पोखरा रोटरीले गोरखाका ९ विद्यालयलाई जस्तापाता बाँड्यो
जेष्ठ १३ गते, २०७२ बुधवार 27th May, 2015 Wed१७:५६:०० मा प्रकाशित
पोखरा, रोटरी क्लव अफ पोखरा फिस्टेलले बुधबार गोरखा जिल्लाको श्रीनाथ गाविसका ८ तथा जौवारी गाविसको १ गरी ९ विद्यालयलाई ८ लाख २५ हजार मूल्य बरावरको १ सय २० बन्डल जस्तापाता बाँडेको छ ।
वैशाख १२ को भूकम्पबाट पूर्ण रुपमा ध्वस्त भएका विद्यालयहरुमा टिनका टहराहरु तयार गरी तुरुन्त पठनपाठन गर्ने वातावरण सिर्जना गर्ने जस्तापाता वितरण गरिएको रोटरीले जनाएका छ ।
रोटरी क्लब अफ फिस्टेलका अध्यक्ष रमाकान्त बरालको अध्यक्षतामा सम्पन्न उक्त जस्तापाता वितरण कार्यक्रममा प्रमुख अतिथिका रुपमा क्षेत्रीय शिक्षा निर्देशक बैकुन्ठप्रसाद अर्याल सहभागी थिए । प्रमुख अतिथिको आसनबाट बोल्दै निर्देशक अर्यालले प्राप्त जस्तापाताबाट सम्पूर्ण समुदाय एकजुट भई जेठ १६ गतेसम्म अस्थायी टहरा निर्माण गररे १७ गतेदेखि विद्यालय सञ्चालन गर्ने वातावरण बनाउन अनुरोध गरे । भूकम्पबाट धेरै भौतिक संरचनाहरु नष्ट भएको अवस्थामा स्थायी संरचना बन्न लामो समय लग्ने भएको हुँदा हाल प्राप्त स्रोत र साधनबाट कक्षाकोठाको निर्माण गरी पठनपाठनको वातावरण बनाउनुपर्ने उनले बताए ।
निर्देशक अर्यालले विपतको यस घडीमा विद्यालयहरुलाई जस्तापाता उपलब्ध गराई सहयोग गरेकोमा रोटरी क्लब अफ पोखरा फिस्टेललाई धन्यवाद दिए । कार्यक्रममा रोटरियनहरु जयन्द्र गौचन, लक्ष्मी थापा, चन्द्रबहादुर सुवेदी, बाबुराम पाठक, मिरा पोखरेलसहित गोरखाका सहायक जिल्ला शिक्षा अधिकारी हेमप्रसाद आचार्य, श्रीनाथकोट स्रोतकेन्द्रका स्रोतव्यक्ति डोलमान श्रेष्ठ, जस्तापाता प्राप्त गर्ने विद्यालयका वि.व्य.स.अध्यक्षहरु, प्र.अ.हरु, शिक्षक र अभिभावकहरु सहभागिता थियो । कार्यक्रमको सञ्चालन लक्ष्मी थापाले गरेकी थिइन् चन्द्रबहादुर सुवेदीले स्वागतमन्तव्य राखे ।
यसैगरी क्लवले जेठ १० गते जनसंस्कृति उ.मा.वि. हुवास, पर्वतमा भूकम्पबाट पीडित परिवारका ५० जना विद्यार्थीहरुलाई १ लाख ४० हजार रुपियाँ बराबरका शैक्षिक सामग्री वितरण गरेको थियो । सो कार्यक्रममा रमाकान्त बराल, विनोद कोइराला, लक्ष्मी थापा, तेजबहादुर गुरुङ र शिवप्रसाद पराजुली सहभागी थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: