Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

चिनीयाँ आश्वासनबाट मडुरो उत्साहित

काराकास, ३१ भदौ । भेनेजुएलाका राष्ट्रपति निकोलास मडुरोले तेल उद्योगमा लगानी बढाउन चीनले व्यक्त गरेको नयाँ प्रतिबद्धताबाट आफू उत्साहित भएको बताएका छन् । मुलुकको अर्थतन्त्र मुख्यरुपमा तेलमा आश्रित रहेको भेनेजुएलामा विगत तीन दशकमा तेल उत्पादनमा लगानी वृद्धि हुन सकेको छैन ।

विश्लेषकहरुले सरकारले तेल उत्खनन र प्रशोधनका क्षेत्रमा पर्याप्त ध्यान नदिँदा राज्य सञ्चालित पीडीभीएसएको पूर्वाधार कमजोर अवस्थामा पुगेको छ र तेलको खोजमा लगानी हुन सकेको छैन । तेलबाट आर्जित राजश्व वित्तीय घाटाको व्यवस्थापनमा मात्र प्रयोग गर्नुपर्ने अवस्था छ । चीनको भ्रमणमा रहेका राष्ट्रपति मडुरोले राज्य सञ्चालित टेलिभिजनलाई अन्तर्वार्ता दिँदै भने, “तेलको उत्पादन, सुनको उत्पादनका साथै ५०० भन्दा बढी विकास परियोजनामा वित्तीय लगानी गर्ने चीनको प्रतिबद्धता आएको छ ।” राष्ट्रपति मडुरो शुक्रबारदेखि बेइजिङको भ्रमणमा छन् । मडुरोलाई चीनका राष्ट्रपति सी जिनपिङले बेइजिङमा स्वागत गर्नुभएको थियो । उहाँले चिनीया विकास बैंक र चिनीया राष्ट्रिय पेट्रोलियम निगमका पदाधिकारीसँग भेटघाट गरेका थिए । बेइजिङबाट यसअघि नै ५० अर्ब अमेरिकी डलर ऋण लिएको भेनेजुएलाले अझै २० अर्ब डलर भुक्तानी गर्न बाँकी छ । भेनेजुएलाले चीनलाई तेल बिक्री गरी ऋणको भुक्तानी पनि गरिरहेको छ । चीनले भेनेजुएलालाई उपलब्ध गराएको ऋणको भुक्तानीमा सन् २०१६ देखि केही लचक नीति लिएको छ । मडुरोले थप ऋण वा भुक्तानीका बारेमा वा अरु ५ अर्ब डलर ऋणका बारेमा छलफल भए नभएको केही खुलाएनन् । भेनेजुएलाको इकोएनालिटीकाले राष्ट्रपति मडुरो थप ५ अर्ब डलर ऋण लिएर चीनबाट फर्किने सम्भावना रहेको जनाएको छ । साथै भुक्तानी गर्नुपर्ने ऋणको समयसीमा समेत वृद्धि हुनेछ । भेनेजुएला र यसको राज्य सञ्चालित कम्पनी पीडीभीएसएलाई सन् २०१७ मा ऋण नतिरेको आरोपमा आंशिक रुपमा कालोसूचीमा राखिएको थियो । शुक्रबार राष्ट्रपतिले ऊर्जा र खनिज उत्खनन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको थियो । श्री मडुरोले यी परियोजनाका लागि चीनबाट अर्बौं डलर लगानी हुने अपेक्षा गरिएको बताए । भेनेजुएलाको कच्चा तेल उत्पादन अगष्ट महिनामा प्रतिदिन १४ लाख ब्यारेल थियो । सन् २००२ र २००३ यता यो नै सबैभन्दा न्यून उत्पादन हो । भेनेजुएलाको कूल राष्ट्रिय आम्दानीको ९६ प्रतिशत तेलले ओगटेको छ । मडुरोको सरकारले अर्थतन्त्र धरासायी हुनबाट रोक्नका लागि मुद्राको अवमूल्यन गरेको थियो । भेनेजुएलाका १६ लाखभन्दा बढी मानिस खाद्यान्न र औषधिको अभाव भएपछि आफ्नो देश छाडेर दक्षिण अमेरिकाकै अन्य मुलुकमा पलायन भएका छन् । शनिबार काराकासमा उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकन स्टेट अर्गनाइजेसनका प्रमुख लुइस अल्माग्रोले दिएको चेतावनीका विरुद्धमा राष्ट्रसंघ समक्ष आवाज उठाउने बताएका छन् । भेनेजुएलाका नागरिकले मडुरो सरकारका कारण दुःख पाएको भन्दै अल्माग्रोले भेनेजुएलामा सैनिक हस्तक्षेप आवश्यक रहेको बताएका थिए । राष्ट्रपति मडुरोले संयुक्तराज्य अमेरिकाका कारण आफ्नो मुलुकले विभिन्न समस्या झेल्नुपरेको आरोप लगाउँदै आउनुभएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies