Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

राष्ट्रपतिसँगै उपरखुट्टी लगाएर बस्ने यी कस्ता मन्त्री ?

काठमाडौं, अर्थमन्त्री रामशरण महत संसदीय राजनीतिमा छुद्र तर हक्की स्वभावका मानिन्छन् । महतलाई नजिकबाट बुझ्नेहरु उनलाई ‘डन’ स्वभावका मन्त्रीका रुपमा बुझ्छन् । उनको डनगिरि विभिन्न चरणमा नदेखिएको भने होइन । प्रधानमन्त्री सुशिल कोइरालामाथि हैकम जमाउँदै आएका उनी मन्त्री परिषद् भित्रै दादागिरि गर्छन् । उनको दादागिरिको परिसूचक बेलाबेला उच्च हुने गर्दछ । पछिल्लो समय राष्ट्रपति रामवरण अगाडिसमेत आफ्नो हर्कत देखाएका छन् । मर्यादाको सामान्य नियम अनुसार राष्ट्रपतिसँगै एउटै कुर्सीमा बस्ने अधिकार कुनै पनि मन्त्रीलाई हुँदैन । राष्ट्रपति सँग प्रधानन्यायाधिस र प्रधानमन्त्री मात्रै बस्न पाउँछन् । मन्त्रीहरुले राष्ट्रपतिभन्दा पछिल्लो तहमा बस्नुपर्ने प्रावधान हुन्छ । तर बुधबार भने फरक दृष्य देखियो । सैनिक मुख्यालय जंगीअड्डामा सेनाको क्षती बुझ्न राष्ट्रपति रामवरण यादव पुगेका थिए । सँगै अर्थमन्त्री रामशरण महत पनि थिए । राष्ट्रपतिलाई दायाँ पारेर अर्थमन्त्री रामशरण महत बसे । सँगै रहेका राष्ट्रपति यादव दुबै खुट्टा तल राखी मर्यादित भएर बसेको देखिन्छ । सामान्य जिउडालको समेत ख्याल नगरि उपरखुट्टी लगाएर बसेका उनले राष्ट्रपतिसँगै जंगीअड्डामा सेनापतिबाट क्षती विवरण सुने । राष्ट्रपतिसँगै उपरखुट्टी लगाएर बसेको असहज दृष्य हेर्न राष्ट्रपति कार्यालयका मर्यादा पालकसमेत बाध्य भए । ‘मन्त्रीज्यू जस्तो मान्छेलाई हामीले कसरी सम्झाउनु, सम्झायो भने पनि हप्काइहाल्नु हुन्छ की जस्तो लाग्छ ।’ एक मर्यादा पालकले भने ‘मन्त्रीहरुले राष्ट्रपतिज्यूसँग त्यसरी बस्न मिल्दैनँ ।’ राष्ट्रपतिका कानुनी सल्लाहकार ललित बस्नेत मन्त्रीहरुले मर्यादा ख्याल गर्नुपर्ने बताउँछन् । ‘कहिलेकाहिँ अस्वभाविक रुपमा गल्तीहरु हुन्छन्,’ उनी भन्छन् – ‘तर रामशरण महत मर्यादाको ख्याल गर्ने मन्त्री हुन् हिजो कसरी त्यस्तो देखियो मलाई थाहा भएन ।’ एमाले तर्फबाट वर्तमान सरकारका एक मन्त्रीका अनुसार मन्त्रीपरिषद्को बैठकमा समेत अर्थमन्त्री महतले मर्यादाको ख्यालै गर्दैनन् । ‘प्रधानमन्त्रीज्यूलाई पनि ठाडो स्वभाव गर्नुहुन्छ ।’ ती मन्त्रीले भने – ‘प्रधानमन्त्रीज्यू, महतको हप्की सुन्ने वित्तिकै स्विकारोक्तिको भावमा टाउको हल्लाइहाल्नुुहुन्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending