श्रीलङ्काको सरकारले देशमा भएका हिन्दू मन्दिरहरूमा पशुबलिलाई प्रतिबन्ध लगाउन सहमति व्यक्त गरेको छ । सरकारका एक प्रवक्ताले बीबीसीलाई बताएअनुसार पशुबलिलाई प्रतिबन्ध लगाउने प्रस्ताव हिन्दू धार्मिक मन्त्रालयले गरेको हो र अधिकांश उदार हिन्दू समूहहरूले त्यसको समर्थन गरेका छन् ।
केही हिन्दूहरूले मन्दिरमा बोका, पाडा र कुखुराको बलि चढाउने गर्छन् । बौद्ध धर्मावलम्बीको बाहुल्य रहेको श्रीलङ्कामा \'अमानवीय\' भन्दै बलिप्रथाको लामो समयदेखि विरोध हुँदै आएको छ । हिन्दू र मुस्लिम पर्वहरूमा रगत बगाएर पशुपक्षीहरूको बलि दिने चलन छ। त्यसबाट पशुअधिकारवादी र बौद्ध समूहहरू आक्रोशित हुने गरेका छन् । धेरै हिन्दूहरूले बलि दिन छोडेका छन् । तर बलि दिनेहरूले भने सो प्रतिबन्धले आफ्नो धार्मिक स्वतन्त्रताको हनन हुने तर्क गरेका छन् । आफ्नो परम्परामा प्राचीन समयदेखि नै बलिप्रथा चलेर आएकाले त्यसलाई निरन्तरता दिन पाइनुपर्ने उनीहरूको माग छ । पशुबलिसम्बन्धी नयाँ कानुनले मुसलमानहरूको परम्परालाई भने छुने छैन । श्रीलङ्कामा मुसलमानहरू तेस्रो ठूलो समुदायका रूपमा बसोबास गर्दै आएका छन् । केही वर्षयता त्यहाँ धार्मिक हिंसाका घटनाहरू बढेका छन् । गत मार्च महिनामा भएको मुसलमानविरोधी दङ्गामा तीन जनाको मृत्यु भएको थियो। त्यति बेला मुसलमानहरूको स्वामित्वमा भएका झन्डै ४५० घर र पसलहरू क्षतिग्रस्त भएका थिए । बीबीसीयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: