Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

फ्लोरेन्स आँधी: विलमिङ्टन शहरसँग सम्पर्क विच्छेद

नर्थ क्यारोलाइनाको तटीय शहर विलमिङ्टन बाढीका कारण अन्य राज्यसँग पूर्ण रूपमा सम्पर्क विच्छेद भएको छ ।

अधिकारीहरूले भित्री तथा बाहिरी सबै बाटोहरू बन्द भएको बताएका छन् । १ लाख २० हजार जनसङ्ख्या रहेको उक्त शहरलाई राज्यभित्रकै एउटा तटको रूपमा व्याख्या गरिएको छ । बाढीको पानीबाट करिब ४ सय मानिसहरूलाई उद्धार गरिएको छ भने धेरैजसो शहरहरूमा बिजुली आपूर्ति बन्द भएको छ ।

कर्फ्यु लम्बियो

मौसमसम्बन्धी जानकारी दिने न्याशनल वेदर सर्भिसले उक्त क्षेत्रमा अवस्थामा सुधार हुन अझै कम्तीमा दुई दिन लाग्नसक्ने सम्भावना रहेको बताएको छ । उक्त शहरमा शनिवार एउटा पसलबाट सामान चोरिएको आशङ्कामा पाँच जनालाई पक्राउ गरिएपछि त्यहाँ लगाइएको कर्फ्यु लम्बाइएको छ । फ्लोरेन्स आँधीले प्रभावित पारेको अमेरिकाको नर्थ क्यारोलाइनाका अधिकारीहरूले जीवनको खतरा बढ्दै गरेको भन्दै चेतावनी दिएका छन् । फ्लोरेन्स आँधीका कारण वर्षा भइरहँदा यसले जीवनको खतरा बढाएको भन्दै नर्थ क्यारोलाइनाका गभर्नर रोए कुपरले सचेत गराएका छन् । गभर्नर कुपरले बाढीको खतरा बढेको भन्दै मानिसहरूलाई बाटोहरूबाट टाढै रहन आह्वान गरेका छन् । शुक्रबारबाट केही मत्थर भएको आँधीका कारण वर्षा भने निरन्तर भइरहेको छ र यो नर्थ क्यारोलाइना हुँदै साउथतिर अघि बढिरहेको छ । अहिलेसम्म आँधीसँग सम्बन्धित घटनाका कारण कम्तीमा १५ जनाको ज्यान गइसकेको छ । त्यसरी ज्यान गुमाउनेमा नर्थ क्यारोलाइनाका १० जना छन् भने साउथ क्यारोलाइनाका पाँचजना रहेका छन् । सञ्चारकर्मीसँग नर्थ क्यारोलाइनाबारे संक्षिप्त कुरा गर्दै गभर्नर कुपरले आँधी अहिलेजस्तो खतरनाक कहिल्यै नभएको पनि बताए । आँधीको असर पहाडी भेगसम्म पुग्दा पहिरो अझै बढ्नसक्ने प्रति पनि गभर्नरले सचेत गराएका छन् । उक्त राज्यमा उद्धार कार्य जारी रहँदा अहिलेसम्म ९ सय भन्दा बढी मानिसको उद्धार गरिसकिएको छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending