Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

जनकपुरधाम–पटना बस सेवा आजदेखि शुरू

अजयकुमार साह । महेन्द्रनगर, धनुषा, ३१ भदौ । नेपालको प्रदेश २ को राजधानी जनकपुर र भारत विहार प्रदेशको राजधानी पटनासम्म चल्ने बहुप्रतीक्षित बस सेवा आजदेखि विधिवत् शुरु भएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज जनकपुरबाट पटनाका लागि बस सेवाको उद्घाटन गरेका थिए ।

आज दिउँसो १२ बजे मुख्यमन्त्री राउतले हरियो झण्डा देखाएर जनकपुरबाट पटनाका लागि प्रस्थान गरेको बसलाई विदाइ गरे । जनकपुर–पटना र काठमाडौँ–बोधगयाका लागि दैनिक चारवटा बस सञ्चालन गरिने बताइएको छ ।

प्रदेश २ को अस्थायी राजधानी जनकपुर र विहार राज्यको राजधानी पटना जोड्ने पटना–जनकपुरधाम बस सेवा गत मङ्गलबारदेखि सञ्चालनमा आएको हो । विहारका मुख्यमन्त्री नितिश कुमारले पटनामा हरियो झण्डा देखाएर पटना–जनकपुर बस सेवाको शुभारम्भ गरेका थिए । गत मङ्गलबारदेखि नै विहारको बोधगया र काठमाडौँ बस सेवा पनि शुरू भएको छ ।

भारत–नेपाल बससेवा नाम दिइएको दुई मुलुकबीच भारततर्फबाट विहार सरकारको विहार राज्य पथ परिवहन विभाग र नेपालको स्वयम्भू मञ्जुश्री प्रालिले बस सेवा सञ्चालन गरेको जनकपुर अञ्चल बस व्यवसायी सङ्घका अध्यक्ष मनोज चौधरीले बताए । अध्यक्ष चौधरीका अनुसार दुईदेशीय बस सेवा व्यवस्थापनका लागि बस रोक्ने स्थानमा सुविधा सम्पन्न कार्यालय सञ्चालन गरिएको छ ।

जनकपुरबाट छुट्ने बस भिट्ठामोड, सीतामढी हुँदै पटना पुग्नेछ भने काठमाडौँबाट छुट्ने बस वीरगञ्ज, रक्सौल, मोतिहारी हुँदै पटना पुग्नेछ । जनकपुर–पटनाको करीब २२५ किलोमिटर दूरीको बसको भाडा भारु २७५, बोधगया–काठमाडौँको भाडा एक हजार २५० र काठमाडौँ–पटनाको भाडा एक हजार १५ रूपैयाँ भारू निर्धारण गरिएको छ ।

एसी सुविधायुक्त यस जनकपुर पटना बस सेवा प्रत्येक दिन जनकपुरबाट बसपार्कबाट बिहान १० बजे रात्रि सेवा ८ बजे हुने बताइएको छ । आज पहिलो बस सेवामा ३० जना यात्रुसहित गाडी प्रस्थान गरेको छ । तीस जना यात्रुमध्ये २६ जना पटनाका लागि र चार जना मुजफ्फपुरको लागि हिँडेको बताइएको छ ।

सन् २०१४ मा नेपाल–भारतबीच सम्पन्न पारवहन सम्झौताअनुसार दुवै देशका धार्मिक, पर्यटकीय शहरबीच बस सेवा सञ्चालन गर्ने सहमति भएको थियो । सहमतिअनुसार काठमाडौँ–दिल्ली तथा काठमाडौँ–वीरगञ्ज–बोधगया बस सेवा सञ्चालन भए पनि जनकपुरधाम–पटना बस सेवा भने सञ्चालन हुन सकेको थिएन ।

वर्षेनी हजारौँ नेपाली स्वास्थ्योपचार, अध्ययन, व्यवसाय तथा धार्मिक–सांस्कृतिक पर्यटनका लागि भारतका विभिन्न शहर जान्छन् । विहार प्रदेशको राजधानी पटना रेल, बस तथा हवाईमार्गबाट समेत जोडिएकाले जनकपुर–पटनाको बस सेवा यात्रुका लागि लाभदायक हुने विश्वास स्थानीय बासिन्दाको छ ।

पहिले पटना पुग्न जनकपुरबाट नेपाली नाका भिट्ठामोडसम्म तथा भिट्ठामोडबाट भारतको सीतामढी–मुजफ्फरपुर हुँदै जानुपथ्र्यो । पटकपटक बस, रिक्सा, टेम्पो आदि परिवर्तन गर्न यात्रीलाई असुविधा हुने गरेको थियो । भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सास्तीसमेत बेहोर्नु परेको थियो । सीधा बस सेवा सञ्चालन हुँदा जनकपुरबाट सरसामानसहित सिधा पटना पुग्न सकिने स्थानीयको भनाइ छ ।

“सिधा बस सेवा सञ्चालन हुँदा सस्तो पर्नुका साथै समय बचत हुन्छ । सुरक्षित पनि हुन्छ”, जनकपुर निवासी सतीशलाल कर्णले बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैशाख १८ गते जानकी मन्दिर प्राङ्गणमा हरियो झण्डा देखाएर प्रारम्भ गरेको जनकपुरधाम–अयोध्या बस सेवा भने अझै पनि नियमित सञ्चालन हुन सकेको छैन । जनकपुरधाम–अयोध्या बस सेवा पनि नियमित सञ्चालन हुनुपर्ने स्थानीय बासिन्दाले बताएका छन् । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy