Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

ब्रिटेनलाई आईएमएफले किन दियो चेतावनी ?

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमफ) ले विश्व व्यापार संगठनको प्रावधान अनुसार ब्रेक्जिट सहमति हुन नसके ब्रिटेनको अर्थतन्त्रले \'ठूलो मूल्य चुकाउनुपर्ने\' चेतावनी दिएको छ।

अलग्गिएका सबै सम्भावित परिस्थितिमा ब्रिटेनले मूल्य चुकाउनुपर्ने भए पनि अव्यवस्थित तरिकाले ईयूबाट बाहिरिए \'त्यसको नकारात्मक परिणाम आउनसक्ने\' आईएमफले बताएको छ। चुनौतीहरू भएको भन्दै सहमतिका लागि सम्भावना पनि कम पनि उसले जनाएको छ। यूरोपेली संघ (ईयू) बाट ब्रिटेन ‍ बाहिरिने (ब्रेक्जिट) सम्बन्धी विस्तृत सम्झौता भए सन् २०१८ र २०१९ दुवै वर्षमा ब्रिटेनको अर्थतन्त्रमा १ दशमलव पाँच प्रतिशतले वृद्धि हुने आईएमफले आकलन गरेको छ। ब्रिटेनको अर्थतन्त्रसम्बन्धी आईएमफले गरेको पछिल्लो वार्षिक आकलनका क्रममा त्यस्तो बताइएको हो। लण्डनमा एउटा पत्रकार सम्मेलनमा आईएमफकी प्रमुख क्रिस्टिन लगार्डले यी आकलनहरूसँगै समयमा नै ईयूसँग ब्रिटेनले बृहत् व्यापारिक सम्झौता गर्ने तथा तुलनात्मक रुपमा व्यवस्थित ब्रेक्जिट प्रक्रिया थालिने ठानिएको बताइन्। तर सहमति नभए युरोपेली संघका राष्ट्रहरूको अर्थतन्त्रलाई ब्रिटेनको तुलनामा कमै असर पर्ने आईएमफले बताएको छ। ब्रिटेन ‍औपचारिक रूपमा बाहिरियो भने केही सकारात्मक हुन्छ त भन्ने प्रश्नमा उनले सम्भावित नकारात्मक विषयहरूको लामो सूची दोहोराइन्। आफू आशावादी व्यक्ति भएको बताउँदै सम्झौता हुने अपेक्षा पनि उनले गरिन्। ब्रिटेनका अर्थमन्त्रीले आईएमफबाट आउने सबै स्पष्ट चेतावनीहरू ब्रिटेनको सरकारले सुन्नुपर्ने बताएका छन्। ईयुबाट ब्रिटेन ‌औपचारिक रूपमा बाहिरिनका लागि ब्रेक्जिटसम्बन्धी सम्झौताको धेरैजसो हिस्सामा सहमति भइसकेको छ। संक्रमणकालीन अवधि ब्रिटेन ‌औपचारिक रूपमा ईयूबाट बाहिरिने मिति सन् २०१९ को मार्च २९ बाट शुरू हुनेछ। सो अवधि ईयु-ब्रिटेनबीचको भावी दिनमा बन्ने स्थायी सम्बन्धको मार्ग सहज गर्नेतर्फ लक्षित छ। सङ्क्रमणकालीन अवधिमा युरोपेली न्यायालयमा ब्रिटेनको भूमिका के हुने, ईयूको सदस्य नभएका देशहरूसँग ब्रिटेनले भावी व्यापार सम्झौता गर्न पाउने वा नपाउने साथै ब्रेक्जिटपछि जिब्रल्टर भनिने ब्रिटेनशासित क्षेत्रसम्बन्धी अन्य विषयमा दुई पक्षले सहमति गर्नुपर्ने हुन्छ। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies