदान गरेर मात्र बनाउनुपर्ने  बताए । सर्वसाधारणले सरकारी नियमविपरीत घरहरु निर्माण गरेकाले अहिले भूकम्पले ठूलाे क्षति पुर्याएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending