Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

जापानी जलसेनाद्वारा चीनले दाबी गरेको क्षेत्रमा अभ्यास

जापानले साउथ चाइना सीस्थित विवादित जलक्षेत्रमा पहिलो पटक पनडुब्बी अभ्यास गरेको छ ।

जापानको जलसैनिक प्रतिरक्षा बलले एउटा पनडुब्बी र तीनवटा जलसैनिक जहाजको प्रयोग गरी शृङ्खाबद्ध अभ्यासहरू गरेको हो । साउथ चाइना सीको ठूलो क्षेत्रमा त्यस्तो अभ्यास गरिएको ठानिएको छ। सो क्षेत्र चीनले आफ्नो स्वामित्व भएको दाबी गर्दै आएको छ । पनडुब्बी अभ्याससम्बन्धी टोक्योको घोषणाबारे बेइजिङले अहिलेसम्म प्रतिक्रिया दिएको छैन । स्रोतको हिसाबले साउथ चाइना सी सम्पन्न मानिन्छ र यसमा पानीजहाजले प्रयोग गर्ने विश्वका अतिव्यस्त मार्गहरू पर्दछन् । गत वर्ष भियतनाम भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले साउथ चाइना सीका कतिपय भाग आ-आफ्नो क्षेत्रमा पर्ने दाबी गर्ने देशहरूबीच मध्यस्थता गर्ने प्रस्ताव गरेका थिए । \"\"

के हो विवाद ?

खासै मानव बसोबास नभएका दुई टापुका शृङ्खला प्यारासेल्स र स्प्र्याट्लिसको स्वामित्वबारे चीन, भियतनाम, फिलिपिन्स, ताइवान र मलेशियाबीच विवाद छ । सो सागरको केही स्थानमा ब्रुनाईको पनि दाबी रहेको छ । चीनले सयौँ वर्षदेखि आफ्नो अधिकार भएको भन्दै साउथ चाइना सीमा भएका टापुहरूको ठूलो भागमाथि आफ्नो दाबी गरेको छ । सन् १९४७ मा चीनले आफ्नो दाबी स्पष्ट देखिने खालको एउटा नक्सा नै प्रकाशित गरेको थियो । [caption id=\"attachment_206663\" align=\"alignleft\" width=\"850\"]\"\" चीनले प्रकाशित गरेको नक्सामा प्यारासेल्स र स्प्र्याट्लिस टापुहरू उसको पूर्ण स्वामित्वमा रहेको देखाइएको छ [/caption] साउथ चाइना सी पानीजहाज हिँड्ने महत्त्वपूर्ण मार्ग हो र त्यहाँ प्रचुर मात्रामा माछा मारिन्छ । सो क्षेत्रमा खनिज तेल र ग्यासको ठूलो भण्डार रहेको विश्वास गरिन्छ । चीनले आफ्नो प्रभाव राख्न सो सागरमा जलसैनिक गस्ती र कृत्रिम टापु बनाउने गरेको छ । अमेरिकाले सीमासम्बन्धी विवादमा कसैको पक्ष नलिने जनाउँदै आएको छ । तर स्वतन्त्रतापूर्वक हवाई र जलमार्ग चलिराखून् भनेर सैनिक जहाज र विमानहरू विवादित टापुहरूमा पठाउँदै आएको छ । दुवै पक्षले साउथ चाइना सीलाई सैनिकीकरण गरेको दोषारोपण गर्दै आएका छन् । इस्ट चाइना सीमा पनि विवाद ज्यानुअरी महिनामा इस्ट चाइना सीका विवादित टापुहरूनजिकै चिनियाँ जलसैनिकको जहाज पुगेपछि दुई देशबीच कूटनीतिक तनाब सिर्जना भएको थियो । चीनले ती टापुहरूलाई डियाओयु भन्ने गरेको छ भने जापानले सेन्काकु । टोक्योमा रहेका चिनियाँ राजदूतलाई बोलाएर जापानले त्यस विषयमा गम्भीर आपत्ति व्यक्त गरेको थियो । सन् २०१२ मा जापानले ती विवादित टापुहरू एक व्यक्तिको स्वामित्वबाट किनेपछि जापान र चीनबीच सम्बन्ध चिसिएको हो । केही वर्षदेखि चीनले ती टापुहरूतिर आफ्ना पानीजहाज पठाएर जापानले कसरी प्रतिक्रिया दिन्छ भनेर हेर्न खोजेको अनुमान गरिएको छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE