Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

‘कसका हुन् कृष्ण सेन ‘इच्छुक’?’

रोल्पा, गत वर्ष एकैसाथ कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवस मनाएका दुई माओवादी पार्टीका पत्रकार संघ–संगठनहरुले यसपालि आ–आफनै तवरले मनाए । रोल्पाका दुई माओवादीसम्बद्ध पत्रकारहरुले कवि, साहित्यकार, लेखक तथा पत्रकार रहेका महान सहिद कृष्ण सेन ‘इच्छु’ को १३औं स्मृति दिवस बेग्लाबेग्लै तवरले मनाएका हुन् । क्रान्तिकारी पत्रकार संघ रोल्पाले बिहान ७ बजे पार्टी कार्यालयमा कार्यक्रम आयोजना गरेर तथा क्रान्तिकारी पत्रकार संगठनले मध्याह्न १२ बजे अलग्गै कार्यक्रमको आयोजना गरेर इच्छुक स्मृति दिवस मनाए । सहभागी सबैले महान् सहिद कृष्ण सेन ‘इच्छुक’ को तस्बिरमा माला तथा अबिर अर्पण गरी श्रद्धाञ्जली अर्पण गरे भने द्वीपप्रज्वलन गरी इच्छुकको स्मरण गरियो । दुबै कार्यक्रममा जिल्लामा रहेका विभिन्न साहित्यिक संस्थाका प्रतिनिधि र मिडियामा आबद्ध पत्रकारहरुको सहभागिता थियो । दुबै कार्यक्रमका सहभागीहरुले गत वर्ष झैं यसपालि पनि सहकार्यमै कार्यक्रम गरिएको भए उपयुक्त हुने सुझाव दिएका थिए । राजनितिक दल, साहित्यकार, पत्रकार र लेखकहरुको सहभागिता रहेको कार्यक्रममा वक्ताहरुले कृष्ण सेन ‘इच्छुक’ सबैका साझा साहित्यकार भएकाले उनको सम्झनामा अन्य संघ–संगठनले पनि भुमिका निभाउनुपर्नेमा जोड दिए । एनेकपा माओवादीका केन्द्रीय सदस्य दिपेन्द्र पुन ‘सिजल’ ले सकारात्मक सोच र नयाँ सिद्धान्त बोकेर अघि बढेका ‘इच्छुक’ समाज र राष्ट्र बदल्ने एक असल मार्गनिर्देशक भए तापनि आज माओवादी पार्टीमा आएको विभाजनले समस्या उत्पन्न भएको बताए । नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपानेले कृष्ण सेन ‘इच्छुक’ समग्र साहित्यजगत् र पत्रकारिताजगतका अभिभावक भएको उल्लेख गर्दै उहाँलाई सबैले सम्मान गर्नुपर्ने बताए । राष्ट्रकै सहिद इच्छुकलाई मार्क्सवादी र क्रान्तिकारी विचारधाराकाले मात्रै नभएर अरु सबैले सम्झनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा बोल्दै राप्ती साहित्य परिषदका केन्द्रीय सचिव रमेश सुवेदीले साहित्यिक धरातलमा आएको यो चिरालाई साम्य पार्नका लागि सबैको भूमिका हुनुपर्नेमा जोड दिए । राष्ट्रिय सहिदलाई पार्टीहरुले आ–आफनै ढंगले सम्झनु दुःखको कुरा भएको उनको भनाइ थियो । पत्रकार महासंघका निवर्तमान अध्यक्ष खेम बुढाले पनि पार्टीगत खिचातानीमा सहिदहरु नै भागबन्डामा पर्ने खतरा रहेको गुनासो गरे । सबैका साझा, प्रतिशील र मार्क्सवादी सिद्धान्त बोकेका इच्छुकलाई भागबन्डा लगाउन खोज्नेसम्मको परिस्थिति आइपुगेकोमा सहभागीहरुले दुःख व्यक्त गरे । आगामी दिनहरुमा इच्छुकको समृति दिवस सबै साहित्यकार र पत्रकारहरुको सहभागितामा संयुक्त रुपमा मनाइनुपर्नेमा सहभागिहरुको जोड थियो । इच्छुक कुशल सात्यिकार र पत्रकारसँगै राजनीतिमा क्रियाशील विराट व्यक्तित्व भएकामा सहभागीहरुको जोड थियो । कार्यक्रमका सहभागी कविहरुले इच्छुकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै कवितावाचन गरे । ‘इच्छुक कसको ?’ भन्दै कवि–कवयित्रीहरुले व्यङ्ग्यात्मक ढंगले प्रश्न समेत गरे । यसैबीच भूकम्पपीडित पत्रकारहरुको उद्धार एवम् सहयोगार्थ क्रान्तिकारी पत्रकार संघ जिल्ला शाखा रोल्पाले आर्थिक संकलन गर्ने निर्णय गरेको छ । बुधबार रोल्पाको लिबाङमा सम्पन्न बैठकले भूकम्प प्रभावित पत्रकारहरुका लागि सहयोग संकलन अभियान चलाउने  निर्णय गरेको हो । उक्त अभियान सञ्चालन गर्न रेडियो जलजला, रोल्पा समाचार राष्ट्रिय साप्ताहिक र सनस्टार राष्ट्रिय साप्ताहिकसँग सहकार्य हुने भएको छ । संघमा आबद्ध रही विभिन्न पेशा–व्यवसायमा लागेका सञ्चारकर्मीहरुबाट न्यूनतम १ हजार उठाउने निर्णय पनि बैठकमा पारित भएको क्रान्तिकारी पत्रकार संघ रोल्पाकी अध्यक्ष मनिषा श्रेष्ठले बताइन् । बैठकमा संघका केन्द्रीय सचिवालय सदस्य मौसम रोका र केन्द्रीय सदस्य मानसिंह विश्वकर्माको उपस्थिति थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy