प्रचण्डलाई राष्ट्रपति,ओलीलाई प्रधानमन्त्री भन्दै बाबुरामका विश्वासपात्रको यस्तो प्रस्ताव
जेष्ठ १४ गते, २०७२ बिहिवार 28th May, 2015 Thu१०:३६:३१ मा प्रकाशित
काठमाडौं, एमाओवादी पोलिटब्युरो सदस्य तथा बाबुराम भट्टराई सरकारका प्रमुख राजनीतिक सल्हाकार देवेन्द्र पौडेल सुनिलले प्रचण्डलाई राष्ट्रपति तथा केपी ओलीलाई प्रधानमन्त्री बनाउनु पर्ने प्रस्ताव अघि सारेका छन् ।
उनले सामाजीक सञ्जाल फेसबुक मार्फत बरिष्ठ नेता बाबुराम भट्टराईललाई उच्च स्तरिय पुननिर्माण प्राधिकरणको नेतृत्वको लागि प्रस्ताव गरेका छन् ।
छलफलको लागि प्रस्ताव गरेको जानकारी गराउँदै उनले लेखेका छन् ‘महाभूकम्प पछि सबै देश निर्माणमा जुट्नुपर्छ । उनको प्रस्तावको पूर्ण अंश यस्तो छ :
छलफका लागी सार्वजनीक प्रस्ताव
महाभुकम्प पछि अव सबै संहालिएर देश निमार्णमा जुट्नु पर्छ । आग्रह पूर्वाग्रह तथा आरोप प्रत्यारोप सबै छाडेर पूर्ननिर्माण अभियानमा पहिलो तहका नेताहरु, कर्मचारी, सुरक्षा संयन्त्र , नागरीक समाज, बौद्धिक समुदाय आदिका ब्यक्तिवहरुले “पूर्ननिर्माण अभियान” सुभारंभ गरेर दोस्रो तहका हरुलाई फिल्डको जिम्मेवारी सुम्पिनु पर्छ । जसका लागी ..
सर्व पक्षिय राष्ट्रिय सरकार – नेतृत्व के. पी ओली
सुप्रिम राजनीतिक ब्युरो – नेतृत्व सुशिल कोईराला र पूर्व प्रधानमन्त्रीहरु
उच्चस्तरिय पूनर्निमाण प्राधिकरण – नेतृत्व डा. बावुराम भट्टराई
राष्ट्रपति – पुष्पकमल दाहाल (प्रचण्ड)
अन्तराष्ट्रिय सहयोक केन्द्रीकरण र ब्यवस्थापन संयन्त्र – शेर बहादुर देउवा, माधव नेपाल, बिजय कुमार गच्छदार, झलनाथ खनाल, मोहन बैध
पूनर्निमार्ण फिल्ड ब्यवस्थापन समिति – मुख्य सचिव, सेना प्रमुख, शसस्त्र प्रमुख, जनपथ प्रमुख, प्रत्यक पार्टी र नागरीक समाजका प्रतिनिधिहरु ।
महानगरपालिका, उप तथा नगरपालिका , गा वि स र वार्ड सम्म सोही अनुसारको संयन्त्र निमार्ण ।
न्युनतम सय खर्बको बजेट ब्यवस्थापन, पूर्व अर्थ मन्त्री, अर्थ सचिव , बैंकर्ष करपोरेट हाउस र उद्योग बाणिज्य संघ आदिका प्रतिनिधी भएको उच्च स्तरीय आर्थीक विभाग निर्माण ।
दश बर्षे पूनर्निमाण अभियान , पाँच पाँच बर्षको दुई कार्यकाल र प्रत्येक पाँच बर्षमा पचाँस खर्वको बजेट विनियोजन गर्ने ।
यो प्रकृया शुरु गरे पछि हालको राजनीतिक नेतृत्वले नै आउदो ६ महिना भित्र संविधान पनि घोषणा गर्ने । त्यस पछि यो नेतृत्व उच्च स्तरीय निर्देशक समितिमा बदलीने र नँया पुस्तालाई नेतृत्व हस्तानतरण गर्ने ।
हाम्रो देशमा मुख्य तया अब तिन पार्टीको मात्रै आवश्यकता देखिन्छ । पहिलो सम्पूर्ण वाम पन्थीहरुको एउटै केन्द्र “नेपाल कम्युनिष्ट पार्टी”, दोस्रो नेपाली कांग्रेस र तेस्रो राजावादीहरुको पार्टी ।
यो किन भनिएको हो भने नेपालमा यती बेला तिन प्रवृतिका राजनीतिक धाराहरु सक्रिय छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: