Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

दुई कोरियाको शिखर बैठक पहिलो पटक प्योङयाङमा बस्दै

उत्तर कोरियाका नेता किम जङ-अन र दक्षिण कोरियाका राष्ट्रपति मून जे-इनबीच मंगलबार उत्तर कोरियाली राजधानी प्योङयाङमा भेटवार्ता हुँदैछ।

सो शिखर बैठकमा दक्षिण कोरियाका अगुवा व्यापारीहरू पनि सहभागी हुने दक्षिण कोरियाली राष्ट्रपति मूनले पुष्टि गरेका छन् । किम र मूनबीच हुन लागेको यो तेस्रो शिखर बैठक हो। प्योङयाङमा भने पहिलो पटक उनीहरूबीच बैठक हुँदैछ । यसअघि दुई कोरियाको सीमा क्षेत्रमा किम तथा मूनबीच शिखरबैठक भएको थियो। यो शिखरबैठकको तयारीका लागि दक्षिण कोरियाली सरकारी अधिकारीहरू, प्राविधिक कर्मचारी तथा पत्रकारहरू आइतवार नै प्योङयाङ पुगिसकेका छन्। मूनले उत्तर कोरियालाई आर्थिक सहयोग प्रदान गर्दै उसका परमाणु अस्त्रहरू परित्याग गराउन उनी इच्छुक रहेको बताइन्छ। गरीबी तथा संयुक्त राष्ट्रसंघीय प्रतिबन्धहरूको सामना गरिरहेको उत्तर कोरिया सो प्रस्ताव सजिलै मान्न सक्ने ठानिएको छ। तर दक्षिण कोरियाको त्यस्तो प्रस्ताव जोखिममुक्त नभएको विश्लेषकहरू बताउँछन्। उत्तर कोरियासमक्ष यति छिट्टै यस्ता प्रस्तावहरू नराख्न कतिपयले सावधान गराएका छन्। अमेरिकाले प्योङयाङलाई आर्थिक सहयोग प्रदान गरेर परमाणु निरस्त्रीकरणको प्रक्रियामा ठोस प्रगति हासिल भएको हेर्न चाहन्छ। गत एप्रिलमा एक दशकभन्दा बढी समयपछि उत्तर र दक्षिण कोरियाली नेताहरूबीच पहिलो पटक भेट भएको थियो र त्यसको एक महिनापछि दोस्रो पटक भेटवार्ता भएको थियो। सन् १९५३ मा दुई कोरियाबीचको युद्ध अन्त्य भए पनि प्राविधिक रूपमा दुई कोरिया अहिले पनि युद्धको अवस्थामा छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किमबीच गत जुनमा भएको ऐतिहासिक शिखर बैठक गराउन मूनले महत्त्वपूर्ण भूमिका खेलेका थिए। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending