Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

राष्ट्रिय क्रिकेट टिममा डिसिएका २ खेलाडी थपिए

धनगढी क्रिकेट एकेडेमीले थप २ जना खेलाडी राष्ट्रिय क्रिकेट टिमलाई दिन सफल भएको छ । यही सेप्टेम्बर १२ देखि भारतको लखनउमा हुन गईरहेको भारत, अफ्गानिस्तान र नेपालबीचको यु १९ त्रिकोणात्मक खेलका लागि भारतले दिएको निमन्त्रणामा नेपालको टोली भारत प्रस्थान गर्न लागेको हो । जसमा धनगढी क्रिकेट एकेडेमीका विपिन रावल र लोकेश बमले आफ्नो ठाउँ बनाउन सफल भएका छन् । दुवै यस एकेडेमीका नियमित प्रशिक्षणरत खेलाडी हुन् । २०६९ सालमा स्थापित धनगढी क्रिकेट एकेडेमीमा हाल लग्भग १०० जना खेलाडी नियमित प्रशिक्षणमा रहेका छन् । क्रिकेट प्रशिक्षणका साथै यस् एकेडेमीले विभिन्न प्रतियोगिताहरुमा सहभागिता जनाउने, खेलाडीहरुलाई नेपाल, भारत तथा श्रिलंकाका विभिन्न स्थानमा लागि त्यहाँका विभिन्न क्लबहरुसँग खेलहरु खेलाउने र विभिन्न क्रिकेट प्रतियोगिताहरुको आयोजना समेत गर्दै आईरहेको छ । जसमध्ये धनगढी प्रिमियर लिग भाग १ र भाग २ दशकै ठूलाे र प्रतिष्ठित क्रिकेट प्रतियोगता हुन् । धनगढी क्रिकेट एकेडेमी निरन्तर क्रिकेट खेलाडी उत्पादनमा सफल भईरहेको छ । यसअघि यस एकेडेमीका रोशन अधिकारी, सुवोध ऐर र नारायण जोशी जस्ता खेलाडीहरु नेपालको यु १६ टिमबाट अन्तराष्ट्रिय प्रतियोगिता खेलीसकेका छन् भने विपिन रावल र लोकेश बम पहिलो पटक यु-१९ अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि स्थान बनाउन सफल भएका छन् । धनगढीलाई क्रिकेटको सहरको रुपमा चिनाउन सफल धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले नेपाली टिमलाई खेलकालागि शुभकामना व्यक्त गर्दै यस एकेडेमीका खेलाडी द्वय विपिन रावल र लोकेश बमलाई राम्रो प्रदर्शनको लागि शुभकामना व्यक्त गरे । अझैपनि उमेर समुहदेखि लिएर सिनियर नेपाली क्रिकेट टिममा स्थान बनाउनका लागि यहाँका खेलाडीहरुलाई हर तवरले सक्षम बनाउन आफुले हर सम्भव प्रयास गर्ने उनले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending